Showing posts with label अनुभुती. Show all posts
Showing posts with label अनुभुती. Show all posts

ईटालीको मिलानमा दशैं त कस्तो झुर !


महिन्दो वाईवा / ईटाली

नेपाल मितेरी मन्चको यो वर्षको दशैं कार्यक्रम साह्रै झुर भो । अन्य वर्षभन्दा धेरै पैसा उठाइयो । न रमाइलो भो । न नाचगान नै गर्न पाइयो । के हो यस्तो कार्यक्रम ? एक दिनको छुट्टीमा घरमै बसेर साथीभाई भेटेको भए रमाइलो हुने थियो । एकातिर पैसोको नाश अर्कोतिर समयको बर्बाद भयो भनेर धेरैले गुनासो गरे मसँग । निकै खल्लो भयो रे ! अनी मलाई पनि केही लेखौ लेखौ लाग्यो । नेपाल मितेरी मन्चले दशैं कार्यक्रम आयोजना गर्यो मिलान शहरमा । करिब २०० देखी २५० को हाराहारिमा होन् मिलान शहर र यो वरपर बस्ने नेपालीहरु । दशमीको पर्सी पल्ट राखेको थियो कार्यक्रम । मुस्किलले कार्यक्रममा ६५ जनाको उपस्थिति भएछ ।

नेताको घण्टी फोनमा बज्दा पत्रकारले कुरा फेरेको फेर्‍यै (पत्रकार अधिबेशन सन्दर्भ)


- महिन्दो वाईबा / ईटाली

फ्रान्सका पत्रकार ददि सापकोटाले एक दिन मलाई भन्नुभो “युरोपमा पत्रकारहरुको अधिवेशन हुँदै छ ।’ तपाईं त पहिले पनि पत्रकारिता गरेको मान्छे । यस्ता मान्छे छुट्नु हुन्न । सकृय हुनुपर्छ । लौ बेल्जियम जानुपर्छ । सदस्यता लिनु पर्यो ।” म दोधारमा परें ‘सकृय बनौं कि निस्कृय । बिदेशको बसाइ । जागिरको चटारो । अर्काको देशमा अनेक समस्या झेल्दै बसेर नेपाली पत्रकारिता । वहाँको प्रस्तावसँगै पत्रकारितामा आस्था राख्ने अन्य पत्रकार र बिदेशमा बसेर पनि लेखन कार्यलाई निरन्तरता दिन सकिन्छ भन्ने साथीहरु संपर्कमा आउन थाले । मैले नेपाल पत्रकार महासंघ धादिङ जिल्लाको सदस्यता युरोप शाखामा स्थानन्तरणकालागि अनुरोध पठाएँ । आफ्नो तर्फबाट गर्नुपर्ने प्रकृया पुरा गरी बेल्जियम हान्निएँ । गत सेक्टेम्बर १४ मा नेपाल पत्रकार महासंघ युरोप (एफ एनजे युरोप)शाखाको अधिवेशनमा भाग लिन ।

दुखेको युरोप


ददी सरले लेख्नु भएको दुखेको युरोप पढ्दै छु । केही नेपालीलाई छाडेर प्राय नेपालीको हालत उस्तै रहेछ युरोपमा । सुख पाउने भन्दा पनि दु:ख पाउने धेरै । अनेकौ हन्डर ठक्कर खाएर युरोप त आई पुगियो । युरोप आई पुगे पछी झन अरु दु:खका श्रिङ्खलाहरु शुरु हुने रहेछन । हातमा कुनै सिप नहुनु , भाषाको अज्ञानता, वास्तबिकता भन्दा पनि सपनामा कल्पने बानि, आवश्यक जानकारी बिनै जोखिम मोल्ने बानिले नेपालीले दु:ख पाउने रहेछन । बरु तपाईं युरोप आउँदै हुनु हुन्छ भने जुत्ता सिउने काम सिकेर आउनुस, लुगा सिलाउन सिकेर आउनुस , कपाल काट्ने काम सिकेर आउनुस, पुछपाछ गर्ने काम सिकेर आउनुस तर ब्याचलर डिग्री र मस्टर डिग्री गरेको सर्टिफिकेटको काम छैन । हाम्रो आज सम्मको दु:खको एक पाटो सिपमा भन्दा डिग्रीको सर्टीफिकेटमा विश्वाश गरेर पनि हो झै लाग्यो आज सम्मको अध्ययनले ।

