इटालियनहरुले अब बिदेशीलाई त खेलौना नै पो सम्झेर प्रयोग गर्न थालेछ । पारीश्रमिक नदीई ट्राइ गर्ने बाहानामा काममा जोताउने , एक छाक खानाको भरमा काम लगाउने , फलानाले त यती रकममै काम गर्छु भनेको छ भन्दै भ्रम श्रीजना गरी ३,४ युरोमा श्रम शोषण गर्न खोज्ने । कन्ट्राक दिन्छु, ट्याक्स भरिदिन्छु भनी प्रलोभन देखाउने तर झुलाई रहने , अन्तमा खोट देखाएर निकाल्ने , फेरी अर्को बिदेशीको प्रयोग गर्ने । क्या माहिर छन यि इटालियनहरु । म आफै प्रयोग भए यही महिना ३ , ४ ठाउँमा ।
द्रिश्य न : - १
कुन्नी के जाती एउटा घरेलु ब्यवसाएमा सामान यता उता पुर्याउने काम छ गर्ने हो भनी अफर आयो । लौ त नि , आएको काम किन छाड्नु भन्ने भयो । अनी त्यहा गए । यो यो सामान फलाना दुकानमा पुर्याउनु पर्ने हो भने । दिनै भरी पुर्याइरहे , बिहान देखी बेलुका सम्म पैदलै दगुरेको दगुरै । तेश्रो दिन फोन आयो त्यही बाट र भन्यो आज काममा आउनु पर्दैन । मैले सोचे आज पानी परेकोले नआउनु भनेको होला । तर मलाई त कहिल्यै आउनु नपर्ने गरी बिदा पो गरेछ । अनी पछी बुझ्दा पो थाहा पाए पहिले काम गरी रहेको केटो बिरामी भको रहेछ र डाक्टरको प्रेस्किप्सन लिएर निकै दिन घर बसेछ । साहुले काममा आउ भन्दा डाक्टरले लेखीदिएको कागज देखाउदो रहेछ । अनी उसलाई तर्साउन मलाई प्रयोग गरेको रहेछ । जब उ काममा आयो अनी मलाई आउनु पर्दैन भन्यो । र मैले ३ दिन काम गरेको पैसा देउ न त भने। उता बाट जवाफ आयो तिमीलाई त ट्राइ गरेको हो पैसा पाउदैनौ रे ! अब परेन फसाद । कहाँ गएर गुनासो गर्नु ? कस्लाई के भन्न जानु यो कङ्क्रीटको मरुभुमिमा ?
द्रिश्य न : - २

No comments:
Post a Comment