थुक्क पैसा !
आखिर यती सुन्दर जिन्दगी पैसाले बेरुप पार्दो रहेछ । सबै मानिस नाङ्गो जन्मने हो । २ हात खुट्टा , एउटा सफा र खाली दिमाग अनी सिङो शरीर । जब एउटा बच्चा जन्मन्छ उ बिल्कुल स्वतन्त्र , सफा हृदय अनी निस्पक्ष हुन्छ । उ जन्मने परिवार , समाज , देशको परिवेशले उसमा पनि प्रभाव फैलाउछ । त्यही परिवेशमा उ धनी बन्छ , गरीब बन्छ , साहु बन्छ , नोकर बन्छ । कुनै क्रममा ठुला मान्छे बन्छन त कुनै पल सानो मान्छे बन्छन ।
समाजमा देखिने जतिपनी ठुला , सम्पन्न , धनी , बडा , साहु भनिने पगरी छन । यि सबै सँग पैसा जोडीयको छ । समय सँग जुहारी खेल्दै जिउने क्रममा जीवन सँग पैसाको प्रतिस्पर्दा पो हुदो रहेछ । हो यही चक्रब्युहमा फसेको भान हुँदै छ अहिले ।
मैले चाल पाए सम्म
स्कुल २ थरी , बोर्डिङ र सरकारी । पैसा हुने बोर्डिङ पढ्ने , नहुने सरकारी । बोर्डिङ पढ्नेले अङ्रेजी पढ्ने , अङ्ग्रेजको पैसा ठुलो , अङ्ग्रेजको भलाद्मी जीवन रे ! , पैसा नहुने सरकारी स्कुल पढ्ने , किनकी धेरै पैसो छैन खर्च गर्न , खर्च नै नगरेसी कहाको पढाई राम्रो हुनु । राम्रो नपढेसी राम्रो जागिर हुने कुरो नि भएन , अनी कहाँ बाट आओस पैसा । अनी जिन्दगी कसरी चलोस । हो यही परिस्थितीमा गुज्रीएको म । जेनतेन १० + २ पढाए बाउले । त्यो भन्दा माथि पढाउन सक्दिन भने । किन सक्दिन भनेर सोधेको पैसो छैन रे ! अनी आँफै काम गर्दै पढ्छु भनेर कम्मर कसे । थालनी गरेको पनि हो । न काम राम्रो गर्न सक्यो न पढाई नै । अनी पछीका समय पैसो सँग जिन्दगी सट्नमा बित्न थाल्यो । थुक्क पैसा !
थुक्क पैसा !
यती सुन्दर जिन्दगीलाई कती सजिलै तहस नहस पार्छस है ? एउटा मान्छेलाई पेट भरी खान , आङ ढाक्ने एक सरो कपडा भए उसको जिन्दगी सजिलै बाच्थ्यो त । तर यो मान्यता सङ्ग प्रतीस्पर्धा गर्न कहाँ बाट आयौ तिमी । पैसा धेरै थुपार्ने लोभ जगायौ , धनी बन्ने घमन्ड भर्यौ , सम्पन्न बन्ने अभिमान जगायौ । कसैलाई धनी बनायौ , कसैला कङ्गाल बनायौ , कसैलाई साहु बनायौ , कसैलाई गरीब बनायौ , कोही सम्पन्न रे ! कोही दरिद्र रे ! थुक्क पैसा ! के गरेको तिमीले यस्तो मानव जिन्दगीमा ।
हामी नेपालीहरु विश्वमा प्राक्रीतिक धनी भएको देश , बुद्ध जन्मिएको देश , सगरमाथा भएको देश भनेर चिनिन्छौ । यती सुन्दर देशका मान्छेलाई पनि आरामले बस्न दिएनौ है ? कसैलाई कतार पठायौ , कसैलाई दुबइ , कसैलाई मलेसिय त कसैलाई अस्ट्रेलिया । कसैलाई अफ्रिका पठायौ त कसैलाई युरोप । सबैलाई पैसाको गुलाम गर्न पठायौ । सबैको स्वतन्त्रा लुट्यौ , परिवार सँगको माया लुट्यौ , देश सँगको सामिप्यता लुट्यौ अनी लुट्यौ ति सुन्दर समय जुन पल आनन्दले श्वास फेर्नु पर्ने थ्यो ।

No comments:
Post a Comment