नेपाल मितेरी मन्च


इटालिको मिलान सिटीमा एउटा सामाजिक सस्था छ नेपाल मितेरी मन्च । मिलान सिटी र लोम्बार्दिया क्षेत्र भित्र बस्ने    सम्पूर्ण   नेपालीहरुको प्रतिनिधित्व गर्छ यो सस्थाले । कुनै नेपालीलाई आपद बिपद परेर सहयोग जुटाउनु परेमा , नेपालका कुनै चाड पर्व मनाउनु परेमा , कुनै जमघट गर्नु परेमा यही सस्थाको छातामुनी रहेर हुन्छन । कुनै राजनैतीक रङ्ग नमिसिएकोले पनि यो सस्था आँफैमा पवित्र छ । मिलानमा बस्ने नेपालीहरु यो सस्थाको बिकल्प पनि देख्दैनन । अरु सस्थाहरु पनि नखोलिएका भने होइनन । मात्रुभुमीका लागि युवा अभियान, इटली , एन आर एन इटली जस्ता सस्थाहरु नभएका भने होइन र  पनि ओझेलमा परेका छन । नहुनु भन्दा कानो मामा जाती भने झै २००७ साल देखी यो सस्थाले आफ्नो अस्तित्व धानिरहेको छ । अन्य समयमा रात दिन काममा ब्यस्त भई भेटघाट नहुने  नेपाली यो सस्थाले आयोजना गरेको कार्यक्रममा उपस्थिती जनाउछन । त्यसैले पनि सस्था भनेको कत्तिको महत्वपूर्ण छ भन्ने सन्देश झल्काउछ । नेपाल देखी निकै टाढा , परिवार सँगको बिछोड , आफ्नो भाषा बोल्न , अनुभवहरु साटासाट गर्न साथै त्यो न्यास्रो पन मेटाउन पनि सस्थाको छाता मुनी गोलबद्द हुन आईपुग्छन । पुर्व मेची देखी पश्चीमा महाकाली सम्मका नेपालीहरु जम्मा हुन्छन । पर्देशमा रहदा सङ्गालेका  अनुभवहरु , नेपाल र नेपाली भेट्दा निर्धक्क पोख्न पाउने दु:खका भारिहरु , देश सम्झदै साथी भाई भेट्दा गुनगुनाउने ति लोक भाकाहरु सबै सबैको चाजो बाजो सस्था कै छत्रछायामा मिल्ने गर्छ । त्यसैले पनि नेपाल मितेरी मन्च कती महत्व पूर्ण र आवश्यक छ अनुमान लगाउन सकिन्छ ।

यती महत्व पूर्ण सस्थाको नेत्रित्व गर्नु भनेको यो शहर र आसपासमा रहने सम्पूर्ण नेपालीहरुको नेत्रित्व गर्नु हो । कुनै पनि कार्यक्रम गर्दा नेपाल र नेपाली भन्ने भावना उजागार गर्ने , राष्ट्रियतामा आच आउन नदिने प्रयास नेत्रित्वमा रहनेहरुले गर्नु पर्दछ । नेत्रित्वमा रहदा जसरी सबैको हाइ हाइ भइन्छ त्यसरि नै आलोचना सहने गुण पनि हुनु पर्दछ । तब न सफल नेत्रित्व बन्न सकिन्छ ।

nepal miteri muncha


जब म इटली झरे । धेरै साथी भाई चिन जान भो । मिलानमा एउटा सङ्स्था छ भन्ने पनि थाहा पाए ( नाम लिन प्रती बन्ध गरेको छ ) , बिदेशमा रहदा पनि नेपाली समुहमा रमाउने मन कस्को हुँदैन होला र ? सङ्गत बढ्दै गयो । साथी भाईले थाहा पाए म नेपालमा पनि पत्रकारीता गर्थे भनेर । त्यसैले उनिहरु नै भन्न थाले , यहाँ पनि एक जन पत्रकारको आवस्यकता छ । कार्यक्रमहरु हुन्छन तर समाचार , सुचना यता उता पठाउन नै केही मेसो मिलीरहेको छैन । अनी मैले पनि मन मनै सोच्न थाले , जानेको काम यही पनि सम्भव हुने भय किन नगर्नु भन्ने भो । अनी सम्भावनाका बाटहरु खोज्न थाले । प्रयास खेर जादैन । बाटो भेटे । एउटा मात्र सस्था छ त्यो पनि आजको दिनमा आलोचित बन्न पुगेको छ । र म सिकार ।

मुख्य कुरो - लेखनलाई कसैले पनि बन्द गर्न सकिन्न , सम्भव छैन । कसैको ब्यक्त्तीगत जीवन सँग जोडेर लेखिनु पनि छैन । कसैको बदनाम गराउनु छैन । तर नेपाल र नेपाली भन्ने समुह सँग गद्दारी गर्छ र खेलवाड गर्छ भने छाडिने छैन । कुनै पनि समाजको अगुवा हुँ भन्ने अनी सामाजिक मुल्य मान्यताको क पनि ज्ञान नराख्ने हरुले गरेको गल्ती छ्यम्य हुन सक्दैन । साथी भाईको समुह  बनाउ , रमाउ । नाच, हास । सरोकार भएन । तर सार्वजनिक सस्था भन्ने , सार्वजनिक बदमाश गर्ने अनी अली अली मात्र त गल्ती भएको हो भन्ने लाई पनि छाडिन्न । सुधारेर अगाडि बढ्नु त कता हो कता लेख्ने माथि  कार्वाहीको धम्की दिने , नियम बनाउने , अनिमती लिनु पर्ने रे ! नेपालमा ज्ञानेन्द्रले कु गर्दा पनि थियन होला शायद यस्तो  नियम ।


