सबै चिज अनित्य बोधले घमण्ड हराउछ ।
जन्म हुनु, ब्रिद्ध हुनु, रोग लाग्नु, मृत्यु हुनु दु:ख हो ।
प्रिय वस्तु संगको बियोग र अप्रिया सँगको मिलन दु:ख हो भन्ने बोधले मोह हराउछ ।
मन वचन र कर्मलाई सत्मार्गमा लगाउनु पर्छ भन्ने बोधले त्रिष्णा हराउछ ।
पञ्चतत्वले बनेको यो शरीर र मन मिलेर बनेको जिवको जन्म अज्ञानताले भएको हो भन्ने जाँदा घ्रिणा हराउछ ।
कर्म र कर्मफलको बोधले कुमार्गमा लाग्दैन ।
मन चन्चल छ । मनले नै शरीर संचालन गर्दछ । त्यसैले मनको नियन्त्रण आवश्यक छ ।
शरीर बचन मनको नियन्त्रण नै वास्तबिक सुख हो । शरीर बचन मनको स्वतन्त्रता क्षणिक सुख हो ।
No comments:
Post a Comment