अतित

बिदेश जाने चक्करमा घुमीरहेको थिय  म खेर । मनस्थिति ले ४ औ बसन्त पार गर्दै थियो l  अब त जाने हो भनेर सबै कागज बनाएर एम्बेसीमा पनि दिएको हुँ । तर दशा  आईलागेको । बनाएको कागज पत्र त सबै बिग्रेछ । फेरी असफल l त्यसपछी पर्‍यो फसाद । फेरी बनाउ पर्ने झनझट । कति समय लाग्ने को पिरलो l पहिलो प्रयासमा काम नभएपछी जस्तो लफडा केही नहुने रहेछ । पहिले बिग्रेकोलाई सच्याउनु पर्ने अनी फेरी एम्बेसिमा गयेर कागज पत्र पेश गर्नु पर्ने । बिग्रेको सच्याउनु कहाँ सहजै हुनु र फेरी । असहजताको समय हुञ्छ त्यो पल l कहाँ के मिल्दैन कहाँ के ? एउटा मिल्यो अर्को मिल्दैन । ओरालो लगेको मिर्गलाई बाच्छाले पनि खेद्छ भने झै सामान्य अफिसको पिउनलाई पनि ज्यु ज्यु गर्नु पर्ने । बिग्र्यो पछी के लाग्छ र । गा बि स को सचीव त्यस्तै , जि बि स को कर्मचारी त्यस्तै,  त्यस्तै भेट हुन थाल्छ ति दिनहरुमा l वास्तबमा बिदेशमा काम गरिरहेका कुनै पनि व्यक्तिले कसैलाई पनि कर गर्दैनन, प्रोत्साहन दिदैनन कारण  नेपाल देखी गरेका झनझन्ट बिहोर्नु नपरोस भन्ने चाहन्छन । अथवा उस्ले जुन झनझट बेहोरेको छ , जुन दौड धुम गरेको छ अनी जुन शारिरिक, मानशिक, अनी कुटनैतीक ब्यवहारको सामना गरेको छ । यस ब्यवहार देखी वाक्क भईसकेको हुन्छ । बिदेशमा पुगेपछि पनि कहा नेपालमा सोचेको जस्तो जिन्दगि भइन्छ र ? सोचाइ र भोगाइको समिश्रण नमिल्दाको दुखेसो कमको हुदैन l  विकल्प  सहन बाध्य हुन्छन l मान्छेले सोच्ने गर्छन् त्यो कती सजिलै गयो । हो त्यहि दिन देखि सजिलोको संघर्ष शुरु हुन थल्दछ l बिदेश येस्तै छ l

बिदेशमा श्रम



को कुन देशमा छिर्न सके ? फलनाले यती कमाए ? फलनाको यतीको स्यालरी छ रे नि ?  समाजमा चलिरहेको प्रतिस्पर्धा र भलाकुसारी यस्तै छ अहिले ।  अहिले नेपाली समाजमा दैनिक रुपमा हुने गरेका भलाकुसारीहरु हुन यि । देशमा रोजगारी पाउदैन भन्ने युबा जमत ठुलो छ । सबै लाई पैसाको बिटाको खाचो छ । महिनामै हजारौं रुपैया हात पार्नु पर्नेछ । चाडैनै सम्पन्न बन्नु पर्ने छ । समाजमा उस्को भन्दा मेरो रवाफ के कम भन्ने प्रतिस्पर्धी मानसिकता बिकास हुदैछ । खेतबारी बाजै छन, काम गर्ने मान्छे छैन, अब पैसा नकमाई के खाने भन्ने चिन्ता छ ? त्यसैले त देशका हजारौं युबा दैनिक रुपमा पलायन हुँदै छन बिदेशमा श्रम बेच्न । चाहे बिद्यार्थी भिसामा होस, चाहे तालिमा गर्ने बहाना होस, चाहे पारीवारीक जमघट गर्ने भिसा होस । सबै नेपालीको मुख्य उद्देश्य बैदेशिक श्रम नै हो । पछील्लो समयमा देशमा भईरहेको अस्थीरता, बन्द, हड्ताल, राजनैतीक अन्योलता, समाजमा हुने बैदेशिक भलाकुसारीले पनि जो कुनै पनि नेपालीलाई बिदेशमा श्रम बेच्न उक्साइ रहेको छ ।

