यो बाध्यता हो रहर होइन ।

बिदेशी शब्द आँफैमा बिचरा छ । बिदेशिनु भनेको कसैसँग टाढिनु हो । आफ्नो कला, धर्म, संस्क्रीती, रितिरिवाज देखी टाढा हुनु हो । आफ्नो आफन्त, नाता गोता देखी टाढा हुनु हो । जब कोही बिदेशीन्छन उस्ले यि सबै सँग बिछोड हुनु पर्दछ । जुनदिन देखी बिदेशिन्छन उस्को त्यस दिन देखी सङघर्सको दिन शुरु हुन्छ । चाहे भ्रमणको नाममा बिदेशीउन, चाहे श्रमको नाममा, चाहे पढ्ने बहानामा । सबैको पिडा एकै हो । उस्ले नयाँ हावापानी , रितिरिवाज, साथी भाई रहनसहन भाषा देखी खानपानमा समेत भिन्न अनुभव गर्न वाध्य हुन्छन । जीवनको सँङघर्स शुरु हुन्छ तब ।
भिन्न ब्यक्ती, फरक हावापानी, बेग्लई सन्क्रिती को सत्सँग बाट जीवनले नयाँ मोड लिएको आभास गर्न थाल्दछ । जीवनका अघिल्ला दिन्का दैनिकी भन्दा भिन्न दैनिकी बिताउनु पर्दा त्यो पल कम पिडा र सङ्घर्स युक्त हुँदैन । आफ्नो परिवार छाडेर बिदेशिनेले अर्काको परिवार सँग उठबस गर्नु पर्ने स्थिती हुन्छ । ब्यवहारको सिल्सिलामा आफ्नो कोहिपनी नभएको झै अरुको मात्रा सेवा गर्दा मनको कुनै कुनामा गहिरो घाऊ हुदो हो । केही धन जोडौला, आमा बाबा भाई बहिनीलाई मिठो खुवाउला अनी सुखको दिन को कल्पनाको बिदेशिन्छन स्वदेशी । तर बिदेशी रहनसहन र दैनिकिको ब्यवहारले वाक्क दिक्क नै बनाउदछ । आफ्नो मन मारेर अरुको इच्छाको पछी लाग्दा र अरुको खुशीको लागि काम गर्दा गर्दा आफ्नो खुशिको सतह सम्म बिर्सीसकेका हुन्छन । यो बाध्यता हो रहर होइन । 

No comments:

Post a Comment