- महिन्दो वाईबा / ईटाली
फ्रान्सका पत्रकार ददि सापकोटाले एक दिन मलाई भन्नुभो “युरोपमा पत्रकारहरुको अधिवेशन हुँदै छ ।’ तपाईं त पहिले पनि पत्रकारिता गरेको मान्छे । यस्ता मान्छे छुट्नु हुन्न । सकृय हुनुपर्छ । लौ बेल्जियम जानुपर्छ । सदस्यता लिनु पर्यो ।” म दोधारमा परें ‘सकृय बनौं कि निस्कृय । बिदेशको बसाइ । जागिरको चटारो । अर्काको देशमा अनेक समस्या झेल्दै बसेर नेपाली पत्रकारिता । वहाँको प्रस्तावसँगै पत्रकारितामा आस्था राख्ने अन्य पत्रकार र बिदेशमा बसेर पनि लेखन कार्यलाई निरन्तरता दिन सकिन्छ भन्ने साथीहरु संपर्कमा आउन थाले । मैले नेपाल पत्रकार महासंघ धादिङ जिल्लाको सदस्यता युरोप शाखामा स्थानन्तरणकालागि अनुरोध पठाएँ । आफ्नो तर्फबाट गर्नुपर्ने प्रकृया पुरा गरी बेल्जियम हान्निएँ । गत सेक्टेम्बर १४ मा नेपाल पत्रकार महासंघ युरोप (एफ एनजे युरोप)शाखाको अधिवेशनमा भाग लिन ।
त्यहाँ पुगेपछि स्पष्ठसित थाह भयो, पहिलो कार्य समिती गठन देखिको बिवाद रहेछ। त्यसमा बेल्जियमको गरमा गरम राजनीति । पत्रकार भन्दा पनि गैह्र पत्रकारहरुको हालिमुहाली । लेख्नेलाई भन्दा नलेख्नेलाई पद चाहिएको । लेख्न भन्दा फलानो पदको भनेर सार्वजनिक कार्यक्रममा खादा ओअढ्न हतारो भएको । एफ एन जे युरोपको फलानो भनेर मञ्चमा उक्लिन बढि लोभ भएको । यस्तै यस्तै लोभ र पदलोलुपताका कारण कार्यक्रम सोचे जस्तो हुन सकेन ।
दुई बर्ष अघिदेखिको बिवाद अझैपनि पूरानो कार्यसमितीले समाधान गर्न सकेको रहेनछ । अझ त्यो भन्दा ठूलो बिडम्बना त अझैसम्म एउटै पूर्ण बैठक बसाल्न नसकेको । अनी नेपाल पत्रकार महासंघ युरोप शाखालाई बेल्जियमको राजनीतिक गोलचक्करमै सिमित राख्न खोजेको आभास त्यही मैदान मै पुगेर मात्र थाहा पाएँ ।
कार्यक्रम हुने दिनको पुर्व सन्ध्यामा बसेको बैठकमा सहमतिको प्रयास गरिएको थियो । युरोपमा हाल पत्रकारिताको अवस्था बैठकमा उपस्थीत सबै जनालाई जानकारी थियो नै । तर राजनीतिक सङ्गठनका सिफारिस गोजिमा हालेर आएकाहरुको एक पक्षीय रटान त्यो दिन मात्र रहेन भोलीको अधिवेशनसम्मपनि निरन्तर रह्यो । राजनीतिक सङ्गठनको सिफारिसमा आउने जो थिय ति ब्यक्तीहरु नै पद चाहन्थे । पत्रकार र गैह्रपत्रकारहरु को हुन् भनेर छानबिन गर्नुपर्ने स्थिती थियो । राजनीतिक नियुक्ती बोकेर आउनेले कसरी गर्न सकोस यो काम ?
अधिवेशनको अघिल्लो दिन बसेको एफ एन जे युरोप कार्यसमितिको बैठक, अधीवेशनमै बन्दशत्रपूर्व बसेको बैठक, बिभिन्न छलफल गर्दापनि कुनै टुङ्गोमा पुग्न सकेन । कारण थियो, छिनछीनमै बजिरहने फोनको घन्टी । कता बाट आउँछ त्यो फोन ठम्याउन सजिलै थियो । किनकी बैठक हलमा भखरै हुन्छ भनी हल्लाएको टाउको फोन संवादपछि होइन यसरी जाउँ भनेर अर्को अड्को थापीहाल्थे । यती सम्म सुनियो कि कमरेड के पि ओलीले कार्यक्रमका प्रमुख अतिथीलाई फोन गर्न भ्याएछन । नेकपा एमालेका भात्री सङ्गठनले त लिखित निवेदन समेत बुझाएछन । अवस्था कस्तो बनेछ भने अहिले एमालेले काङ्ग्रेसलाई सघाउने र नेत्रित्व काङ्ग्रेसको पक्षमा पार्ने । अर्को कार्यक्रममा काङ्ग्रेसले एमालेलाई सहयोग गर्नुपर्ने सहमती भएको सुनियो ।
काङ्ग्रेसका दुई धारको फेरी आफ्नै लडाईं रहेछ बेल्जियममा । दुबै पक्ष आफ्नै पक्षका मान्छे नेत्रीत्वमा आउनु पर्नेमा लडाईं गर्दै थिए । कहाँ पत्रकार र गैह्र पत्रकारको छानबिनको कुरा ? कहाको हाम्रा पार्टिको मान्छे नेत्रित्वमा आउनु पर्ने कुरा ? तालमेल कतैबाट मिलेन । अन्तत केन्द्रबाट आउनु भएका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्ट र महा सचिब उजिर मगरको सर सल्लाहमा १७ सदस्यिय तदर्थ समिती बन्यो। तिन सदस्यिय सदस्यता छानबिन समिती बन्यो । समितिमा पत्रकारपनि पसे । गैह्र पत्रकार पनि पसे । राजनीतिक दलका सिफारिस वाला पनि पसे । युरोप भित्रका बिभिन्न देशका प्रतिनिधी पनि पसे । आउने दिनहरुमा छानबिन हुँदै गर्लान को युरोपका पत्रकार हुन । को होइनन । नेपालदेखि यति टाढा रहेको नेपाली समूदायमापनि यस्तो राजनीति हुन्छ होला भनी मैले त कल्पना नै गरेको थिइन । अधिवेशन सकिएको साँझ बेल्जियममै बस्ने नेपाली काङ्ग्रेसका एक नेता सुनाउँदै थिए “हेर भाई बेल्जियममा यो त केही होइन । सामान्य हो । अझै चर्को पो हुन्छ त !” म त दङ परें ।
No comments:
Post a Comment