देशभित्र रोजगारीको सम्भावना न्युन भईरहेको अवस्थामा थोरै तलबको लागि भए पनि आफ्नो मात्रुभुमी छाड्न वाध्य छन अहिलेका शिक्षित युबा । जेनतेन १० +२ ब्यचलर सम्मको अध्ययन गर्‍यो । सम्बन्धित कार्यालयमा गएर पासपोर्ट बनायो अनी म्यानपावर कम्पनी खोज्न हिड्यो । हातमा +२ ब्यचलर गरेको प्रमाण पत्र र पासपोर्ट हुँदैमा कहाँ भनेको र सोचेको जस्तो काम पाइन्थ्यो र ? अरबी देशहरुमा जाने धेरै साथीले यो समस्या भोगेका छन । बरु तपाईं १० कक्षा मात्र पढ्नुस् एउटा काममा पोख्त हुनुस् । तपाईंले भनेको र सोचेको जस्तो हुनेछ भनेर अनुभवी साथीहरुले भन्ने गरेका छन । अली सम्पन्न देशहरुमा जाने हरुको पनि समस्या कम छैन । महिना भरिको तलब कोठा बहाल, बिभिन्न कर, खन्नै पर्‍यो यता उता गर्दैमा बचाउन सके थोरै सकिन्छ नत्र उस्तै हो । अनी यता नेपालमा लागेको चर्को ब्याज र रिणको पिरलो । उता काम पैसा भन्दा भन्दा जिन्दगी लखत्रान भईसकेको हुन्छ । वस्तबमा नेपाली बिदेशमा श्रम बेचेर केही पैसा जोहो गर्न सकिन्छ कि भनेर गएका हुन्छन । कालान्तरमा यो धरातल पनि बिर्सन पुग्छन कोही कोही अनी बर्वाद हुन्छन ।

नेपाली समाज र बढ्दो बैदेशिक रोजगार

को कुन देशमा छिर्न सके ? फलनाले यती कमाए ? फलनाको यतीको स्यालरी छ रे नि ?  समाजमा चलिरहेको प्रतिस्पर्धा र भलाकुसारी यस्तै छ अहिले ।  अहिले नेपाली समाजमा दैनिक रुपमा हुने गरेका भलाकुसारीहरु हुन यि । देशमा रोजगारी पाउदैन भन्ने युबा जमत ठुलो छ । सबै लाई पैसाको बिटाको खाचो छ । महिनामै हजारौं रुपैया हात पार्नु पर्नेछ । चाडैनै सम्पन्न बन्नु पर्ने छ । समाजमा उस्को भन्दा मेरो रवाफ के कम भन्ने प्रतिस्पर्धी मानसिकता बिकास हुदैछ । खेतबारी बाजै छन, काम गर्ने मान्छे छैन, अब पैसा नकमाई के खाने भन्ने चिन्ता छ ? त्यसैले त देशका हजारौं युबा दैनिक रुपमा पलायन हुँदै छन । बिदेशमा श्रम बेच्न ।

असन्तोष दुःखको कारण हो


मानिस अचम्मको प्राणी हो, जीवन यापनका क्रममा एउटा इच्छा पुरा गर्न मरिहत्ते गर्दछ। जब उक्त इच्छा पुरा हुन्छ, अर्को इच्छा जन्माउँछ ,त्यसलाई प्राप्त गर्ने त्यस्तै सकस गर्दछ, दुःख गर्दछ र बाचुन्जले यस्तै चक्रमा जकडिएर इहलिला समाप्त गर्दछ।
इच्छा पुरा गर्यो तर सुखी कहिल्यै हुन सकेन् । श्रीसम्पती पनि जोड्यो तर रमाउन सकेन र केही इच्छा मनमै साँचेर धर्ति छोड्छ। र धार्मिक शास्त्र अनुसार अतृप्त मन लिएर अर्को जन्म लिन्छ र यसैगरि सांसारिक दुःखको भवसागरमा फस्दछ । जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सुख र सुविधाको बिचमै रहेर दुःखी जिवन जिउन अभिशप्त हुन्छ। त्यतिमात्र कहा हो र ? मानिस अरुको सुःख देखेर पनि दुःखी हुन थाल्दछ र त्यही पिडामा जलेर जीवन नर्क बनाउँछ। मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सरल उपाय बताइएको छ। साना देखी ठुला दुःखबाट मानिसलाइ उन्मुक्ति दिन महान धर्मग्रन्थहरुमा विशेष तर सरल सुत्र बताइएको छ ।