फेसबुकमा लेखेको कुरो पछी मलाई फोन गर्नेहरुले गरेका तर्क -

मैले आफ्नो असन्तुस्ठी फेसबुकमा लेख्न नपाउने रे !
सङ्स्थाको बिषयमा नकारात्मक टिप्पणी गर्न पाइदैन रे ,
 सधैं साकारात्मक सन्देश दिने कुरा मात्र लेख्नु पर्ने रे !
केही नराम्रो लागे इन बक्समा मेसेज लेख्न पर्छ रे !
सस्थाको मिटिङमा आएर भन्नु पर्छ रे !
राम्रो गर्न खोज्दा खोज्दै नराम्रो हुन पुगेको रे !
सुधारने मौका दिनु पर्छ रे ! सल्लाह दिनु पर्ने रे !
यसरी जथाभावी लेख्न हुन्न रे !
फिलिम देखाउन लागेको होइन रे रमाइलो गर्ने ।
१५ युरो त केही होइन , पर्‍यो भने २० , २५ युरो पनि उठाउन सकिन्छ रे !
सङ्स्था भनेको घर हो , घरको कुरो बाहिर गर्नु हुन्न रे !

हिन्दूहरुको दशैं, हामी खेल्छौ किर्पा



- महिन्दो वाइबा

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गाविसमा विशेष गरी तामाङ जातिको बाहुल्यता छ । यहाँ युगौदेखिको बाक्लो बस्ती छ । नेपालको पश्चिमी तामाङ भनेर चिनिने धादिङका तामाङहरु अन्य क्षेत्रका भन्दा अलिकति पृथक छन् । ति आफ्नै इतिहास, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा रितिरिवाजले सु-सम्पन्न छन् । धादिङ जिल्लाको सेमजोङ गाविस तामाङहरुको ऐतिहासिक थलो हो । सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिँदैन । तर वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ । यस डापजोङ दरबारको निर्माण विसं ४००-५०० तिर राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ ।

गजल


तिमी छौ र त म छु हाम्रो यो कथा बन्यो
नसुनाउ त्यो असन्तुष्ठी कस्ले कस्लाई के भन्यो
कसरी हुन्छ सहमती आफ्नै मात्र ढिपी कस्दा
वारी पारी बस्यो अनी आआफ्नै खोइरो खन्यो

ईटालीको मिलानमा दशैं त कस्तो झुर !


महिन्दो वाईवा / ईटाली

नेपाल मितेरी मन्चको यो वर्षको दशैं कार्यक्रम साह्रै झुर भो । अन्य वर्षभन्दा धेरै पैसा उठाइयो । न रमाइलो भो । न नाचगान नै गर्न पाइयो । के हो यस्तो कार्यक्रम ? एक दिनको छुट्टीमा घरमै बसेर साथीभाई भेटेको भए रमाइलो हुने थियो । एकातिर पैसोको नाश अर्कोतिर समयको बर्बाद भयो भनेर धेरैले गुनासो गरे मसँग । निकै खल्लो भयो रे ! अनी मलाई पनि केही लेखौ लेखौ लाग्यो । नेपाल मितेरी मन्चले दशैं कार्यक्रम आयोजना गर्यो मिलान शहरमा । करिब २०० देखी २५० को हाराहारिमा होन् मिलान शहर र यो वरपर बस्ने नेपालीहरु । दशमीको पर्सी पल्ट राखेको थियो कार्यक्रम । मुस्किलले कार्यक्रममा ६५ जनाको उपस्थिति भएछ ।

कबिता - म यस्तो समय गुजारी रहेको छु


न हर्शले नाच्न सक्छु , न  दु:खले निराश हुन
न बिछोडले बहकिन सक्छु,  न मिलनले खुशी मनाउन
सुख, दु:ख, पिर , ब्यथा , न  सारो छ , न गार्हो नै
भावनामा आउने सङ्वेग सँगै
म यस्तो समय गुजारी रहेको छु ।

नेताको घण्टी फोनमा बज्दा पत्रकारले कुरा फेरेको फेर्‍यै (पत्रकार अधिबेशन सन्दर्भ)


