बिदेशमा बस्ने नेपाली धनी हुँदैनन । गरीब नै हुन । मात्र यहाँको महङ्गी सँग जुध्दै अली अली बचाएको पैसो नेपाल पुग्दा धेरै देखीने हो
---------------------
बिदेश पुगे पछी सबै त्यस्तै हो ।
आफु बनी हाल्यो हामीलाई अब यसले के गन्थ्यो र !
राम्रा देशमा पुगेकाहरु अटोमेटिकली ठुला बन्छन,
स्वदेश बिर्सीन्छन ,
आफन्त , साथी भाई लाई गन्दैनन ,
लोभि हुन्छन , बोल्न पनि पैसा लाग्ने जस्तो गर्छ । प्राय युरोप , जापान , अस्ट्रेलिया , अमेरिका , लन्डन जस्ता देश पुग्नेहरुलाई लाग्ने आरोप हो यो । मैले पनि कत्ती साथी भाई सँग प्रण गरेको थिय म त त्यस्तो हुन्न यार भनेर । तर यहाँको पेरिस्थीतिले नै वाध्यता पार्दो रहेछ ति आरोपहरु झेल्न ।
सबैले सोध्ने पहिलो प्रश्न - के छ हाल खबर ?
नेपालीको रेडिमेड जवाफ - ठीक छ ।
बिदेशको सुबिधा सम्पन्न ठाउँमा बस्या छ के बेठिक हुनु ।
लगतै अर्को प्रश्न तेर्सिन्छ - काम कुरो चल्दै होला क्यारे , बेलैमा कमाउनु पर्छ । ल ल राम्रो गर , रे !
यताको कहानी सुनाउन लाएक नै हुन्न ।
अनी उही रेडिमेड जवाफ - ठिकै छ हेर्दै जाउ ।
धेरै ले बास्तबिक खुलाउदैनन । अनि उही कुरो घुमाउने क्रममा पहिले बोलिने बोली र बिदेशको बसाइको बोलिमा फरक देखिन्छ । बास्तबिक कुरो भन्दा पत्याउन्न पनि नेपालमा हुनेले । नेपालमा हुँदा नसोचेका कामहरु गर्नु पर्छ बिदेशमा । अनी ति कामहरु जुन सुनाउन लाएक पनि हुँदैनन । त्यसैले बिदेश बसेकाहरु सकेसम्म के काम गर्छस भनी नसोधीदिए हुने भनी सोच्छन ।
अर्को कुरो बिदेश बस्ने सँग खासै गफ हाँक्ने कुरो नै हुँदैन रहेछ । जती नै गफाडी हुँ भन्ने पनि थला पर्छन । किनकी खास्सा साथीभाइ भेट हुन्न , कसैलाई पनि फुर्सद हुन्न । काम नगरि खान लाउन , घर भाडा तिर्न पुग्दैन । हप्ता दिनमा १ दिन छुट्टी हुन्छ । के पो गर्नु ? अनी मेशिन जस्तो ज्यान सँग नेपालमा हुनेले सोधेको जवाफ के हुन्छ र ? १ दिन होइन , २ दिन होइन सधैं काममा जाउ , घर फर्क , सुत , उठ , फेरी काममा । काम घर , काम घर गर्दा गर्दै लगाम लगाएको पशु जस्तो पो हुने रहेछ । अनी यस्तो दैनिकी सँग तपाईंलाई दिने जवाफ चै के हुनु ? बिदेशमा बस्ने नेपाली धनी हुँदैनन । गरीब नै हुन । मात्र यहाँको महङ्गी सँग जुध्दै अली अली बचाएको पैसो नेपाल पुग्दा धेरै देखीने हो ।

No comments:
Post a Comment