पिसा, इटाली , महिन्दो वाइबा
बनौ आत्म निर्भर , नपरौ दलालको भर भन्ने मुल नारा का साथ एन आर एन इटालिको ५ औ साधारण सभा सम्पन्न भएको छ । इटालिको एतिहासिक सुन्दर शहर पिसामा भएको उक्त कार्यक्रममा इटालीमा बस्ने नेपालीहरुको उपस्थिती रहेको थियो । एन आर एन इटालीका अध्यक्ष सञ्जय देव श्रेष्ठको सङ्योजकत्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा एन आर एन युरोप सङ्योजक अर्जुन कुमार श्रेष्ठ, बिशेष अतिथीको रुपमा अवैतनिय वाणिज्य दुत पाउलो नुगारी को उपस्थित रहेको थियो ।
इटाली र नेपालको सम्बन्धलाई कसरी अझ नजिक बनाउन सकिन्छ भन्ने बिषयमा पनि एन आर एन इटालीले पहल गरिरहेको जानकारी दिइएको थियो । यसको लागि एप्लाइड स्कोलास्टिकका अध्यक्ष रोक्को लानाता इटालियन दम्पती सँगको सहकार्यमा नेपालमा शिक्षाको क्षेत्रमा गर्ने काम अगाडि बढीरहेको जानकारी दिनुभएको छ । साथै यही सेक्टेम्बर १३ र १४ मा कमुने दि कान्तु , इटाली मा हुने कार्यक्रममा एन आर एन इटालिको तर्फ बाट पनि नेपाली हस्त कलाका सामानहरु प्रर्दशन गरिने र नेपाली लोक न्रित्य देखाउने र यस्ता गतिबिधी बाट आउने आर्थिक सङ्कलनलाई एन आर एन इटालिको राहत कोशमा जम्मा गर्ने जानकारी दिनु भयो । कुनै पनि समयमा आइपर्ने आपत कालिन अवस्थालाई ध्यानमा राखेर एन आर एन इटालिले हालै ११ सदस्यीय राहत कोष खडा गरेको छ ।
साथै इटालीमा रहदा आइपरेका कागजी समस्यालाई सुल्झाउन सहयोग गरेका कारण अवैतनिय वाणिज्य दुत पाउलो नुगारिको सबैले मुक्तकण्ठले प्रसङ्सा गरेका थिय । कार्यक्रममा मितेरी मन्च मिलानो, भारेजे समाज, रोमा समाज, भेनिस समाज र पिसा समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
२० जुलाई २०१४

कार्यक्रममा एन आर एन इटालिले बिगत स्थापना काल देखी हाल सम्म गरेका गतिबिधीहरुको साथै भावी दिनमा गर्ने योजनाको बारेमा जानकारी गराइएको थियो । पछील्लो समयमा दलालको भरमा परी नेपालीहरु ठगीएको र यसको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा एन आर एन इटालीले गम्भिरता साथ लिएको अध्यक्ष सञ्जय देव श्रेष्ठले बताउनु भएको छ ।
इटाली र नेपालको सम्बन्धलाई कसरी अझ नजिक बनाउन सकिन्छ भन्ने बिषयमा पनि एन आर एन इटालीले पहल गरिरहेको जानकारी दिइएको थियो । यसको लागि एप्लाइड स्कोलास्टिकका अध्यक्ष रोक्को लानाता इटालियन दम्पती सँगको सहकार्यमा नेपालमा शिक्षाको क्षेत्रमा गर्ने काम अगाडि बढीरहेको जानकारी दिनुभएको छ । साथै यही सेक्टेम्बर १३ र १४ मा कमुने दि कान्तु , इटाली मा हुने कार्यक्रममा एन आर एन इटालिको तर्फ बाट पनि नेपाली हस्त कलाका सामानहरु प्रर्दशन गरिने र नेपाली लोक न्रित्य देखाउने र यस्ता गतिबिधी बाट आउने आर्थिक सङ्कलनलाई एन आर एन इटालिको राहत कोशमा जम्मा गर्ने जानकारी दिनु भयो । कुनै पनि समयमा आइपर्ने आपत कालिन अवस्थालाई ध्यानमा राखेर एन आर एन इटालिले हालै ११ सदस्यीय राहत कोष खडा गरेको छ ।
साथै इटालीमा रहदा आइपरेका कागजी समस्यालाई सुल्झाउन सहयोग गरेका कारण अवैतनिय वाणिज्य दुत पाउलो नुगारिको सबैले मुक्तकण्ठले प्रसङ्सा गरेका थिय । कार्यक्रममा मितेरी मन्च मिलानो, भारेजे समाज, रोमा समाज, भेनिस समाज र पिसा समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment