वाका कप

 धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यघाङ गाउँपालिकाको सिमाना वाकामा प्रत्यक बर्ष संचालन हुँदै आएको वाका कप यो क्षेत्रमा संचालन हुँदै आएको एउटा एतिहासिक फुटबल खेल हो । यसले सेमजोङको शानलाई उचो राखेको थियो । त अब यो सेमजोङ भित्र मात्र सिमित रहेन । यसको दाएरा फैलीसकेको छ । यसले नेत्रावती डबजोङको नाउँ राख्नेछ । यसको बिगत देखी को इतिहास कोट्याउने हो भने यसले अनेक बाधा ब्यवधान र संघर्श पार गर्दै १२ औ वाका कप फुटबल खेल सफलता पुर्वक सम्पन्न गरिसकेको छ । कुनै आन्तरिक आर्थिक श्रोत नभए पनि एक आपसमा सहयोग उठाउदै फुतबल खेल आयोजना गर्दै आएको घाम जत्तिकै छर्लंग छ ।

हरेक बर्ष हुने खेललाई प्रत्यक पटक परिस्क्रीत गर्दै लागेका देख्न सकिन्छ । राष्ट्रीय स्तरका ख्याती प्राप्त रेफ्री, राष्ट्रीय स्तरको निती नियम र पुरस्कारमा लाखौं राशी समेतको ब्यवस्था गरेर यो वाका कप संचालन हुँदै आएको छ । सम्भवत यो क्षेत्र कै पहाडी ईलाकामा संचालन हुँदै आएको फुटबल खेल मध्य यही नै सर्वाधिक धन राशी भएको खेल हो । यसको गरिमा, ईतिहास र धादिङ र निवाकोट जिल्लामा यो खेलले पुर्याएको साकारात्मक शन्देश लाई नजर अन्दाज गर्दै ढिलानै भए पनि स्थानिय सरकारको आँखा परेको छ । नेत्रावती डबजोङ गाउँपालिकाको नव निर्वाचित सरकारले वाका कप लाई अझै ब्यवस्थित र परिस्क्रित बनाउनको लागि प्रत्यक बर्ष रु ५ लाख बजेट दिने निर्णय गरेको छ । यसको तपाईं हामी सबैले स्वागत गर्नु पर्दछ । यती मात्र नभै नेत्रावती डबजोङ गाउँपालिकाको प्रत्यक वडामा राष्ट्रीय स्तरको खेल मैदान बनाउने निर्णय गरेको छ । यसले अहिलेको सरकार युवाहरु र खेल प्रती पनि उत्तरदायी छन भन्न्ने प्रष्ट पार्दछ । आगामी दिनमा संचालन हुने खेल वाका कप संगै गाउँपालिका अध्यक्ष कप समेत जोडीएर संचालन हुनेछ । केही साथीहरुले वाका कप लाई बिनियोजन गरेको बजेट प्रती केही फरक प्रतिकृया गरेको देख्न सकिन्छ । केही ब्यक्तीहरुले गाउँपालिकाले बिनियोजन गरेको ५ लाखको बजेट लाई प्रत्यक बर्ष फरक फरक वडामा खेल संचालन गर्नु पर्दछ भनेर प्रतिकृया पनि दिएका छन । तपाईंलाई स्मरण गराऔ कि कुनै सरकारी निकाएको सहयोग बिना नै वाका राहा युवा क्लबले १२ औ वाका कप फुतबल खेल भब्य र सभ्य ढंगले संचालन गरी सकेको छ । ल मानी लिऔ, ५ लाखको बजेट तपाईंको गाउँमा हुने खेललाई हाली दिऔ । कहिले सम्म खेल संचालन गर्नु हुन्छ ? बजेट पाउन जेल ? बजेट नपाए के गर्नु हुन्छ ? खेल बन्द । यदी यस्तो हो भने युवाहरुको लागि भनेर राज्यले गरेको लगानीको के अर्थ ? बालुवामा पानी हाले शरह भएन र ! तपाईंको मनसाय त खेल प्रती भन्दा पनि पैसाको मोहमा पो देखीयो त ! वाका राहा युवा क्लबले संचालन गर्दै आएको वाका कप र भबिश्यमा संचालन हुने गाउँपालिका अध्यक्ष कप तपाईं हामी सबैको खेल हो । बिगतमा वाका कप फुटबल खेलमा ४० भन्दा धेरै टिमले सहभागिता जनाई सकेको उदाहरण छ । आउने दिनमा वाका कप उचाल्नको लागी अझै सहभागिता बढेर जाने अपेक्षा लिएका छौ । वाका राहा युवा क्लब युवाहरुको खेल प्रतिको रुचिलाई ब्यवस्थित गर्न अझै ससक्त ढंगमा लाग्ने छ र लागि नै रहने छ । धन्यवाद ।

No comments:

Post a Comment