जब म इटली झरे । धेरै साथी भाई चिन जान भो । मिलानमा एउटा सङ्स्था छ भन्ने पनि थाहा पाए ( नाम लिन प्रती बन्ध गरेको छ ) , बिदेशमा रहदा पनि नेपाली समुहमा रमाउने मन कस्को हुँदैन होला र ? सङ्गत बढ्दै गयो । साथी भाईले थाहा पाए म नेपालमा पनि पत्रकारीता गर्थे भनेर । त्यसैले उनिहरु नै भन्न थाले , यहाँ पनि एक जन पत्रकारको आवस्यकता छ । कार्यक्रमहरु हुन्छन तर समाचार , सुचना यता उता पठाउन नै केही मेसो मिलीरहेको छैन । अनी मैले पनि मन मनै सोच्न थाले , जानेको काम यही पनि सम्भव हुने भय किन नगर्नु भन्ने भो । अनी सम्भावनाका बाटहरु खोज्न थाले । प्रयास खेर जादैन । बाटो भेटे । एउटा मात्र सस्था छ त्यो पनि आजको दिनमा आलोचित बन्न पुगेको छ । र म सिकार ।
मुख्य कुरो - लेखनलाई कसैले पनि बन्द गर्न सकिन्न , सम्भव छैन । कसैको ब्यक्त्तीगत जीवन सँग जोडेर लेखिनु पनि छैन । कसैको बदनाम गराउनु छैन । तर नेपाल र नेपाली भन्ने समुह सँग गद्दारी गर्छ र खेलवाड गर्छ भने छाडिने छैन । कुनै पनि समाजको अगुवा हुँ भन्ने अनी सामाजिक मुल्य मान्यताको क पनि ज्ञान नराख्ने हरुले गरेको गल्ती छ्यम्य हुन सक्दैन । साथी भाईको समुह बनाउ , रमाउ । नाच, हास । सरोकार भएन । तर सार्वजनिक सस्था भन्ने , सार्वजनिक बदमाश गर्ने अनी अली अली मात्र त गल्ती भएको हो भन्ने लाई पनि छाडिन्न । सुधारेर अगाडि बढ्नु त कता हो कता लेख्ने माथि कार्वाहीको धम्की दिने , नियम बनाउने , अनिमती लिनु पर्ने रे ! नेपालमा ज्ञानेन्द्रले कु गर्दा पनि थियन होला शायद यस्तो नियम ।
फेसबुकमा लेखेको कुरो पछी मलाई फोन गर्नेहरुले गरेका तर्क -
मैले आफ्नो असन्तुस्ठी फेसबुकमा लेख्न नपाउने रे !
सङ्स्थाको बिषयमा नकारात्मक टिप्पणी गर्न पाइदैन रे ,
सधैं साकारात्मक सन्देश दिने कुरा मात्र लेख्नु पर्ने रे !
केही नराम्रो लागे इन बक्समा मेसेज लेख्न पर्छ रे !
सस्थाको मिटिङमा आएर भन्नु पर्छ रे !
राम्रो गर्न खोज्दा खोज्दै नराम्रो हुन पुगेको रे !
सुधारने मौका दिनु पर्छ रे ! सल्लाह दिनु पर्ने रे !
यसरी जथाभावी लेख्न हुन्न रे !
फिलिम देखाउन लागेको होइन रे रमाइलो गर्ने ।
१५ युरो त केही होइन , पर्यो भने २० , २५ युरो पनि उठाउन सकिन्छ रे !
सङ्स्था भनेको घर हो , घरको कुरो बाहिर गर्नु हुन्न रे !
No comments:
Post a Comment