यो ऐतिहासिक नगर इटालीको मध्यतिर, अर्नो नदीको दक्षिणी किनारामा, लिगुरियन समुन्द्रमा खस्ने मुखैमा अवस्थित छ । यो नगर निकै वैभवशाली थियो भन्नेकुराहरु इतिहासमा उल्लेख छन् । पिसा इटालीको पिसा प्रान्तको राजधानी हो । यो नगर विश्वको लिनिङ टावर अर्थात् झुक्दै गरेको मिनारको कारणले गर्दा विख्यात छ । लिनिङ टावरमात्र नभई पिसाका २०वटा गिरजाघरहरु, अर्नो नदी माथिका कैयौं पुलहरु र अन्य ठाउँहरुका कारणले पीसा विश्व मानचित्रमा चिनिने लोकप्रिय गन्व्यहरुमा पर्दछ । पिसाको लीनिङ टावर विश्वसम्पदामा पर्दछ । अर्को यस शहरको १२औ शताब्दीमा स्थापना भएको विश्वविद्यालयको कारणले गर्दा पनि महत्व रहेको छ । पिसा शहरको नामको बारेमा रहस्य नै छ, तर, रोमवासीहरुले यसलाई पुरानो शहर भनेर सम्बोधन गर्दथे । विभिन्न इतिहासकारहरुले पिसाको बारेमा धेरै कुराहरु लेखेका छन् तर समग्रमा भन्नु पर्दा यो रोमन सभ्यताको प्रभावको बेलामाउदाएको वैभावशाली नगर हो र वर्तमान अवस्थामा वर्षेनी लाखौ पर्यटकहरुका गन्तव्य हो भन्दा अत्युक्ति नहोला ।
रोमन साम्राज्यको हिस्सा रहेको पिसा एघारौ शताब्दीदेखि तेह्रो शताब्दीसम्म निकै शक्तिशाली रहेको अभिलेखहरु इतिहासमा दर्शाएका छन् । हामी पिसा शहरमा दिनको साढे २ बजे आइपुगेका थियौं । गाडीलाई केहीपर खडा राखेर हामी पैदल झण्डै डेढकिलोमिटर जति हिडेर लीनिङ टावर हेर्न गएका थियौं । बजारका घरहरु ससाना थिए । समथल मैदान र नदीको तीरमा अवस्थित यो शहर हेर्नलाई हामीले हामीजस्ता कैयौं समुहका पर्यटकहरु देख्यौं । भन्दै थिईन् समी, “अलि सतर्क रहनु होला है यहाँ… पाकेट मार्लान्” । सबै आफ्नो समूहमा समीले बोकेकी सानो झण्डा पछ्याउँदै लिनिङ टावरको हाताभित्र आइपुग्यौं । लिनिङ टावरलाई प्रवेशद्वारबाट पस्दा पर्खालहरुले घेरेर राखेको सानो किल्ला जस्तो देखिन्थ्यो । लिनिङ टावरबारे धेरै लेखहरु पढेको थिएँ । यसलाई सोझो पार्नका लागि विश्वका विभिन्न देशका आधुनिककालका इन्जिनियरहरुले प्रयास गरेका थिए, तर, सफल हुन सकेनन् । पछिल्लो पटक आजभन्दा १४, १५वर्ष पहिले चिनियाँ इन्जिनियर टोलीले पनि प्रयास गरेका थिए, तर, असफल भएका थिए । यसलाई निर्माण गर्नका लागिथ २०० वर्ष लागेको थियो भनिन्छ । यस टावरको उँचाई झण्डै ५७ मिटर छ र यो ३ दशमलव ९९ डिग्री कोल्टे परेर झुकेको छ । यस टावरको अघिल्तिर एउटा सुन्दर क्याथाड्रल छ । पिसा प्रसिद्ध वैज्ञानिक ग्यालेलियोको जन्मथलो हो । उनले पहिलोचोटी दुर्बिन आविष्कार गरेपछि यही टावरमाथि गएर टावरबाट नक्षत्रहरु हेरेका थिए ।

No comments:
Post a Comment