धादिङ जिल्ला को नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्याघङ गाउँपालिकाको सिमानामा अवस्थित वाका क्षेत्र निकै मनमोहक छ ।
ब्यस्त दैनिकी र शहरको कोलाहल बाट केही दिन विश्राम लिन चाहनेको लागी, शान्त र प्राकृतिक वातावरणमा हराउन चाहनेहरुको रोजाई बन्न सक्छ - वाका क्षेत्र । समिन्द्री सतह बाट करिब 2100 मिटरको उचाईमा अवस्थित यो क्षेत्र प्रकृतिको अनुभूति गर्न र धार्मिक तिर्थ स्थलको लागि उपयुक्त गन्तब्य हो । यहाँ बाट उत्तरी हिमशृङ्खला पर्वतहरु, धादिन र नुवाकोटका उत्तरी मानव बस्तिहरु निकै मनमोहक देखिन्छ्न । यहाँबाट गणेश हिमाल, गौरी शंकर, लिलगिरी, धौलागिरी, माछापुच्छ्रे जस्ता हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । यो उच्छ पहाडी क्षेत्रमा पर्ने भएकोले यहाँ प्राय चिसो हावा चल्छ । चिसो मौसममा बिहानी पख शहर बजार तिर तुवालोले शहर बजार ढाकी रहदा यहाँ पारिलो घाम लाग्छ । यहाँ बुद्ध र बौद्ध धर्म सँग सम्बन्धित विभिन्न तिर्थ स्थलहरुको दर्शन गर्न सकिन्छ । बौद्ध धर्म अध्ययन र ध्यान साधनाको लागि ज्यम्पल दोर्जे डुब्खाङ योगाश्रमको भ्रमण गर्न सकिन्छ । भगवान बुद्धको जीवनी सँग सम्बन्धित अष्ट महाचैत्यको दर्शन गर्न सकिन्छ । तन्त्र साधनाको महागुरु गुरु रेन्पोर्छे र करुणाकी देवि आर्यअवलोकितेश्वरको पनि दर्शन गर्न सकिन्छ । प्रकृतिको समिपमा रहेर ध्यान साधनामा रमाउन चाहनेहरुको लागि यो पुन्य भुमी हो भन्दा फरक नपर्ला ।
No comments:
Post a Comment