सधै सन्तुष्ट रहौं ।
जसरी पनि सन्तोष गरौ ।

निचोड भनेको सुखको एउटै सजिलो मन्त्र सन्तोष रहनु हो। असन्तोष दुःखको कारण हो। हर अवस्थामा जस्तै सुकै विपप्ती आइलागोस मनमा सन्तोष हुनु जरुरी छ। यो एउटै सुत्रले लोक देखी परलोक सम्म मुक्ति मिल्दछ ।

समाज हामीले बनाएका हौ समाजले हामी होइनौ !

मानिसको जन्म न धनी न गरीब न दुखी म सुखी न दलित न ब्राम्हण न जनजाती को रुपमा हुन्छ । मानिस केवल मानिस नै भएर जन्मने हो । हामीले बनाएका  कार्य ब्यवस्ता अनी हामीले निर्माण गरेका रितिरिवाज भाषा धर्म सन्स्क्रिती अनी हामीले बनाएका समाजले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारीरहेको हुन्छ । वास्तबमा समाजमा घटिने जतिपनी घटनाहरु छन ति सम्पूर्ण परिस्थीती हामीले निर्माण गरेका हौ । र कालान्तरमा हामीलाई नै ति घाटना क्रमले हामीलाई घुमाइ रहेको हुन्छ । हामी समयको रफ्तार सँगै जीवनको भुमरुमा फस्दै गैरहेका हुन्छौ ।

ब्राम्हण छेत्री बैस्य शुद्र । यो बर्गीकरण कस्ले गर्‍यो र किन गर्‍यो त ? मनन गर्नु पर्ने बिषय छ । हामीले स्कुल पढ्दा श्री ५ प्रिथ्बी नारायण शाहले

पहिचान - जनजाती युवा र भबिश्य

राज्य सन्यन्त्रमा गैर जनजाती .........
जनजाती सम्बन्धी राज्यको धारणा .........
जनजातिको बर्तमान अवस्था ..........
जनजाती युवाको भविस्य .....
शिक्षामा जनजातीको अवस्था ........................
के गर्न सकिन्छ जनजातिले युवाले ? .....................
किन जनजाती युवा बिदेशीन्छन ? ...........................
नेपालको राजनिती र जनजाती युवा ................................
नेपालमा जनजातिको भविस्य कती ? .....................................
जनजातिले गरेका उपलब्धी र अबको सम्भावना । .........................

सन्तुस्ठी

वास्तवमा मान्छे सन्तुस्ठी चाहन्छ । तर त्यो मिलीरहेको छैन । कारण प्रत्यक घरमा कलह छ, प्रत्यक समुहमा बिवाद छ, प्रत्यक कार्यालयमा असमझदारी छ, प्रत्यक ब्यक्ती कुनै न कुनै दल प्रती आस्था राख्दछन । देशको अर्थ व्यवस्था धारासाही छ, राजनिती डामाडोल छ, नेता नै पिच्छे स्वार्थ छ । दलिय स्वार्थ, जातिय स्वार्थ, समुहको स्वार्थ, अनी ब्यक्तीगत स्वार्थ । घरमा आमाको सिरियल हेर्नु पर्ने, बुवाको खै सधै काम, छोराको स्कुलको फिस तिर्नु पर्ने, साथीहरुको राम्रो मोबाईल बोक्छन आफ्नो चै नराम्रो भन्ने गुनासो, छोरीको मेकअप गर्ने समान किन्न पैसा छैन भन्ने गुनासो , अफिश गयो समयमा तलब दिन नसकेर कर्मचारीको कचकच, पसलमा केही किन्न गयो अस्ती भन्दा दोब्बर महङ्गी बढेको छ । समाचार हेर्यो भात्केको र बिग्रेको भन्दा केही सुन्न पाउने होइन । नेताको कुरा सुन्यो चाख लाग्दो र घात लाग्दो बिकासको कुरा केही छैन । अनी कहाँ बाट पाओस सन्तुस्ठी, कहाँ बाट मिलोस आनन्द ।