- महिन्दो वाईबा / ईटाली

फ्रान्सका पत्रकार ददि सापकोटाले एक दिन मलाई भन्नुभो “युरोपमा पत्रकारहरुको अधिवेशन हुँदै छ ।’ तपाईं त पहिले पनि पत्रकारिता गरेको मान्छे । यस्ता मान्छे छुट्नु हुन्न । सकृय हुनुपर्छ । लौ बेल्जियम जानुपर्छ । सदस्यता लिनु पर्यो ।” म दोधारमा परें ‘सकृय बनौं कि निस्कृय । बिदेशको बसाइ । जागिरको चटारो । अर्काको देशमा अनेक समस्या झेल्दै बसेर नेपाली पत्रकारिता । वहाँको प्रस्तावसँगै पत्रकारितामा आस्था राख्ने अन्य पत्रकार र बिदेशमा बसेर पनि लेखन कार्यलाई निरन्तरता दिन सकिन्छ भन्ने साथीहरु संपर्कमा आउन थाले । मैले नेपाल पत्रकार महासंघ धादिङ जिल्लाको सदस्यता युरोप शाखामा स्थानन्तरणकालागि अनुरोध पठाएँ । आफ्नो तर्फबाट गर्नुपर्ने प्रकृया पुरा गरी बेल्जियम हान्निएँ । गत सेक्टेम्बर १४ मा नेपाल पत्रकार महासंघ युरोप (एफ एनजे युरोप)शाखाको अधिवेशनमा भाग लिन ।

दुखेको युरोप


ददी सरले लेख्नु भएको दुखेको युरोप पढ्दै छु । केही नेपालीलाई छाडेर प्राय नेपालीको हालत उस्तै रहेछ युरोपमा । सुख पाउने भन्दा पनि दु:ख पाउने धेरै । अनेकौ हन्डर ठक्कर खाएर युरोप त आई पुगियो । युरोप आई पुगे पछी झन अरु दु:खका श्रिङ्खलाहरु शुरु हुने रहेछन । हातमा कुनै सिप नहुनु , भाषाको अज्ञानता, वास्तबिकता भन्दा पनि सपनामा कल्पने बानि, आवश्यक जानकारी बिनै जोखिम मोल्ने बानिले नेपालीले दु:ख पाउने रहेछन । बरु तपाईं युरोप आउँदै हुनु हुन्छ भने जुत्ता सिउने काम सिकेर आउनुस, लुगा सिलाउन सिकेर आउनुस , कपाल काट्ने काम सिकेर आउनुस, पुछपाछ गर्ने काम सिकेर आउनुस तर ब्याचलर डिग्री र मस्टर डिग्री गरेको सर्टिफिकेटको काम छैन । हाम्रो आज सम्मको दु:खको एक पाटो सिपमा भन्दा डिग्रीको सर्टीफिकेटमा विश्वाश गरेर पनि हो झै लाग्यो आज सम्मको अध्ययनले ।

स्वर्गको मान्छे स्विजरल्याण्ड पुग्दा !


युरोप त्यसै सम्पन्न भएको होइन रहेछ । निती, नियम बनाएर, आफूपनि पालना गर्छन्। अरुलाई पनि बुझाएर अघी बढ्छन् र नै सम्पन्न भएका रहेछन । यहाँ कसैलाईपनि अल्छि मानेर, काम पाइन भनेर बस्ने फुर्सदै छैन । दोश्रो ब्यक्तीले ल्याउँछ अनी पेट भरी खाउँला भन्नेपनि चिताउनै पर्दैन । यहाँको व्यावस्था नै त्यस्तै बनाइदिएको छ सरकारले । यहाँको राज्यको प्रणालिमा जो चल्छ उसको दैनिकी सहज हुने भयो । नत्र त्यती सजिलो छैन जती

एन आर एन इटालिको ५ औ साधारण सभा सम्पन्न

पिसा, इटाली , महिन्दो वाइबा
२० जुलाई २०१४


बनौ आत्म निर्भर , नपरौ दलालको भर भन्ने मुल नारा का साथ एन आर एन इटालिको ५ औ साधारण सभा सम्पन्न भएको छ । इटालिको एतिहासिक सुन्दर शहर पिसामा भएको उक्त कार्यक्रममा इटालीमा बस्ने नेपालीहरुको उपस्थिती रहेको थियो । एन आर एन इटालीका अध्यक्ष सञ्जय देव श्रेष्ठको सङ्योजकत्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा एन आर एन युरोप सङ्योजक अर्जुन कुमार श्रेष्ठ, बिशेष अतिथीको रुपमा अवैतनिय वाणिज्य दुत पाउलो नुगारी को उपस्थित रहेको थियो । 

कार्यक्रममा एन आर एन इटालिले बिगत स्थापना काल देखी हाल सम्म गरेका गतिबिधीहरुको साथै भावी दिनमा गर्ने योजनाको बारेमा जानकारी गराइएको थियो । पछील्लो समयमा दलालको भरमा परी नेपालीहरु ठगीएको र यसको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा एन आर एन इटालीले गम्भिरता साथ लिएको अध्यक्ष सञ्जय देव श्रेष्ठले बताउनु भएको छ ।

