तिमी छौ र त म छु हाम्रो यो कथा बन्यो
नसुनाउ त्यो असन्तुष्ठी कस्ले कस्लाई के भन्यो
नसुनाउ त्यो असन्तुष्ठी कस्ले कस्लाई के भन्यो
कसरी हुन्छ सहमती आफ्नै मात्र ढिपी कस्दा
वारी पारी बस्यो अनी आआफ्नै खोइरो खन्यो
वारी पारी बस्यो अनी आआफ्नै खोइरो खन्यो
तिम्रै त थियो ठुलो भुल मात्र मैले सम्झाइ दिए
मपाइत्व भई तिम्ले गिन्तीमा मेरो दोश गन्यो
मपाइत्व भई तिम्ले गिन्तीमा मेरो दोश गन्यो
तिम्लाई म मलाई तिमी साहारा भन्छन क्यारे !
हानी नै हो फाईदा हुन्न मात्र घमण्डको माला उन्यो
हानी नै हो फाईदा हुन्न मात्र घमण्डको माला उन्यो
तिमी छौ र त म छु हाम्रो यो कथा बन्यो .....
महिन्दो वाइबा
मिलान , इटाली
अक्टुबर १०
मिलान , इटाली
अक्टुबर १०
No comments:
Post a Comment