बिदेशमा संगालेका अनुभवहरु सुनाउने
जिन्दगीका भोगाईका कथाहरु बाड्ने
संघर्शका अनुभुतीहरु सुनाउने
तितामिठा गफ गर्ने
जिन्दगी कस्तो चल्दैछ सुनाउने
आफ्नो देश भन्दा परको देशमा रहदा, बस्दा र जिन्दगी चलाईरह्दा कस्तो लागिरहेको छ त !
दिन कसरी बिताउदै हुनु हुन्छ ?
जिन्दगीमा के गर्छु भनेर सोच्नु भएको थियो ? र अहिले के प्राप्त गर्नु गर्नु भयो ?
आफ्नो देश र पर्देशमा के के रहेछन भिन्न्नता ?
आउनुस् जिन्दगीको कथा सुनाउनुस् । अनुभव बाड्नुस् । म आउने छु तपाईंको जिन्दगीको कथा सुन्न अनी हामी सुनाउने छौ संसारलाई ।
तपाईंको दु:ख, संघर्श, अनुभव, अनुभुती अनी तपाईंको सफललता मलाई सुनाउनुस ।
समग्रमा तपाईंको जिन्दगीको कथा ।
अनी हामी सुनाउने कार्यक्रम परदेशको जिन्दगीमा ।
चाडै आउँदैछ प्रतिक्षा गर्नु होस ।
तपाईं पनि आफ्नो जिन्दगीको कथा सुनाउन चाहनु हुन्छ भने मलाई खबर गर्नुस् है !
मेरो वाट्सअप नम्बर अनी फेसबुकको माध्यामा बाट पनि सम्पर्ग गर्न सक्नु हुनेछ ।
धन्यवाद ।
👇
नमस्ते फ्याफुल्ला
आज लाखौ नेपालीहरु परदेशीएका छन । कोही रोजगारिको लागि, कोही अध्ययन त कोही परिवार मिलन भिषामा बिदेशीई रहेका छन । जो जसरी बिदेशीय पनि प्राय सबैको उद्देश्य आर्थिक सम्पन्नता नै हो । आफ्नो देश देखी जती नै टाढा रहेता पनि नेपालको अर्थतन्त्रको एक हिस्सा परदेशमा बस्ने नेपाली दाजुभाई दिदिबहिनीले पठाएको रेमिट्यान्सले नै धानेको छ । देशको अर्थतन्त्रको एक हिस्सा नै ओगट्ने रेमिट्यान्स पठाउने नेपालीहरुको जिन्दगी कसरी चलेको छ ? सुख दु:ख, संघर्श र अनुभवहरु कस्ता छन ? के सोचेर बिदेशीयका थिय अनी वास्तविकता कस्तो रहेछ ? बिदेशमा बस्ने नेपालीहरु के गर्छन, के सोच्छन अनी के भन्छन ? उहाहरुको अनुभव, अनुभुती, अनी संघर्शको कथा लिएर चाडै आउँदैछौ । समग्रमा परदेशको जिन्दगीको कथा । प्रतिक्षा गर्नुहोस् ।
No comments:
Post a Comment