italy pisa

यो ऐतिहासिक नगर इटालीको मध्यतिर, अर्नो नदीको दक्षिणी किनारामा, लिगुरियन समुन्द्रमा खस्ने मुखैमा अवस्थित छ । यो नगर निकै वैभवशाली थियो भन्नेकुराहरु इतिहासमा उल्लेख छन् । पिसा इटालीको पिसा प्रान्तको राजधानी हो । यो नगर विश्वको लिनिङ टावर अर्थात् झुक्दै गरेको मिनारको कारणले गर्दा विख्यात छ । लिनिङ टावरमात्र नभई पिसाका २०वटा गिरजाघरहरु, अर्नो नदी माथिका कैयौं पुलहरु र अन्य ठाउँहरुका कारणले पीसा विश्व मानचित्रमा चिनिने लोकप्रिय गन्व्यहरुमा पर्दछ । पिसाको लीनिङ टावर विश्वसम्पदामा पर्दछ । अर्को यस शहरको १२औ शताब्दीमा स्थापना भएको विश्वविद्यालयको कारणले गर्दा पनि महत्व रहेको छ । पिसा शहरको नामको बारेमा रहस्य नै छ, तर, रोमवासीहरुले यसलाई पुरानो शहर भनेर सम्बोधन गर्दथे । विभिन्न इतिहासकारहरुले पिसाको बारेमा धेरै कुराहरु लेखेका छन् तर समग्रमा भन्नु पर्दा यो रोमन सभ्यताको प्रभावको बेलामाउदाएको वैभावशाली नगर हो र वर्तमान अवस्थामा वर्षेनी लाखौ पर्यटकहरुका गन्तव्य हो भन्दा अत्युक्ति नहोला ।

बिदेश पुगे

बिदेशमा बस्ने नेपाली धनी हुँदैनन । गरीब नै हुन । मात्र यहाँको महङ्गी सँग जुध्दै अली अली बचाएको पैसो नेपाल पुग्दा धेरै देखीने हो
---------------------
बिदेश पुगे पछी सबै त्यस्तै हो ।
आफु बनी हाल्यो हामीलाई अब यसले के गन्थ्यो र !
राम्रा देशमा पुगेकाहरु अटोमेटिकली ठुला बन्छन,
स्वदेश बिर्सीन्छन ,
आफन्त , साथी भाई लाई गन्दैनन ,
लोभि हुन्छन , बोल्न पनि पैसा लाग्ने जस्तो गर्छ । प्राय युरोप , जापान , अस्ट्रेलिया , अमेरिका , लन्डन जस्ता देश पुग्नेहरुलाई लाग्ने आरोप हो यो । मैले पनि कत्ती साथी भाई सँग प्रण गरेको थिय म त त्यस्तो हुन्न यार भनेर । तर यहाँको पेरिस्थीतिले नै वाध्यता पार्दो रहेछ ति आरोपहरु झेल्न ।

pida

इटालियनहरुले अब बिदेशीलाई त खेलौना नै पो सम्झेर  प्रयोग गर्न थालेछ । पारीश्रमिक नदीई ट्राइ गर्ने बाहानामा काममा जोताउने , एक छाक खानाको भरमा काम लगाउने , फलानाले त यती रकममै काम गर्छु भनेको छ भन्दै भ्रम श्रीजना गरी ३,४ युरोमा श्रम शोषण गर्न खोज्ने । कन्ट्राक दिन्छु, ट्याक्स भरिदिन्छु भनी प्रलोभन देखाउने तर झुलाई रहने , अन्तमा खोट देखाएर निकाल्ने , फेरी अर्को बिदेशीको प्रयोग गर्ने । क्या माहिर छन यि इटालियनहरु । म आफै प्रयोग भए यही महिना ३ , ४ ठाउँमा ।

थुक्क पैसा

थुक्क पैसा !
आखिर यती सुन्दर जिन्दगी पैसाले बेरुप पार्दो रहेछ । सबै मानिस  नाङ्गो जन्मने हो ।  २  हात खुट्टा , एउटा सफा र खाली दिमाग अनी सिङो शरीर । जब एउटा बच्चा जन्मन्छ उ बिल्कुल स्वतन्त्र , सफा हृदय अनी निस्पक्ष हुन्छ । उ जन्मने परिवार , समाज , देशको परिवेशले उसमा पनि प्रभाव फैलाउछ । त्यही परिवेशमा उ धनी बन्छ , गरीब बन्छ , साहु बन्छ , नोकर बन्छ । कुनै क्रममा ठुला मान्छे बन्छन त कुनै पल सानो मान्छे बन्छन ।

pass 1 year

मन एक तमासले छटपटिदै थियो । एकातिर जन्म भुमी , आमा बुवा , साथी भाई , आफन्त सबै छाडेर जानु थियो अर्को तिर जीवन साथी सँगको मिलन अनी संघर्श गर्ने कर्म भुमी पुग्न हतारो मन ।

muktak

गरेका ति प्रतिज्ञा भुलु म कसो गरी
अन्जान बनी सुबिधामा झुलु  म कसो गरी
कान्ला मुनिको बास थ्यो, बस्न मिल्ने झुपडी
गास बासको ठेगाना छैन डुलु म कसो गरी ।।

जुन १९ 

मुक्तक

जती सोच्यो सपना त्यो त्यती माथि उडी  जाने
नसोचे पनि त जिन्दगी आखिर रहेछ त्यो  गूडी जाने
सम्हाल्छु भन्छु सम्बन्धहरु सम्हालिन गार्हो हुने
ब्यर्थ किन सङ्ग्रह गर्नु सम्बन्ध त्यो चुडी जाने ।