स्वार्थ, घमन्ड, रिश, लोभ, स्वभावले गर्दा नै यो समाज ब्यस्त बनिरहेको छ ।

नमुना गाउ सेम्जोङ १ र २ गैरा गाउ

*** सम्ब्रीद्द गैरा गाउको परीकल्पना  ***
" हामीले नगरे कसले गर्छ
अहिले नगरे कहिले गर्ने । "

१ श्वास्थ्य चौकीको समस्या छैन ।
२ स्कुलमा पढाई राम्रो छ ।
३ पानीको समस्या छैन ।
४ गाडी गाउमै अैपुग्छ ।
५ बिजुली बत्ती २४ सै घण्टा छ ।
६ फोन, इनटर्नेटको सुबिधा छ ।
७ खान र बस्न आवासको सुबीधा छ ।
८ रमाइलो गाउ छ , जहाँ म्हेन्दोमायाको साथमा तामाङ सस्क्रीतीको झल्को मेट्न पाईन्छ ।
९ ढेडो र गुन्द्रुकको स्वाद लिन सकिन्छ ।
१० सुन्दर शान्ता र रमणिय वातावरण छ ।

 

*** त्यसैले त आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गर्दछ । एस्तो भने दिन कहिले आउँला ?

जीवन र कार्यसम्पादनका लागि रुपान्तरणका प्रविधीहरु - 2

जब हामी आमाको कोखबाट जन्म लिन्छौ । त्यसबेला हामी रुन्छौ । तब देखी हाम्रो षङ्घर्शको दिन शुरु हुन्छ । हाम्रो जीवनको शुरुवात नै रुवाइबाट भएको हुन्छ । हाम्रो जन्म सँगै हामीले नाम, जात, धर्म, लिङ्ग, सुख, दु:ख, धनी, गरिव आदी इत्यादी यो समाजले के के दिने हो हामीलाई भिडाइ दिएको हुन्छ । हामी जन्मदा त सुद्ध मानव भएर जन्मेका हुन्छौ । तर हाम्रो समाज, देश, धर्म, रितिरिवाज, सन्स्क्रिती र हाम्रा अन्धविश्वासले हामीलाई बालक देखी नै अन्धो बनाइदिएको हुन्छ । अनी हामीले जे जती देखेका छौ र जे जती बुझेका छौ त्यो नै हामीलाई महान लाग्छ र हामी त्यसैमा रमाउछौ ।
म त जन्मदा एक मानव भएक जन्मेको हुँ, मेरो चेतना छ, म मा हासो खुशी छ, मेरो प्रजनन क्षेमता छ र मलाई भोक लाग्छ भन्ने नै बिर्शीसकेका हुन्छौ । हामी एही समाजले भिडाएको नाम मा गर्व गर्छौ, मेरो त जात ठुलो उस्को त सानो भनी हामी तुलना गर्छौ । म त गरिव उ त धनी भनी सोच्छौ । यो राम्रो त्यो नराम्रो आदी इत्यादी सोच्छौ । वास्तवमा यि काल्पनिक बिषय बस्तुले हामीमा भ्रम श्रीजना गरिदिएको हुन्छ । यि सामाजिक बन्धनमा रुमालिदा हामी आफ्नो मार्ग लाई नै बिर्सी सकेका हुन्छौ । यो समाजको कृयाकलापले हामीमा एक प्रकारको सोचाइ बनिसकेको हुन्छ । समाजले जे गर्छ हामीलाई त्यही शाही लगिरहेको हुन्छ अनी हामीले पनि त्यही गर्नु पर्छ भनी सिकिरहेका हुन्छौ । यसरी हामीमा अन्धबिश्वास , झुट र ढोङ्गको छाप बसेको हुन्छ । हो हामी त्यही सोचले ग्रश्त बनी त्यही अनुसारको कर्म गर्छौ । र त हामीलाई सोही अनुरुप नतिजा प्राप्त हुन्छ । त हामी रिस, राग, क्रोध,असन्तुस्ठी र दु:ख मात्र पाइरहेका हुन्छौ ।
जब हामी समाजको यि यावत अन्धविश्वास, कुरिती, ढोङ्ग,र आस्थाको पछी लाग्न छाड्छौ र हामी मानव हौ , हामीले यो सुन्दर जीवनलाई त्यसै खेर जान दिनु हुँदैन, केही उर्जाशिल कर्महरु गर्नु पर्छ, त्यस्को लागि हामी नै सक्रीय र कृयाशिल हुनु पर्छ भन्ने भावना मनमा मनन गरेर अघी बढ्यौ भने हाम्रो जीवन अवस्य सफल र सर्थक हुनेछ । नेपाली समाज भाग्यवाद मा अत्यधिक विश्वाश गर्छन् । भाग्यको भरमा नपरी कर्ममा विश्वाश गरी अगाडि बढेमा अवस्य जीवनले गती लिनेछ ।

