युरोपमा नेपाली के गर्छन ? पोर्चुगलमा कमाई कस्तो छ ? मिलन बुढाको संघर्ष कथा

 आफ्नो देश छाडी बिदेशिने रहर कमैलाई मात्रा हुन्छ। थोरैका रहर होलान तर धेरैका बाध्यता बनिसकेका छन । अझ नेपालीका लागि त झन देशको अर्थ तन्त्र धान्ने प्रमुख श्रोत नै बैदेशिक रोजगार बनिसकेको छ । कोही विदेश आएर सोचेभन्दा बढी प्रगति गर्छन् भने कोही निरास भएर घर फर्केका उदाहरणहरु पनि छन् । बिदेश बसाइको क्रममा कोही लाख लिएर फर्किन्छन् भने कोही बाकसमा लास भएर फर्किन्छन् । पछील्ला केही बर्ष यता खाडी मुलुकको तुलनामा अन्य बिकासित देशहरुमा पनि नेपालीको संख्या बढ्ने क्रममा रहेको छ । बिशेष गरेर आज म युरोपको बारेमा कुरा गर्न गैरहेको छु । स्टुडेन्ट भिषा, भिजिट भिषा, वोर्ककिङ भिषा जो जसरी युरोप छिरेता पनि प्राया नेपालीको उद्देश्य भनेको पैसा कमाउनु नै हो । युरोपका देशहरुमा सबै देशमा सजिलो सँग कागज पत्र बन्दैन ।



कयौ देशहरुमा त अबैधानिक रुपमा रहनेलाई देश निकाला गर्ने सम्मको कानुन छ भने कत्ती देशहरुमा अबैधानिक रुपमा रहन दिएता पनि कागज पत्र नबन्ने समस्या छ । त्यसैले युरोप छिरेका प्राय नेपालीहरु पोर्चुगल पुग्ने गर्छन् । पोर्चुगल नेपालीहरुको लागि आशाको केन्द्र बनेको छ भन्दा पनि फरक नपर्ला । पछिल्लो केही वर्षदेखि युरोपको पोर्चुगल नेपालीका लागि रोजाईको देश भएको छ। यहाँ कमाईँभन्दा पनि युरोपमा बसोबास गर्न सहज हुने कार्ड बन्छ । यहाँको कार्ड बनेको ५ र ६ वर्षमा यहाँको पासपोर्ट पाउन सकिन्छ र त्यस पछी अन्य अली धेरै कमाइ हुने युरोपेली मुलुकमा गएर कमाई गर्न सकिन्छ । युरोपका अन्य देशहरुको तुलनामा पोर्चुगलमा कागज पत्र बन्न सजिलो हुने हुँदा नेपाली मात्र होइन, हामी जस्ता कम विकशित देशका नागरिकहरु पनि पोर्चुगल आउन रुचाउँछन् । बिभिन्न माध्याम बाट युरोप छिरेका नेपालीहरु दैनिक सयौको संख्यामा पोर्चुगल आईपुग्छन । अन्दाजी करिब तीस हजारभन्दा बढी नेपाली पोर्चुगलमा रहेको अनुमान लगाउन सकिन्छ ।



