त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ, दैनिक हजारौको सङ्ख्यामा मनिसहरु आवाज जावत गर्छन् । रोजगारिको लागि दैनिक हजारौ नेपाली बिदेसिन्छन । रोजगारिकै सिल्सिलामा आज मेरो एउटा साथी इटली उड्नु थियो । त्यसैले म पनि पुगे त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल , काठमाण्डौ । प्राया साथीहरु कतार , दुबइ जस्ता अरब मुलुकमा गयता पनि यसपली रोजगारिकै लागि यूरोपियन देश इटली जाने साथीलाई बिदाइको हात हल्लाउन गएको थिय । जो जहाँ गयता पनि श्रम गर्न बिदेशीएका हुन नेपालीहरु । घर, परिवार, समाज, देश छोडेका छन । मन फुरुङ हुने कुरै भएन । बेचैन मन लिएर, सुनौलो भबिस्य को कल्पना गर्दै, परिवारलाई सुख, सुबिधा अनी केही धन जोड्ने द्रीढ सङ्कल्प गरी उड्छन नेपालीहरु ।
अरब जानु भन्दा यूरोपियन मुलुक जानु प्रय नेपालीहरुको सपना हुने गर्दछ । तर जती सपना देख्नु सजिलो छ त्यतिनै गाह्रो छ त्यो देशमा पुग्नु । २ / ४ लाखले पुगिदैन त्यो देश , सानो तिनो बल बुताले भ्याउदैन त्यो देश । कुनै अत्मिय सम्बन्ध बिना सम्भब छैन त्यहा पुग्न । चौध पन्ध लाख जोहो गर्नुपर्छ । अरबमा जस्तो कम्पनीमा जागिर पैदाइन त्यहा । गएर काम खोज्नु पर्ने । भाषाको समस्या त छदै छ । जस्तै भये पनि आज साथीले नेपाल छोडेको छ । यात्रा सफलताको कामना । चाडै जागिर मिलोस । उज्वल भबिस्यको कामना ।
असोज १५, काठमाण्डौ
No comments:
Post a Comment