चैत्र २९ , धादिङ 

जीवन र कार्यसम्पादनका लागि रुपान्तरणका प्रविधीहरु


- सकारात्मक बिचारमा
- सकारात्मक ब्यवहार
- सकारात्मक चिन्तन
- सकारात्मक सोचाइ

परिवर्तन
- आनन्दको जीवन
- खुशी जिन्दगी
- सुखको अनुभुती
- शान्तीको आभास

- मान्छे सबै भन्दा असन्तुस्ठी आफ्नो घर परिवार देखी हुन्छ । फेरी त्यो असन्तुस्ठी आँफै भित्र हुन्छ ।

साझा सवाल - 2069/12/11


कृषि पेशा गरिरहेका उत्साही किसानहरूको कथा समेटिएको आजको साझा सवाल तपाईंलाई कस्तो लाग्यो?

किसानका सफलताको कथालाई समेटेकोमा ज्यादै खुशी लाग्यो । इच्छा सक्ती हुने हो भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने दरिलो उद्दारण हो यो । अर्काको देशमा गएर नोकर हुनु भन्दा आफ्नै देशमा साहु भएको जाती चाहे त्यो थोरै लगानी कै किन नहोस् ? एस्ता प्रेरणादायी कार्यक्रम आगामी अंकहरुमा पनि सुन्न र हेर्न पाउ । देश बिगारने नेताहरुको फुस्रा र बेतुकका बहस सुनेर समय बर्बाद गर्नु भन्दा त एस्ता केही उत्साह, प्रेरणा र हौसल्ला मिल्ने कार्यक्रमले आउँदा दिनहरुमा पनि स्थान पाउने हो भने निराशा, बेचैन र आफ्नो भविस्य नै अन्योल लगिरहेको नेपाली नागरिकहरुमा अवस्य थप उर्जा मिल्ने थियो कि ! साझा सवला टिमको ध्यान यि र यस्तै बिकास कार्यक्रम तर्फ केन्द्रित होस् शुभ कामना ।

नेपाली फिल्म "रिदम" हेरेपछी केही लेख्न मन लाग्यो ।

बस्तबिकता भन्नु पर्दा म तक्मे बुढो को अभीनय हेर्न गएको थिय । तर कुरो अन्त मोडियो ..........
धेरै पछी नेपाली फिल्म हेरे । पहिले भन्दा केही सुधार भएको हो कि भन्ने लाग्यो । तै पनि हिन्दी फिल्मको छाप बसेको यो दिमागमा नेपाली फिल्मले के स्थान पाउथ्यो र ! राष्ट्रियतालाई साछी राखेर भन्छु नेपाली कथानक चलचित्र रिदमले चै केही सुधागरेछ है भन्ने लाग्यो । हामी प्राय नेपालीहरुलाई नेपाली राष्ट्रिय गान नै थाहा छैन । यो बस्तबिकता हो । फिल्ममा मानिसको जीवनमा आउने उतारचढावका समसामायिक घटनाक्रमलाई देखाउन खोजिएको छ । राष्ट्रियताको प्रेमलाई उठान गरिएको छ फिल्ममा तर कही कतै कथा बस्तु मेला नखाएको हो कि भन्ने पनि लाग्नु स्वभाविक हो । मध्यान्न अगाडि दर्शक अन्योल हुने भयता पनि मध्यान्न पछी भने फिल्मले दर्शकलाई अन्यन्त्र मन जान दिदैन । केही कौतुहलता, केही भावुक अनी राष्ट्रियताको भाव दर्साउदै अन्तमा नेपाली राष्ट्रिय गान गाउन सबैलाई अनुरोध गर्दै फिल्म सकिएको छ । फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको छ ।

राम्रो सोच बनाउनुस्, साकारात्मक सोच्नुस्, सबै सँग राम्रो ब्यवहाँर गर्नुस्, मिठो मिठो कुरा गर्नुस्, मिस्कुराउनुस्, तब न जिबनले सुखानु भुती अनिभव गर्दछ ।