जुन ८

घुम्दा घुम्दै ठुलो शहरमा हराएको छु
दिनको अत्यास सपनि मै कराएको छु
सोचे जस्तो हुन्न जीवन भन्ने सुनेथे
हो कि झै लाग्न थाल्यो डराएको छु ।

जुन ८

आँफैलाई सम्झाएको

एउटा ब्यक्तिले जीवनमा अथाहा ज्ञान लिन भ्याउछ  । त्यही ज्ञान अनुसार उस्ले जीवन परिवर्तन  पनि गर्दै जान्छ । यो बिचमा कतै सोचेको जस्तो पनि हुन्छ त कतै नसोचेको अवस्था पनि आईपर्छ । आफुले सिकेका ज्ञान सही हो भने घमण्ड  उसमा बढ्दै जान्छ । २/ ४ जनालाई त उसले सल्लाह दिन पनि भ्याउछ । तिमी यो कारणले दु:ख पाउदै छौ , अब यसो गर भनी ज्ञान पनि दिन्छ । तर यि अथाहा ज्ञान हासिल गरेको ब्यक्ती अन्तत ति ज्ञानहरु व्यवस्थित गर्न नसक्दा आफ्नै भुमरिमा फस्छन । आखिर कुनै पनि बस्तु , ज्ञान , द्रब्य हासिल गर्नु मात्र मुख्य कुरो होइन । त्यसलाई कसरी ब्यवस्थित गर्ने र समय सापेक्ष रुपमा ढाल्ने भन्ने पनि ध्यान दिनु पर्छ । 
छोरा भन्यो छोरा  ,छोरी भन्यो छोरी , बुढा बुढीकै राम्रो कमाई  हुने जागिर ,राम्रो कन्ट्राक, लुगा धुन्छ मेसिन्ले, भात  पकाउछ ग्यासले , युरोपको सुबिधाको जिन्दगी । आयौ आत्थाउ केही छैन । आफ्नै एउटा परिवार, आफ्नै घर । यती हुँदा पनि नपुग्दो मान्छे असन्तुस्ठीको पराकास्ठा सिवाए केही होइन ।
थाहा छैन भविश्य अन्धकार देख्दैछु
एउटा परदेशीको कथा यो लेख्दैछु

परिवार छोडे देश छोडे केही हुने आशले
फगत चुहिएको भबिश्य छेक्दैछु l

May 20

भावनाहरु

रोजगारी गर्न बिदेशीएको केटो
दिनभरीको कामले थकितभई
पसिना चुहाउदै कोठा तिर फर्कदै
सुनौलो भबिश्यको कल्पनामा डुबुल्की खेल्नु भन्दा त !
बोल्दा पनि टड्कारो सुनिने सुन्य कोठा भित्र
नैराश्यता , हिनताबोध र अन्योलताले ग्रस्त देखिने
फुङ्ग उडेको अनुहार भित्रको ब्यग्र भावनाहरु  सोच्दा सोच्दै थकिन हुँदै
 निराशाका थोपाहरु तप्प तप्प चुहिरहेको देख्छु ।

मे २२
मिलान, इटली 

Gajal

मनको बह मन मै राखी कसो  गरी छान्न सक्छु
आफ्नो भन्दा उनको सोच कसो  गरी जान्न सक्छु

सोच्ने मुल्लाहरु त सोची रहन्छन यहाँ गलत
के सही छ यहाँ के  गलत कसो  गरी झन्न सक्छु

दरिद्र सोचाइको पराकाष्ठाको भुमरिमा फस्दा
 दायरा यहाँ विश्वाशको  कासो  गरी मान्न सक्छु

पलपलको आवेग सँग लड्दै छु म दोहोरी
भद्रगोल यो नबिन यात्रा कसो  गरी तान्न सक्छु ?

मी १८
इटली 

जिन्दगी भनेको आफ्नो हो

नरे दाई आफ्नै गतिमा गुनगुनाउदै थिय - जिन्दगी भनेको आफ्नो हो । मन्ने वा  नमान्ने मा फरक छ यहाँ । तिमी आफ्नो जिन्दगीलाई सजिलो मान्छौ वा कठिन , दु:ख पाएको ठान्छौ वा सुख पाएको ठान्छौ ? जिन्दगी यतिकै ठीक छ या यो जिन्दगी त अली बोरै भो नि , केही प्रगती गर्नै सकिन ? जिन्दगी आफ्नो हो , फलानाले गरेर मेरो बिग्रियो, मलाई यो अफ्ठ्यारो भो , यो कारणले मैले प्रगती गर्न सकिन , दु:ख पाए , मलाई यहाँ रोक्यो । यि सब  बाहानाहरु हुन । आफु उम्कन रचियका कथाहरु हुन । अक्सर हाम्रा जिन्दगी बाहाना मात्र गरी अघी बढी रहेको हुन्छ । आफु केही गर्न खोजी रहेका हुँदैनौ । अनी जब केही पर्छ दोष जती अरु माथि थोपरी दिन्छौ ।
नरे दाइको रफ्तार झन बढ्दै थियो - जिन्दगी जिउन सजिलो छ । यो सुन्दर फुल हो । जसरी एक मालिले कडा परीस्रमा गरी सुन्दर फुल उमार्छन , त्यस्तै जिन्दगी सुन्दर बनाउन पनि परीस्रम त गर्नै पर्छ । परिस्रम बिनाको सुन्दर फुलको आशा गर्छौ भने काडाको झनझट त सहनै पर्छ । जिन्दगी सुन्दर बनाउने वा दुरगन्धीत, यो दु:खको भुमरी हो वा सुखको अवसर , अवसर मान्ने वा चुतौती । आँफैमा भर पर्ने कुराहरु हुन । कुनै पनि कृयाकलापलाई सकारात्मक मान्नु हुन्छ या नकारात्मक , हेराइमा भर पर्छ । सब चिज मान्ने र नमान्नेमा फरक छ यहाँ । 

