बहुप्रतिक्षित ब्रेजिक्ट प्रक्रिया हालै टुङ्गिएको छ । युरोपेली संघसंगको झण्डै ५ दशक लामो सम्बन्ध तोडिएपछि बेलायतले स्वतन्त्र र आत्मनिर्भर रुपमा आफ्नै नीति नियम कार्यान्वयनको अभ्यास शुरु गरिसकेको छ ।
ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्र, इमिग्रेसन, सुरक्षा लगायतका कयौं संवेदनशील मामिलामा तत्कालको लागि मात्र नभइ दिर्घकालसम्म प्रभाव पार्ने खालका परिवर्तनहरु हुंदैछन् । यस्तै, परिवर्तनहरुबीच विश्वमा बेलायती पासपोर्टको शक्ति र स्तरमा पनि ब्रेक्जिटपछि परिवर्तन आएको छ ।
विश्वकै शक्तिशालीमध्ये एक बेलायती पासपोर्ट पनि ब्रेक्जिटपछि पहिलेको तुलनामा झन शक्तिशाली बनेको छ । संसारमा कुन देशका पासपोर्ट कति शक्तिशाली छन्, कुन कुन देशमा स्वतन्त्र आवतजावत गर्न पाउँछन् भन्ने जस्ता विषयमा अध्ययन गर्ने ‘हेनली पासपोर्ट इन्डेक्स’को अध्ययनले ब्रेक्जिटपछि बेलायती पासपोर्ट झनै शक्तिशाली बनेको देखाएको छ ।
ब्रेक्जिटपछि बेलायत र युरोपेली संघबीच स्वतन्त्र आवतजावतको सम्झौता खारेज भएपनि धेरै युरोपेली देशहरुले बेलायती नागरिकलाई अझै पनि ‘भिसा फ्रि’ पहुँच दिने भएकाले बेलायती पासपोर्टको स्तर नखस्किएको हो ।
शक्तिशाली पासपोर्ट सूचीको पहिलो स्थानमा जापान छ । जापानी पासपोर्टवाहकले विश्वका १ सय ९१ देशमा भिजाबिना यात्रा गर्न पाउँछन् ।
दोस्रो स्थानमा रहेको सिंगापुर छ । सिंगापुर पासपोर्ट वाहकलाई १ सय ९० देशमा भिजाबिना यात्रा गर्न पाउँछन् ।
तेस्रो स्थानमा साउथ कोरिया र जर्मनीको नाउ छ । साउथ कोरिया र जर्मनीको पासपोर्ट वाहकलाई १ सय ८९ देशमा भिजाबिना यात्रा गर्ने छुट छ ।
चौथो स्थानमा इटाली, फिनल्याण्ड, स्पेन र लक्जेम्बर्ग रहेको छ । यहाँका नागरिक विश्वका १ सय ८८ देश भिसा बिना जान पाउँछन् ।
शक्तिशाली सूचीको पाँचौं स्थानमा डेनमार्क र अष्टिया छन् । यहाँका नागरिकहरु १ सय ८७ देशमा भिषा बिना यात्रा गर्न सक्छन ।
छैठौं स्थानमा स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड र आयरल्याण्ड छन् । यि देशका नागरिकलाई १ सय ८६ देशको यात्रा गर्न भिसा आवश्यक पर्दैन ।
त्यस्तै, सातौं स्थानमा बेलायत, अमेरिका, स्वीजरल्याण्ड, नर्वे, बेल्जियम र न्यूजिल्याण्ड छन् । यि देशका नागरिकहरुले १ सय ८५ देशको यात्रा बिना भिसा यात्रा गर्न सक्छन ।
आठौं स्थानमा ग्रिस, माल्टा, चेक रिपब्लिक र अष्ट्रेलिया छन् । १ सय ८४ वटा देशमा यात्रा गर्न यि देशका नागरिकहरुलाई भिसा चाहिदैन ।
नवौं स्थानमा क्यानडा रहेको छ । क्यानडाना पासपोर्ट वहाँकलाई १ सय ८३ देशमा बिना भिसा यात्रा गर्न सकिन्छ ।
दशौंमा स्थानमा हंगेरी रहेको छ । हंगेरिका पासपोर्ट वाहकहरुलाई १ सय ८१ देशमा भिसा नलिएरै जान सक्ने सुविधा छ ।
शक्तिशाली पासपोर्टको सूचीमा नेपाल भने अन्तिमबाट नवौं स्थानमा छ । नेपाल भन्दा पछि लिविया, प्यालेस्टाइन, यमन, सोमालिया, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । नेपाली पासपोर्टवाहकले विश्वका विभिन्न ३८ देशमा भिसाबिना यात्रा गर्न सक्छन् ।
No comments:
Post a Comment