अतित

बिदेश जाने चक्करमा घुमीरहेको थिय  म खेर । मनस्थिति ले ४ औ बसन्त पार गर्दै थियो l  अब त जाने हो भनेर सबै कागज बनाएर एम्बेसीमा पनि दिएको हुँ । तर दशा  आईलागेको । बनाएको कागज पत्र त सबै बिग्रेछ । फेरी असफल l त्यसपछी पर्‍यो फसाद । फेरी बनाउ पर्ने झनझट । कति समय लाग्ने को पिरलो l पहिलो प्रयासमा काम नभएपछी जस्तो लफडा केही नहुने रहेछ । पहिले बिग्रेकोलाई सच्याउनु पर्ने अनी फेरी एम्बेसिमा गयेर कागज पत्र पेश गर्नु पर्ने । बिग्रेको सच्याउनु कहाँ सहजै हुनु र फेरी । असहजताको समय हुञ्छ त्यो पल l कहाँ के मिल्दैन कहाँ के ? एउटा मिल्यो अर्को मिल्दैन । ओरालो लगेको मिर्गलाई बाच्छाले पनि खेद्छ भने झै सामान्य अफिसको पिउनलाई पनि ज्यु ज्यु गर्नु पर्ने । बिग्र्यो पछी के लाग्छ र । गा बि स को सचीव त्यस्तै , जि बि स को कर्मचारी त्यस्तै,  त्यस्तै भेट हुन थाल्छ ति दिनहरुमा l वास्तबमा बिदेशमा काम गरिरहेका कुनै पनि व्यक्तिले कसैलाई पनि कर गर्दैनन, प्रोत्साहन दिदैनन कारण  नेपाल देखी गरेका झनझन्ट बिहोर्नु नपरोस भन्ने चाहन्छन । अथवा उस्ले जुन झनझट बेहोरेको छ , जुन दौड धुम गरेको छ अनी जुन शारिरिक, मानशिक, अनी कुटनैतीक ब्यवहारको सामना गरेको छ । यस ब्यवहार देखी वाक्क भईसकेको हुन्छ । बिदेशमा पुगेपछि पनि कहा नेपालमा सोचेको जस्तो जिन्दगि भइन्छ र ? सोचाइ र भोगाइको समिश्रण नमिल्दाको दुखेसो कमको हुदैन l  विकल्प  सहन बाध्य हुन्छन l मान्छेले सोच्ने गर्छन् त्यो कती सजिलै गयो । हो त्यहि दिन देखि सजिलोको संघर्ष शुरु हुन थल्दछ l बिदेश येस्तै छ l

No comments:

Post a Comment