हामी मान्छेको स्वभाव कस्तो छ भने हामी प्रय समय अरुको कुरा काटेर बिताउछौ । जुन कामको न कुनै प्रतिफल आउछ न कुनै सार नै । फलनाले एसो गर्‍यो , फलानाले एसो भन्यो भन्दैमा हाम्रो अंमुल्य समय बर्बाद भई रहेको हुन्छ । दुई चार जना साथी जम्मा हुन्छौ अनी सुरु हुन्छ - उस्ले त एसो भने छ नि फलनालाई, त्यो त खत्तम नै हो नि, मलाई त त्यो देखी कस्तो रिश उट्छ, अनी हामी पनि उल्टै थपी दिन्छौ हो मा हो । त्यही त , त्यती मात्र कहाँ हो र फलाना त एस्तो पनि हो नि ! हाम्रो भालाकुसारी झन उत्कर्स मा पुग्दछ । यसरी हाम्रो अंमुल्य समय बर्बद भईरहेको छ । हामीले समयको नाश गरी रहेका छौ । यि र यस्तै कारणले हामीले दु:ख पाइरहेका छौ । हाम्रो मन अशान्त छ । हामीले समयको सही सदुपयोग गर्न सकीरहेका छैनौ । आजको यो .............. प्रहरमा हामी तपाईंलाई तेसै बस्न दिने छैनौ । आग्रह गर्छौ, सल्लाह दिन्छौ, अभीप्रेरित गर्छौ । समयको सही सदुपायोग गर्नुस् । बर्तमानलाई सन्तुलनमा ल्याउनुस्, भबिस्य आफ्से आफ शुधार भएर जाने छ । साथी भाई सँग गफिनुस् तर नकारात्मक बहस नगरनुस् । कसैको कुरा काटेर समय बर्बाद नगरनुस् । राम्रो सोच बनाउनुस्, साकारात्मक सोच्नुस्, सबै सँग राम्रो ब्यवहाँर गर्नुस्, मिठो मिठो कुरा गर्नुस्, मिस्कुराउनुस्, तब न जिबनले सुखानु भुती अनिभव गर्दछ । जीवनमा आनन्दको झल्को आउँदाछ । आफुले राम्रो सोचे, आरुले पनि राम्रो सोची दिन्छ भन्ने मनमा राख्नु पर्दछ । सबै सँग समान ब्यवहार गर्नु पर्दछ । .............................

आज शनिबार

आज मिति बिक्रम सम्बत २०६९ साल फाल्गुण १२ गते शनिबार माघ शुक्ल पक्ष त्रायोदशी तिथि, तदनुसार २३ फेब्रवरी सन २०१३ ।

आज शनिबार । अफिस छुट्टी , बिध्यालय छुट्टी, प्राय हामी शनिबारको दिनलाई फुर्शदको दिन पनि भन्दछौ । तपाईं बिद्यालय जानु हुन्छ भने जान नपर्ने , अफिस जानु हुन्छ भने जान नपर्ने, तपाईं अभिभावक हुनु हुन्छ भने तपाईंहरुलाई पनि आज बिशेष दिन । सधैं आफ्नो बाल बच्चाहरु स्कुल जाने । तर आज आफ्नो अगाडि खेलेको देख्नु हुनेछ । हामी आश गर्छौ आज तपाईंको दिन हर्श, उमङ अनी सुखमय सँग बिताउनु हुनेछ । हप्ता भरिको दैनिकीबाट मुक्त भएका छौ आज हामी । हाम्रो जिन्दगी, हाम्रो समय, हामी जसरी चलाऊछौ त्यसरी नै चल्छ । रमाइलो , आनन्द अनी सुखमय सँग दिन बिताउने इच्चा सबैलाई हुन्छ । तर हामी चुकी रहेका हुन्छौ । कlरण हाम्रो सोचाइ हो हाम्रो मनस्थिती हो । यसैले हामीलाई दु:ख दियीरहेको हुन्छ । त्यसैले तपाईं दिनको शुरुवात साकारत्मक सोचका साथ शुरी गर्नुस् । हामी तपाईंलाई यही सल्लाह दिन्छौ । आजको यो शनिबारको छुट्टीको दिन को भरपुर सदुपयोग गर्नुस् । रमाउनुस् । खुशी हुनुस । तपाईंलाई शुभकामना ।