युरोप !!! लाग्दछ !!!

- यही बसौ माम छैन फर्केर नेपाल जाउ काम छैन । 
- न ढुक्क सँग बस्नलाई एउटा कोठा जोड्न सकेको छ , न दैनिकी चलाऊन जागिर नै पाउन सके ?
- समयमा दु:ख गर्नु पर्छ भन्छन , सुख सम्झे पनि दु:ख सम्झे पनि उही भाडा माझ्ने र भुइ पुछ्ने काम हो । त्यही पनि नपाएर निकै साथीहरु रन्थनेर हिडिरहेका छन , आफ्नो हालत पनि उस्तै छ । 
- नेपालमा आमा बुवा छोरोले पैसा पठाउला भनेर कुरी बसेका छन , यता आफ्नो हालत घरको न घाटको छ । न हातमा सिप छ , न भाषिक ज्ञान । फेरी यो परदेशमा कस्ले लौ भाई भनेर काम देओस ।

- २ /४ जना साथी भाई मिल्यो , कुनै चौतारोमा हुन्छ कि चिया पसलमा हुन्छ भेटघाट गर्‍यो , रमाइला रमाइला कुरा गर्‍यो , योजना बनायो कतै घुम्न गयो । निर्धक्क सँग बोलेका ति दिनहरु, छोटो काहानीलाई पनि लम्बाइ चौडाइ तन्काएर भनेका कथाहरु अनी भाका मिलाई मिलाई फुर्ती सँग वाचन गरेका ति बसाइहरु बैदेशिक यात्रा सँगै बिछोडिए ।
- निकै बर्ष पुराना ब्यक्तीहरु त निर्धक्क बोल्न सक्दैनन यहाँ, यहिकै भाषामा गफ दिने समय धेरै टाढा देख्छु । साथी भाई सँगको सम्बन्ध " ए म आए है र ए म गए है" मा सिमित छ ब्यस्तताले गर्दा । त्यती रसिलो छैन प्रवासको जिन्दगी । यहाँ सुबिधा छ सुख देख्दिन , उता सुबिधा छैन अथाहा सुख छ ।

मःम मोहनी


"रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टाजति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्," कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि 'नेपालीको स्वभाव' शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। "यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु," आफ्नो खानपिन स्वभावबारे उनी निचोड सुनाउँछन्, "रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरँिदो रहेछ। अब त मःम जीवनको एक अंग नै भइसक्यो।"

घुम्दै

दुनियाँको पश्चिमी धुर्ब घुम्दै छु । यती बिध्न बिकास निर्माण मान्छे कै बुद्धी र बिबेकले गरेका हुन र ! भन्ने लाग्दै छ । अदभुत, अनौठो, हामीले असम्भव सोचेका , तस्बिरमा हेर्दा एस्तो त हुँदैन यार यो त फोटोमा पो भनेका पनि देखियो बिकास । आखिर मान्छेले आटे के असम्भव रहेछ र ? त्यही गाडी दगुर्ने बाटो पनि कस्तरी मात्र बनायका ?

यो पनि मै हुँ ।

करिब ६ वटा बसन्तहरु बिताए यसरी । जीवनको निकै महत्व पल रह्यो । निकै सिकाएको छ यो समयले । टिन एज भन्छन क्यारे चुलबुले उमेरलाई । मेरो टिन एज यसरी ज्ञान गुणका कुरा , मानबिय स्वभावहरु, मानविय दु:खहरु

गजल

कती जङ्घार तर्नै बाँकी , किन थाकौ अहिल्यै 
अवस्य एकदिन मर्नै बाँकी , किन थाकौ अहिल्यै 

मुक्तक

प्रिया तिमी पर्खि बस फर्की आउने छु 
प्रेमिल ति यादहरु बोकी ल्याउने छु 
तिम्रो यादमा कोरेका ति शब्दहरुलाई 
लयमा लय भरी सँगै गाउँने छु ।। 

फेब्रवरी २३

गजल

वाक्क दिक्क मान्नु हुन्न सङ्घर्श नै यही हो क्यारे
सुख दु:ख छान्नु हुन्न सङ्घर्श नै यही हो क्यारे !

पर्देश हो यो पर्देशीय, सहनु पर्छ सबै मैले
पिडा गार्हो ठान्नु हुन्न सङ्घर्श नै यही हो क्यारे !

