कबिता - म यस्तो समय गुजारी रहेको छु


न हर्शले नाच्न सक्छु , न  दु:खले निराश हुन
न बिछोडले बहकिन सक्छु,  न मिलनले खुशी मनाउन
सुख, दु:ख, पिर , ब्यथा , न  सारो छ , न गार्हो नै
भावनामा आउने सङ्वेग सँगै
म यस्तो समय गुजारी रहेको छु ।


मान्छे छ यता मन पुरै उता
दैनिकी कर्म र सोचाइ बिल्कुलै फरक
पैसाको भुमरिमा फसेका झुण्डहरु
बेमेलको परिस्थितीमा बचेँकाहरु सँगै
म यस्तो समय गुजारी रहेको छु ।

घुम्ती बाटो होस कि सिधा हवाइजहाज
हण्डर ठक्कर खाँदै होस कि दलालको भरमा पर्दै
सोझो बाटो होस कि गलत नै किन नहोस
पैसाको बोट देख्नेहरु सँगै
म यस्तो समय गुजारी रहेको छु ।

उच्च तहका कर्मचारी देखी अनुभवी ब्यापारी
मास्टर्ड डिग्री देखी हल्लाका भरमा हिंड्ने मित्र
निराशको पोको देखी लाखका बिटा कुम्ल्याउनेहरु
लहै लहैको संगत गर्दै
म यस्तो समय गुजारी रहेको छु ।

सेक्टेम्बर २८
महिन्दो वाइबा

No comments:

Post a Comment