शनिबार

आज शनिबार दिन । अफिस छुट्टी , बिध्यालय छुट्टी, प्राय हामी शनिबारको दिनलाई फुर्शदको दिन पनि भन्दछौ । तपाईं बिद्यालय जानु हुन्छ भने जान नपर्ने , अफिस जानु हुन्छ भने जान नपर्ने, तपाईं अभिभावक हुनु हुन्छ भने तपाईंहरुलाई पनि आज बिशेष दिन । सधैं आफ्नो बाल बच्चाहरु स्कुल जाने । तर आज आफ्नोइ अगाडि खेलेको देख्नु हुनेछ । हामी आश गर्छौ आज तपाईंको दिन हर्श उमङ अनी सुखमय सँग बिताउनु हुनेछ । हप्ता भरिको दैनिकीबाट मुक्त भएका छौ आज हामी । त्यसैले पनि हामीले हप्ता भरिको कामको फत्त्ते गर्नु छ । आजको यो शनिबारको छुट्टीको दिन को भरपुर सदुपयोग गर्नुस् । रमाउनुस् । खुशी हुनुस । तपाईंलाई शुभकामना ।

MRP बनाउने दौडमा नेपाली महिला

                      

            "नेपाल साच्चै अन्त्रराष्ट्रिय बजारको लागि कामदार उत्पादन गर्ने राष्ट्र भएछ" - म सँगै पासपोर्ट लिन लाईनमा बसेका एक जना मित्रले भने ।  उनी भख्खरै क्यानडा बाट छुट्टिको समयमा नेपाल फिरेका र पासपोर्टको मिती सकिन लागेकाले नयाँ पासपोर्ट बनाउन आएका रहेछन । अहिले नेपाल सरकारले MRP दिन थालेको  छ ।  मिती बाँकी नै भएको हस्त लिखित पासपोर्ट म सँगै  भयता पनि  म पनि MRP बनाउन परराष्ट्र मन्त्रालय पुगेको थिय । सन २०१५ भित्रमा सबै हस्त लिखित पासपोर्ट लाई MRP मा बादलिसक्ने उद्देस्यले नेपाल सरकारले मिति नै नसकिएको हस्त लिखित पासपोर्टलाई लिएर MRP दिन थालेको छ । परराष्त्र मन्त्रालयमा अहिले दैनिक हजारौं जनाले चाडै ( १ हप्तामा पाउने ) पासपोर्ट पाउनको लागि निवेदन दिने गरेका छन । यदी तपाईंलाई ढिलै ( १ महिनामा पाउेन ) भएपनी हुने भये तपाईंले आफ्नै जिल्लामा पासपोर्टको लागि निवेदन दिन सक्नु हुन्छ । यदी तपाईंलाई चाडै पासपोर्ट चाहिएको हो भने तपाईंले डबल दस्तुर तिरेर परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्ने हुन्छ । १० बजे कार्यालय समय भयता पनि २ बजे देखी नै मन्त्रालय बाहिर भिड लाग्ने गर्छ । कारण एउटै हो सबैलाई छिटो चाहिएको छ । ५ बजे सम्ममा हजारौंको उपस्थीती भई सकेको हुन्छ । त्यस भिडलाई सात बजे टोकन बाडिन्छ । टोकन बाडिसकेपछी त्यस्मा नम्बर हुन्छ । सोही अनुसार अगाडि बढ्नु पर्ने हुन्छ । त्यस पछी भिड अली नियन्त्रीत हुन्छ । त्यसले पनि भीड अचाक्ली भएको हो । परराष्ट्रमा राति दुई बजेदेखि लाइनमा नबसे फारम बुझाउनै नसकिने स्थिति छ ।

रन्थनीयको जिबन

बिदेशीने तरखरमा थिय म । बिदेशमै बस्ने सँग नाता गासे पछी एक्लई स्वदेश बस्ने कुरो पनि त भएन । कर्मैमा त्यस्तो जुर्यो पछी कस्को के लाग्छ र ? केही बर्ष पहिले नै हो मैले र उस्ले बाचा कसम खाएको लामा गुरुहरुको रोहबरमा उस्कै घरमा । २००९ मा यसरी एक हुने कसम पछी हामी एक आपसमा छुटियौ  । उ आफ्नै कर्म थालो फर्कीई म भने एही स्वदेशमै आफ्नै काममा ब्यस्त हुन थाले ।