विदेश गइरहेको देश

https://www.himalkhabar.com/news/137873

 - काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ।

- समाजशास्त्री डा. गणेश गुरुङ भन्छन्, “न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ- सिङ्गो देश नै विदेश गइरहेको छ।”
- नेपाली समाज छिटो प्रतिफल चाहने, छिटो धनी हुने लालसाले ग्रस्त बनिसकेकाले देशको अवसरभन्दा विदेशै ताकिरहेको देख्छन्।
- अर्थशास्त्री डा. समीर खतिवडा भन्छन्, “जसलाई पनि भोलिको दिन राम्रो होओस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ। नेपालमा त्यस्तो आशा नदेखेपछि हिंड्न खोज्नु अस्वाभाविक होइन।”
- नेपाली युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनिरहेको छ।
- देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ।
- मुलुक भविष्यसम्मै बन्दैन, सुधार हुँदैन भन्नेमा आमनागरिक विश्वस्त भएकाले अभिभावक नै छोराछोरीलाई गच्छे अनुसारका देश पठाउन चाहिरहेका छन् l
- विगतमा उच्च जन्मदर भएका वेला जन्मिएकाको ठूलो संख्या क्रमशः तन्नेरी र युवामा रूपान्तरित भई तिनको श्रमले मुलुकलाई छिट्टै समृद्ध बनाउन सक्ने सम्भावना हुक्छ। तर, जन्मदर कम हुँदै जाँदा र वृद्धवृद्धाको अनुपात बढ्दै जाँदा कुल जनसंख्यामा युवा शक्तिको अनुपात घट्छ। यसले श्रम गर्ने भन्दा उत्पादनमा न्यून सक्रिय र अरूप्रति आश्रितको अनुपात धेरै बनाउँछ।
- औसत आयुमा वृद्धि, खानपान-स्वास्थ्योपचारको सुधारका कारण बढी समय बाँच्ने वृद्धवृद्धाको संख्या भविष्यमा बढ्दै जानेछ। जसले गर्दा देशमा ज्येष्ठ नागरिकको अनुपात बढ्दै जान्छ। तर, ती ज्येष्ठ नागरिकलाई रेखदेख गर्ने छोराछोरी नेपालमा हुनेछैनन्।

No comments:

Post a Comment