फेब्रवरी २४

गजल

कर्मको खेला , प्रवासको मेला, यसैमा रमाउछु 
पिरगरी हुन्न, अब म रुन्न, यतै म जमाउछु ll

गजल

पर्देशमा काम भन्दा पनि दाम ठुलो रहेछ 
सुख सुबिधा भन्दा पनी माम ठुलो रहेछ ll

हुनु छैन सुकिला मुकिला सधैं हुन्छु हतारमा 
महिना भरी खट्दा पाउने खाम ठुलो रहेछ ll

ठुलो सानो नाप्दा खेरी काम भन्दा दाम माथि 
पुर्णिमाको जुन भन्दा नि घाम ठुलो रहेछ ll

पर्देशबाट 
11 March

पर्स सँगै सबै डकुमेन्ट हराउदाको छटपटी

हिमालमा जागिर खाएको २ महिना पनि नाघी सकेछ । यो बिचमा ५/ ६ पटक मिलान पुगे हुला साहु सँग छुट्टी मागेर । आखिर मेरो अहिलेलाई स्थाइ बसोबास गर्ने ठाउँ त मिलान हो । हिमाल मा त सिजनको काम हो । हरेक पटक छुट्टी हुँदा मनमा एक किसिमको थकथकी लाग्छ । बस पाउला कि नपाउला ? टिकट माग्दा के भन्ने ? कसरी माग्ने ? भाषाको समस्याले खासै यता हिंड्न मन लाग्दैन । तै पनि हिंड्नै पर्ने हुन्छ । कहिले डकुमेन्टको काम , कहिले लगातारको काम देखी वाक्क लागेर त कहिले नेपाली साथी भाईको न्याश्रो मेट्न भनेपनी मिलान जान मन लाग्छ । हो यही सिलसिलामा अस्ती मार्च पहिलो हप्ता २ दिनको छुट्टी  मनाउन मिलान गए ।
 बिहानिले दिनको सङ्केत गर्छ भने झै यो छुट्टी त्यती सन्तोष जनक भएन । हिमपहिरो आएकोले त्यती काम नहुने हुँदा खैरे बाको आदेशमा छुट्टी पाएको थिय । त्यही पहिरो छिचोलेर जानु थियो मलाई । तल  झर्दै गर्दा ५ घण्टा त जामै परे । साझा ५ बजे पछी मात्र गाडी चल्न थाल्यो । तल पोन्ते भन्ने ठाउँ पुगेर गाडी परिवर्तन गर्नु पर्ने थियो । आज आइतबार । सधैं चल्ने बस आज प्राय सिट फुल हुन्छ । सिट पाउने छाटकाट देखिएन । अनी लागे रेल खोज्न । अझ सम्म यहाँ बाट मैले रेल चढेको थिएन । टुटेफुटेको इटालिएन बोलेरै भएपनी मिलान पुग्न सके । अकसमात पाएको छुट्टी , हिमपहिरोले पारेको जाम, पहिलो पटक रेल यात्रा । यि समस्याहरु पन्छाउदै मिलान पुगे । २ दिनको छुट्टी सकियो  l अब फेरी काम मा फर्कनु पर्‍यो ।

नेपाल हुँदा कहिले जाउँ जस्तो, यता आयो यस्तो सास्ती

 महिन्दो वाईबा मिलान, इटाली
mahindo-waiba-milanनेपाल छाडेको त्यस्तै ६ महिना पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसारसँग कल्पना गर्छन । युरोपको सम्पन्नता, सिबिधा, जीवनशैली, लवाइ खवाइ । युरोप पुग्न पाए त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा सुन्दर सपना देख्ने गर्छन । मेरै कयौ साथीहरु भन्ने गर्छन् ‘तँ त सिधै युरोप पुग्ने भइस है ! अब एन आर एन हुने भइस होइन ? अब हामीलाई पनि बिर्सिन्छस होला है ?’ यस्तै प्रश्न हुने गर्थे साथी भाई को ।
नेपाल छँदा कहिले पुगौंला जस्तो मलाई पनि नभएको चाहीँ होइन । साथी भाई बिदेश गएका छन । बर्ष दिनमा छुट्टीमा आउँछन् । त्यो कोशेली । पैसाको चुरिफुरी । आफू अनुकुल लोभ लाग्दा मोबाइल । छुट्टी बसुन्जेललाई बाइक । यो लक्का ज्यानलाई एस्ता गतिबिधिले आकर्षित नगर्ने कुरो हुँदै भएन । यस्तै यस्तै कृयाकलापले बिदेश जान उक्साइरहेको थियो । नभन्दै तेश्रो पटकको प्रयासमा इटलीको जाने भिषा लाग्यो ।