यसरी नै सपनाको महल सजाउदै पोर्चुगल आईपुगेका एक पेरिश्रमी नेपाली युवाको काहानी भन्न सुनाउन गईरहेको छु । उनी हुन
रूकुम टक्सेराका २५ वर्षीय मिलन बुढा । उनी आजभन्दा ७ वर्षअघि जर्मनहुँदै पोर्चुगल आईपुगेका थिय । उनी नेपालका उसु खेलाडी हुन । सानै उमेर देखी उसु खेल्न थालेका मिलन उसु खेल खेल्नकै लागि जर्मनी आईपुगे । उसु खेल्न जर्मन आईपुगेका उनी त्यस पछी नेपाल फर्किएनन । त्यस पछी उनी पोर्चुगल हन्निय । सन् २०१४ तिर पोर्चुगलमा कार्ड बनाउन गाह्रो थियो । संयोगवस ६ महिनामै उनको बैधानिक रुपमा रहन पाउने कार्ड बन्यो । बैधानिक रुपमा रहन पाउने कार्ड बने पछी उनी कामको खोजिमा लागे । कामको खोजीकै क्रममा उनी खेती गर्ने एउटा सामान्य फर्मको सम्पर्कमा पुगे । त्यहा बाट उनलाई पोर्चुगलको राजधानी लिजवनदेखि २ घण्टाको दुरीमा पर्ने ‘सान्ता डे मातो’ को ज‌ंगलमा सल्लाको दाना टिप्न पठायो । नेपालमा रहदा जंगलमा यस्ता सल्लको दाना त्यसै खेर गईरहेको देखेका उनलाई यहाँ यो टिपे बापत नै युरो पाउने कामले उनी दंग थिय । उनको लागि यो काम नौली थियन । सल्लाको दानालाई पोर्चुगलमा पिना भन्दा रहेछन । त्यसपछी ज‌ंगलबाट सल्लाको दाना संकलन गर्नको लागि मालिकले उनलाई ‘सान्ता डे मातो’ मा डेराको व्यवस्था गरिदिएका थिए । अहिले उनीसँगै यतिबेला यो काममा रूकुमका तपस वुढा म्याग्दीका तिलक पुन, गोपाल गुरूङलगायत १४० जना भन्दा धेरै नेपालीहरु काम गरछन्। ७/८ जना नेपाली त सुपर्भाईजर नै भएका छन्। यो काम बिहान ८ बजे शुरु भएर साँझ ५ बजे सकिन्छ। दिउँसो १२ बजे १ घन्टाका लागि खाना खाने ब्रेक हुन्छ। बेलुका साढे चार बजे सबै मिलेर नसकिएको काम गर्छन्। र ट्याक्टरमा टिपेको फल लोड गरेर बेलुका ५ बजे आ आफ्नो कोठा फर्कन्छन्। यो काममा लागेकाहरुलाई रूखमा चढेर फल झार्नेले दैनिक ६० युरो पाउँछन् भने भुईँमा टिप्नेले ४० युरो पाउँछन्। काम गरेको तलव १५/१५ दिनमा पाउछन । काम गर्ने कर्मचारीहरुलाई खाने बस्ने, काममा लैजाने र ल्याउने सबै जिम्मा साहुले नि गर्छन् । यो पोर्चुगलकै गाह्रो मध्येको एउटा काम हो। यसका लागि धेरै जोखिम मोल्नुपर्छ। अग्ला अग्ला रूखमा चढेर फल टिप्नुपर्ने हुन्छ, झार्नु पर्ने हुन्छ ।
यो सल्लाको दाना भित्रको फल अति पोषणयुक्त मह‌ंगो फल हो। नेपालको ठ्याक्कै सल्लो जस्तै हुने यो रूख सल्लो प्रजातीकै रुख हो । पोर्चुगलका कासकाईस, सेसिम्रा मन्तेजे सान्ता राईलगायत प्रायः सवै जंगलमा पाईन्छ। बिशेष गरेर यो काम डिसेम्बरबाट मार्चको अन्तिममसम्म हुन्छ। तर अप्रील १५ सम्म छिटफुट बाँकी रहेका फल टिप्ने गरिन्छ। यो रूखमा फल्ने फललाई ‘पिन्हा’ भन्निन्छ ।
जसलाई रुखबाट झारेपछि फुटाएर यसको बिया निकाल्ने काम गरिन्छ। यो अत्यन्त पौस्टिक तत्व पाईने फल हो । यो प्रतिकिलो १५० देखि २०० युरोसम्म पर्छ। यसलाई पोर्चुगिज भाषामा ‘पिन्हाओ’ भनिन्छ। पोर्चुगलमा यसको अत्याधिक माग छ। बेलायत र अरेवियन मुलुकतिर यसको निर्यात हुन्छ।
यहाँ नेपालीको काम प्राय रूखबाट फल झार्ने हुन्छ।’
हेर्दा जति सजिलो देखिए पनि यो काम सोचे जस्तो सहज भने छैन। ‘काम गर्न नसकेर १/२ दिन पछि नै छोडेर गएकाहरु पनि छन । यहाँ मेहनत गर्न सक्नेहरु मात्र टिक्छन । यहाको सेवा सुविधा पनि राम्रो छ । काम गर्दा दु:ख त अवश्य हुन्छ तर कमाई पनि त्यस्तै राम्रो छ । यो काम अति जोखीम भएकाले साहुले सवैको जीवन बिमा र दुर्घटना बिमा गरेका हुन्छन्। यदि दुर्घटना भइहाल्यो भने पनि जबसम्म निको हुँदैन तबसम्मको सबै तलव औषधि उपचार साहुले नै गरिदिन्छ। ‘यदि दुर्घटनाबाट अपांग नै भए पनि जिन्दगी भरिको तलब आउँछ। केही वर्ष अगाडि एक नेपालीको कामकै सिलसिलामा दुर्घटना भएको थियो। हेलिकप्टर आएर लग्यो, हाल सञ्चो भएर उनी रेस्टुरेन्टमा काम गर्छन्’, मिलनले सुनाए। पहिले रोमानीयन्, वुल्गेरीयन र युक्रेनीयन ले काम गरे पनि साहुले पछिल्लो समय नेपालीलाई विश्वास गर्न थालेका छन्। ‘केही वर्षयता उनीहरूलाई घटाउदै नेपालीलाई बढी प्राथमिकता दिएको छ, उनले हाँस्दै भने।
विदेसमा मिहेनत साथ काम गर्नेका लागि प्रसस्तै अवसर छन्। चुनौती नभएका पनि होईनन्। अफ्ठ्यारा चुनौतिमा पहाडको यात्रा पुरा गर्न मेहनत र लगनशिलता चाहिन्छ।
मेहनत गर्ने र अल्छी नगर्ने हो भने विदेश आएर कोही पनि नेपालीले रूनुपर्दैन। ‘मेहनत गर्नुपर्छ, मेहनत गर्ने र इमान्दार कही खाली बस्नुपर्दैन। म दुःख गर्छु अनि दुःख सगै सन्तुष्ट छु,साच्चीनै मिहिनेत गर्नेलाई अवसर र मौकाले पनि साथ दिन्छ। पोर्चुगलको जंगलमा मिहिनेत गर्ने श्रमजीवी सवै नेपालीमा हार्दिक नमन।

No comments:

Post a Comment