को कुन देशमा छिर्न सके ? फलनाले यती कमाए ? फलनाको यतीको स्यालरी छ रे नि ? समाजमा चलिरहेको प्रतिस्पर्धा र भलाकुसारी यस्तै छ अहिले । अहिले नेपाली समाजमा दैनिक रुपमा हुने गरेका भलाकुसारीहरु हुन यि । देशमा रोजगारी पाउदैन भन्ने युबा जमत ठुलो छ । सबै लाई पैसाको बिटाको खाचो छ । महिनामै हजारौं रुपैया हात पार्नु पर्नेछ । चाडैनै सम्पन्न बन्नु पर्ने छ । समाजमा उस्को भन्दा मेरो रवाफ के कम भन्ने प्रतिस्पर्धी मानसिकता बिकास हुदैछ । खेतबारी बाजै छन, काम गर्ने मान्छे छैन, अब पैसा नकमाई के खाने भन्ने चिन्ता छ ? त्यसैले त देशका हजारौं युबा दैनिक रुपमा पलायन हुँदै छन बिदेशमा श्रम बेच्न । चाहे बिद्यार्थी भिसामा होस, चाहे तालिमा गर्ने बहाना होस, चाहे पारीवारीक जमघट गर्ने भिसा होस । सबै नेपालीको मुख्य उद्देश्य बैदेशिक श्रम नै हो । पछील्लो समयमा देशमा भईरहेको अस्थीरता, बन्द, हड्ताल, राजनैतीक अन्योलता, समाजमा हुने बैदेशिक भलाकुसारीले पनि जो कुनै पनि नेपालीलाई बिदेशमा श्रम बेच्न उक्साइ रहेको छ ।
देशभित्र रोजगारीको सम्भावना न्युन भईरहेको अवस्थामा थोरै तलबको लागि भए पनि आफ्नो मात्रुभुमी छाड्न वाध्य छन अहिलेका शिक्षित युबा । जेनतेन १० +२ ब्यचलर सम्मको अध्ययन गर्यो । सम्बन्धित कार्यालयमा गएर पासपोर्ट बनायो अनी म्यानपावर कम्पनी खोज्न हिड्यो । हातमा +२ ब्यचलर गरेको प्रमाण पत्र र पासपोर्ट हुँदैमा कहाँ भनेको र सोचेको जस्तो काम पाइन्थ्यो र ? अरबी देशहरुमा जाने धेरै साथीले यो समस्या भोगेका छन । बरु तपाईं १० कक्षा मात्र पढ्नुस् एउटा काममा पोख्त हुनुस् । तपाईंले भनेको र सोचेको जस्तो हुनेछ भनेर अनुभवी साथीहरुले भन्ने गरेका छन । अली सम्पन्न देशहरुमा जाने हरुको पनि समस्या कम छैन । महिना भरिको तलब कोठा बहाल, बिभिन्न कर, खन्नै पर्यो यता उता गर्दैमा बचाउन सके थोरै सकिन्छ नत्र उस्तै हो । अनी यता नेपालमा लागेको चर्को ब्याज र रिणको पिरलो । उता काम पैसा भन्दा भन्दा जिन्दगी लखत्रान भईसकेको हुन्छ । वस्तबमा नेपाली बिदेशमा श्रम बेचेर केही पैसा जोहो गर्न सकिन्छ कि भनेर गएका हुन्छन । कालान्तरमा यो धरातल पनि बिर्सन पुग्छन कोही कोही अनी बर्वाद हुन्छन ।
No comments:
Post a Comment