केही जोखिम, केही रमाइलो, केही रोचक र एउटा ग्रामीण अनुभव


पर्खाइमा भिज्यो सिरानी
सम्झनिमा बित्यो सपनी,
चाडै फर्की आउ हे मेरी मायालु................. "
नेपाली पप गायक राजु लामा द्वारा गाइयको यो मिठो गीत गाडीमा जोडले घन्कीदै थियो । शायद घरमा कोही निकै लामो समय देखी पर्खिरहेको छ, भेट नभएको धेरै समय भईसकेको छ । यस्तै यस्तै बुझ्न सकिन्थियो गीत सुन्दा । सबै भावुक देखिन्थे, घरको यादले सताएको देखिन्थियो सबैलाई र सबै गन्तब्यमा पुग्न हतारीएको भान हुन्थियो । यो य...ात्रा धादिङबेशी देखी सेमजोङ गाउ सम्मको थियो । बेशीको पिच बाटो छाडे देखिन कची बाटो ३ घण्टाको यात्रा पछी सेमजोङ पुगिन्छ । गाडी भरी भरीभराउ मान्छे थिय । अझ नआटेकाहरु छतमा समेत गएर बसेका थिय । गाडी आफ्नै रफ्तारमा कच्ची बाटोमा धुलो उडाउदै सङ्कोस पाख उक्लिन थाल्यो ।
गाडीमा कोही सुत्केरी महिला, कोही स्कुल, क्याम्पस बिदा भएर घर हिंडेका बिद्यार्थी, कोही किनमेल गर्न शहर झरेका स्थानिय, कोही सरकारी कार्यलयमा कामले झरेका ब्यक्तीहरु ,कोही बिदेशीबाट फर्कियका श्रीमान लिन एरपोर्ट पुगेर फर्कीयका । सबै सबैलाई घर पुग्न हत्तार थियो । सेमजोङ सम्म पुग्दा हामीले सङ्कोस, जुम्रे डाडा , कटुन्जे बजार, सेल्ले, भोक्टीनी गाउ पार गर्नु पर्ने हुन्छ । धुलाम्य कच्ची बाटो, कतै उकालो कतै ओरालो । हामीले यात्रा गर्ने चै पहिले आर्मीले प्रायोग गरेका बङ्कर गाडी । जुन पछी हुट हालेर बस बनाइयका । यो कच्ची बाटोमा एसको अलावा मुस्ताङ म्याक्स, बोलेरो र महेन्द्रा आइचर पनि चल्छन । थोत्रा गाडी, भरिभराउ मान्छे, भित्र नअटेर छतमा समेटा मान्छे बसेका । अती जोखिम । गाडी भित्र उभीदा पनि छत छुने गाडीको उचाइ । जहाँ सारो त्यहा गाह्रो भने जस्तो ।














केही जोखिम, केही रमाइलो, केही रोचक र एउटा ग्रामीण अनुभव गर्न सकिन्छ एस्ता यात्रामा ।

बैशाख २२

No comments:

Post a Comment