
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३१ करोड ४० लाख मानिसको दृष्टि क्षमता कमजोर पाइएको छ । जसमध्य चार करोड ५० लाख मानिस पूर्णरूपमा दृष्टिविहीन छन् । हाल नेपालम करिब दुई लाख ७० हजारभन्दा बढी मानिस अन्धोपन र एक लाख बढी दृष्टिविहीन रहेको तथ्यांक छ । तीमध्ये सबैभन्दा बढी आँखाको रोगमा मोतिबिन्दु देखापर्ने गरेको छ ।
मुलुकका २१ वटा अस्पताल र विभिन्न गैरसरकारी संस्थाहरूले आँखाको उपचारसम्बन्धी सेवा प्रदान गर्दै आएका छन् । अहिले दुई सय बढी नेत्र विशेषज्ञ र चार सय बढी नेत्र सहायकहरूले आँखाको उपचार सेवा दिइरहेका छन् । पछिल्लो समय आँखाको उपचार सर्वसुलभ भए पनि ग्रामीण भेगमा आँखासम्बन्धी रोगबारे जनचेतना नहुँदा अन्धोपनकोको समस्या भने बद्दै गएको छ ।
बजारको विभिन्न भागको परिक्रमा गर्दै ....
No comments:
Post a Comment