हिमालमा जम्न नसकेको मस्तिष्क


● महिन्दो वाइबा / भाल्ले दि ओस्ताव, ईटली

पिलिपिली देखिने अनगिन्ती ताराहरु

सुन्सान सन्नाटा

न कुनै किरा कराएको सुनिन्छ, न कोलाहल नै

००००००००००००००००००

उ पर डाँडाको घरमा मधुरो बत्ती बलेको देख्छु

शायद हिउँको बाफले होला

यो उन्माद चिसोमा

थोरै तापमा कृयाशिल यो मस्तिस्कलाई दु:ख दिने प्रयास गर्दै

००००००००००००००००००

ईटालीको हिमालमा नेपालको हिमाली झण्डा फरर

 महिन्दो वाईबा इटाली

इटालीको हिमाली क्षेत्रमा नेपालको हिमाली झन्डा हिजो गाडियो ।  नेपालको हिमाली झन्डा भनेर चिनिने बौध्द झन्डा (लुङ्दा), इटालीको हिमालमा आफहराउन थालेको छ । मैले काम गर्ने ठाउँका साहु गोरे बुढाले निकै पटक सम्झीए यो बौध्द झन्डालाई । ‘तेरो देशको हिमालतिर टाङ्छ नि ! हो त्यस्तो झन्डा यहाँ पनि छ, यो डाँडा पछाडि भन्न पाइयोस न ।’ बुढाको मनसाए बुझें मैले । म झन के कम ? आफ्नो देशको झण्डा टाङ्न पाए किन छोड्ने ? अनी ल्याएर टाँगि दिएँ । उसको क्षेत्रमा । 
nepali-flag-in-Italy-1बिशेष गरी बौध्द धर्मावलम्बीहरुले यो झन्डा प्रयोग गर्छन । नेपालको हिमाली क्षेत्रमा यो झन्डा धेरै नै देख्न सकिन्छ । अन्यत्रभन्दा । त्यसको कारण छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, भोटे, तामाङ, गुरुङ, थकाली आदी जातिहरु बौध्द धर्म मान्दछन । आफ्नो कुनै शुभ कार्य गर्नु अघि बौध्द धर्मावलम्बीहरुले यो झन्डा टाँग्छन् ।

राजनितिबाट अलग मिलानको नेपाली समाज

नेपाल र नेपालीले कल्पेको जस्तो छैन युरोप 

अहिले नेपालमा बेरोजगारी समस्या दिन दुई गुणा रात चौ गुणा बढ्दै गैरहेको छ । बढ्दो बेरोजगारी सँगै युवाहरुमा नैरास्यता, अर्थिक समस्या, आफुले सिकेका ज्ञानको उचित प्रयोग गर्न नपाउदा उत्तिकै उदासिनता पनि बढ्दै गैरहेको । वार्षिक रुपमा राज्यले हजारौ युवा बिद्यार्थी उत्पादन गर्छन् तर त्यो योग्यता अनुसारको रोजागारी श्रीजना गर्न सकिरहेको छैन । त्यसैले पनि अहिले धेरै शिक्षीत युवा बिदेशिन वाध्य छन । नेपालमा डिग्री हासिल गरेता पनि उचित गोजगारको अभावमा कयौ युवा बिदेशिन वाध्य भयका छन । के बिदेशिय पछी त्यो योग्यता अनुसारको काम पाईन्छ त ? पैदाइन । अहिले नेपालीहरुको सजिलो रोजगारी पाउने थालोको रुपमा अरब मुलुक बनेको छ । अरबमा गर्ने काम भनेको बिकास निर्माण को काम हो । यस्को लागि शिपको जरुरत पर्छ । जुन सिप डिग्री हासिल गर्ने नेपालीमा छैन । अनी गर्नु पर्ने नै लेबर काम हो । अली धेरै रीन खोज्न सक्ने नेपाली युरोप अमेरिका तिर लम्कान्छन । कोही बिद्यार्थी भिषामा, कोही परिवार मिलन भिषामा, कोही कार्यक्रम भिषामा त कोही घुम्ने बाहानामा बिदेशीन्छन । जो जसरी बिदेशीयता पनि सबैको उद्देश्य भनेको रोजगारी नै हो ।

युरोपमा ब्यस्त

नेपाल छाडेको तेस्तै ६ महिना दिन पनि पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसार सँग कल्पना गर्छन । युरोपको सम्पन्नता, शुबिधा, जीवन सैली, लवाइ खवाइ अनी युरोप पुगेदेखिन त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा सुन्दर सपना देख्ने गर्छन । मेरै कयौ साथीहरु भन्ने गर्छन् तँ त सिधै युरोप पुग्ने भइस है , अब एन आर एन हुने भइस होइन ? अब हामीलाई पनि बिर्सिन्छस होला है ? यस्तै प्रश्न हुने गर्थे साथी भाई को । नेपाल छदा कहिले पुगौला जस्तो मलाई पनि नभएको चाही होइन । साथी भाई बिदेश गएका छन, बर्ष दिनमा छुट्टीमा आउछ्न , त्यो कोशेली, पैसाको चुरिफुरी, अनी आफु अनुकुल लोभ लाग्दा मोबाइल, छुट्टी बसुन्जेललाई बाइक । यो लक्का ज्यानलाई एस्ता गतिबिधिले आकर्शित नगरने कुरो हुँदै भएन । यस्तै यस्तै कृयाकलापले बिदेश जान उक्साइ रहेको थियो । नभन्दै तेश्रो पटकको प्रयासमा मेरो इटलिको भिषा लाग्यो ।