दुखेको युरोप


ददी सरले लेख्नु भएको दुखेको युरोप पढ्दै छु । केही नेपालीलाई छाडेर प्राय नेपालीको हालत उस्तै रहेछ युरोपमा । सुख पाउने भन्दा पनि दु:ख पाउने धेरै । अनेकौ हन्डर ठक्कर खाएर युरोप त आई पुगियो । युरोप आई पुगे पछी झन अरु दु:खका श्रिङ्खलाहरु शुरु हुने रहेछन । हातमा कुनै सिप नहुनु , भाषाको अज्ञानता, वास्तबिकता भन्दा पनि सपनामा कल्पने बानि, आवश्यक जानकारी बिनै जोखिम मोल्ने बानिले नेपालीले दु:ख पाउने रहेछन । बरु तपाईं युरोप आउँदै हुनु हुन्छ भने जुत्ता सिउने काम सिकेर आउनुस, लुगा सिलाउन सिकेर आउनुस , कपाल काट्ने काम सिकेर आउनुस, पुछपाछ गर्ने काम सिकेर आउनुस तर ब्याचलर डिग्री र मस्टर डिग्री गरेको सर्टिफिकेटको काम छैन । हाम्रो आज सम्मको दु:खको एक पाटो सिपमा भन्दा डिग्रीको सर्टीफिकेटमा विश्वाश गरेर पनि हो झै लाग्यो आज सम्मको अध्ययनले ।



ददी सरले लेख्नु भएको दुखेको युरोप किताब पढेर भर्खरै सक्काए । आफु पनि निकै ठुला ठुला सपनाहरु देख्दै युरोपको मजदुरिमा, यहाँ आई सके पछीको सामाजिक , बैचारीक , मानसिक रुपमा भोगिरहेका समस्याहरु , सपना एका तिर कर्म अर्को तिर । यहाँको वास्तबिकता , घर परिवार अनी साथी सङ्गीको अपेक्षा । वास्तबिकता एउटा , बुझीदिने अर्को । युरोप पुग्ने बित्तिकै पैसो त कत्ती हो कत्ती सोहोर्न पाइयला भन्ने भ्रम । अरुले काम पाउने , तैले मात्र किन नपाको ? अरुले लाख का लाख कमाउदै छ त तैले कसरी सकिनस ? जस्ता अमिल्दो बुझाई अझै सम्म पनि हाम्रो मानसिकतामा छ ।

ददी सरले लेख्नु भयको किताबले यस्ता मानसिकताको केही हदसम्म चिरफार गर्ला भन्ने सोच्छु । युरोप स्वर्ग होइन नर्क चै हो झै लाग्ने दु:ख सुन्दा पनि । यहाँको अवस्था नै उस्तो छ । नर्कमा फसे पछी निस्कन हम्मे हम्मे पर्ने जस्तो अवस्था छ युरोपमा । लोभले लाभ , लाभले बिलाप भने जस्तो । पैसो सोहोर्न भनेर शुरुमा मान्छे युरोप ओईरिन्छन , यहाँको अवस्थाले बिस्तारै मर्न पनि दिन्न , धेरै उत्ताउलो हुन पनि दिन्न भनेको जस्तो बनाउछ । बिभिन्न देशमा बस्ने पात्रहरु लाई समेटेकोले समग्र युरोपको नेपालीको अवस्थालाई प्रस्ट्याउछ यो किताबले ।

थोरै भन्दा धेरै उस्तै छ युरोप भित्रका जुनै देशमा रहने नेपालीको अवस्था । सामाजिक , मानसिक , सान्स्क्रीतिक , भाषिक रुपमा दु:ख मनाउ गर्दै , आँफैलाई सम्झाउदै , दिनको २४ घण्टालाई पनि भाग लगायर नित्य कर्ममा भाग दौड गर्दै नेपाल , नेपालका परिवार , छिमेकी , समाज सम्झदै जीवन गुजारा गर्ने जिन्दगी हो युरोपको जिन्दगी । लाख कमाउन आएको मान्छे हजारमा डल्लिन्छ यहाँ । नेपालमा हुँदा मात्र हो लाख देख्ने , युरोप बसुन्जेल कसैले पनि लाख पैसा देखेको हुँदैन । लाख कमाउन भनेर युरोप आएको मान्छे हजार तलब थाप्छ , यता तिर उता तिर गर्दा केही सय बच्छ । अनी कहाँ बाट पाउछ सन्तुस्ठी । यहाँको दैनिक धपेडी , हातमा लाग्यो सय । कहाँ बाट नहोस दुखी मन ! यस्तै छ युरोपको जिन्दगी ।

No comments:

Post a Comment