स्वर्गको मान्छे स्विजरल्याण्ड पुग्दा !


युरोप त्यसै सम्पन्न भएको होइन रहेछ । निती, नियम बनाएर, आफूपनि पालना गर्छन्। अरुलाई पनि बुझाएर अघी बढ्छन् र नै सम्पन्न भएका रहेछन । यहाँ कसैलाईपनि अल्छि मानेर, काम पाइन भनेर बस्ने फुर्सदै छैन । दोश्रो ब्यक्तीले ल्याउँछ अनी पेट भरी खाउँला भन्नेपनि चिताउनै पर्दैन । यहाँको व्यावस्था नै त्यस्तै बनाइदिएको छ सरकारले । यहाँको राज्यको प्रणालिमा जो चल्छ उसको दैनिकी सहज हुने भयो । नत्र त्यती सजिलो छैन जती
हामी युरोपलाई स्वर्ग सोच्छौं । प्रसङ्ग युरोपको सम्पन्नता अनी हाम्रो मानसिकता र सोचको हो ।
गत हप्ता स्विजरल्याण्डको एउटा कुनो घुम्ने फूर्सद मिल्यो । केही बिकासका चरम उत्कर्शहरु त मैले इटलीमा पनि देखीसकेको थिएँ । इटलीमा भएका

बिकास गतिबिधी आफ्नै स्थानमा भएता पनि पछील्लो समय राज्य व्यवस्था खस्केको छ । महँगी, भ्रस्टाचार, चोरी, बेरोजगारी यो सबैमा ब्रिद्धी भएको छ । नेपालको अवस्था र इटलीको राज्य व्यवस्था उही रोगले ग्रसित भएको समय हो यो । यसै भन्छन भुक्तभोगीहरु ।


स्विजरल्याण्ड अरु मुलुक भन्दा अचम्मैको रहेछ । किनभने इटालीको दैनिकीसँग जुधिरहेको म स्विजरल्याण्डको एक छेउ पुग्दा पनि निकै फरक अनुभव गरें । केही सुनें । केही प्रत्यक्ष देखें । नेपालका राज नेताहरुले नेपाललाई स्विजरल्याण्ड बनाउँछु भन्ने भाषण सुनेको थिएँ । किनहोला भन्ने जिज्ञासा लाग्थ्यो । नेपालसँग धेरै कुरामा समान पो रहेछ स्विजरल्याण्ड ।
उस्तै डाँडाकाँडा, हावापानी, बनस्पती, ताल तलैयाले सुन्दर बनाएको । सयपत्री, मखमली, बाबरी, सुर्यमुखी जस्ता फुलहरुले ढकमक्क फूलेर मनमोहकता थपेको । धेरै उस्तै । तर फरक के भने उनिहरु सदुपयोग र सँरक्षण गर्दा रहेछन । हामी बेवास्था र दुरुपयोग गर्दा रहेछौं ।

विकासको अदभुत द्रिश्यको त कति बयान गर्नु ! डाँडा नै भरिने गरी फैलिएका बस्ती कसरि बनाए होलान् जस्तो लाग्ने । बडेमाका डाँडालाई पनि कती सजिलै छेडेर पल्लो छेउ निकालेका ! ठाडो भिरमा पनि रेल मार्ग । डाँडामा केले अल्झाएको होला ! पुल्टुङ्ग पल्टिन्न र जस्तो लाग्ने ! शहरभरी मान्छेहरुको भिड भाड छ । तर सबै जना कस्तो आज्ञाकारी देखिएका । होहल्ला छैन । सबै आआफ्नै शुरमा व्यस्त ।
यो पारादिसो भन्ने ठाउँ हो । पारादिसोको अर्थ इटालिएन भाषामा स्वर्ग रहेछ । स्विजरल्याण्ड भएपनी यो भागमा इटालियन भाषा बोलिन्छ । यो स्विजरल्याण्डको स्वर्ग रहेछ । यहाँको प्रमुख आर्थिक श्रोत भन्नु पर्यटन रहेछ । पर्यटकिय क्षेत्र, प्रकृतिको सुन्दर रुप एउटा ठुलो ताल छ । चारैतिर व्यवस्थित तवरले बारेका । ठाउँ ठाउँमा मान्छे सुस्ताउन् भनेर राखिएका मेचहरु । फूलै फूलले सिँगारिएको संरक्षित बगैचा । १२ मास फुल फुलीरहने ।

सामान्य तरिकाले सोच्दा त खासै केही छैन । एउटा ठूलो ताल छ । त्यसको चारै तिर डाडाँ र जंगल । यो गर्मी महिनामापनि सितल हावा मन्दमन्द चल्छ । बार्है महिना फुलिरहने फूल र थरीथरीका बिरुवाहरु । स्वच्छ पिउन मिल्ने खोलाको पानी । यत्तीलाई व्यवस्थित गरेको ठाउँलाई भन्दो रहेछ स्विजरल्याण्ड ।

समयले भ्याए सम्म सिँगारेका रेहेछन । बल बुत्ताले भ्याएसम्म डाँडाहरु पनि छिचोलेका रहेछन । बाँदर लड्ने भिरमा पनि गाडी दगुराएका । खासै नौलो केही छैन । प्राक्रीतिक वरदानलाई उनिहरुले संरक्षण र व्यवस्थीत गरेका मात्र हुन । त्यही हेर्न र त्यसैमा लिन हुन पर्यटन ओइरिँदा रहेछन ।

हुन त हाम्रो देशमा भएका पनि उस्तै हुन । तर हामीले स्याहार गरेनौं । ब्यवस्थितपनि गरेनौं । जोगाएनौं प्रक्रितिले सित्तैमा दिएका सम्पत्तीहरुलाई । अझै जती बाँकी छ त्यतिलाई जोगाएमा पनि स्वर्ग हामी कहाँ नै रहेछ । आखिर संसारले नै बुझेको स्वर्ग यही त होला ! खासमा यस्तो ठाउँलाई भन्दो रहेछ स्वर्ग । अब नेपाली केटोले स्वर्गको के बयान गरौ खै !





















http://www.nepalplus.com/archives/22421

No comments:

Post a Comment