अवसर मात्र छैन, ठगहरु सँग जोगिनु पर्ने चुनौती

पैसाले दिएको दु:ख , अरु कुनै अभाव छैन, पैसा दुख्छ यहाँ !
युरोपको एउटा सानो देशको नाउँ हो - बेल्जियम । जहाँ करिब अन्दाजी सात हजार नेपाली परिवार बसोबास गर्छन् । करिब ५ सय परिवार नेपालीको आफ्नै ब्यवसाय छ । कयौ परिवारका छोरा छोरी उच्च शिक्षा हासिल गरेर राम्रो क्षेत्रमा कर्यरत छन । रोजगारी गर्नेहरुले पनि राम्रो आम्दानी गर्न सक्ने ब्यवस्था छ । रोजगारी गर्नेहरुले थोरैमा पनि महिनाको औसतमा २००० युरो बुज्छन । प्रया परिवारमा उमेर पुगेका सबैले काम गर्छन् । ब्यवसायमा लाग्ने नेपालीहरुले यहाँको सरकारलाई राम्रै ट्याक्स तिर्छन । यसको मतलब कारोबार राम्रै गर्छन् भन्ने पनि हो । बिगतको तुलनामा महंगी अली बढेको हो तर यसले दैनिक जीवनमा खासै असार पार्दैन । एउटा परिवारको महिनाको खर्च जती नै भए पनि बेल्जियममा नेपाली परिवारको आम्दानी मस्त छ । बजारमा चेलेका गाडी ल्याण्ड रोभर, आउडी, टेसला लगाएतका गाडी नेपालीले चढेका छन । बेल्जियमको प्रमुख शहरहरुको मध्य भागमा नेपालीको ब्यवसाय छ । को सँग कती किलो सुन छ भन्ने त यहाँ प्रतिस्पर्धा नै चल्छ । प्राय नेपालीहरुले यहाँ आफ्नै घर जोडेका छन । घर, गाडी, ब्यवसाय, रोजगार, खर्च भन्दा आम्दानी बढी, राम्रो शिक्षा, श्वास्थ्य, सुरक्षा आदी इत्यादी, एउटा मान्छेले खोज्ने सुख सुबिधामा बेल्जियममा बस्ने नेपालीलाई आभाव भन्न्ने केही छैन । तै पनि यहाँका नेपालीले सुख पाएनन । अरु कुनै अभाव छैन, पैसा दुख्छ यहाँ !


 सबैमा नमस्ते

🙏
यहाँ यो मान्छेले एउटै कुरा कति लेखेको भन्ने नसम्झनुहोला । यो अन्तिम होस ।
यो मेरो ब्यक्तीगत समस्या मात्र होइन । हाम्रो नेपाली समाजकै समस्या हो । यहाँ यो बिषय सँग एक ब्यक्ती जोडिएको छैन । सयौ जोडिएका छन । हजार युरोको हिसाब मिलान गर्नु होइन । लाखौ युरोको हिसाब छ । बिदेशि भुमिमा रगत पसिना बगाएर जोडजाम गरेको पैसामा जसले दु:ख गरेर कमायो उसैले भोग चलन गर्न पाउनु पर्छ न कि अरुले ! कसैको ब्याज दिने भनेर लिएको छ, कसैको सापटी भनेर लिएको छ, कसैको केही समयको लागि भनेर लिएको छ , अनि अधिकांसको ढुकुटी छ । यसरी जुन सुकै बहानामा अरुको पैसा लिए पनि तिर्नु पर्छ नै तर तिर्छु भन्नू त कता हो कता उल्टै धम्याउने, सकेको गर भन्ने, सम्पर्क नै गर्न नसकिने बनाउने । आफ्नो हड्डी, छाला घोटेर पसिना निकालेर कमाएको धनले धनी भनेको ब्यक्ती पो महान हो । तर यहाँ त अरुको पैसा ठगेर धनी बन्ने होड रहेछ । भैगो धेरै कुरा नकोट्याऔ ।
म पनि ३ बर्ष अघि देखि जम्मा गरेको पैसा नपाएर १ बर्ष अघि देखि संघर्ष गरिरहेको थिए । यो बिचमा तपाईहरु माझ यहि चौतारिमा कहिले काहि ठोक्किन आईपुग्थे । आज यत्ती लेख्न मात्र इच्छुक छु । मेरो त्यो ठगिएको रकम फिर्ता गराउन पहल गर्नु हुने नेपाली समाज ब्रुजका आदर्णिय दाईहरु दिदिहरु, बर्तमान अध्यक्ष शिव दाजु अनि पुर्व अध्यक्ष ज्युहरुले निभाउनु भएको भुमिका निकै महत्व पुर्ण रह्यो । ( स्मरणगराउन चाहन्छु कि उसलाई म सँगको हिसाब कती लिनु र कति दिनु छ नै थाहा थिएन । किन कि मैले दिएको पैसा उसको लागि easy money थियो । कुनै दु:ख नै नगरी पाएको पैसा थियो । वास्तबमा उसलाई वास्ता नै थिएन । माग्न आए केही भनेर टारौला भन्ने मानसिकता बोकेको र त्यही व्यवहार भयो पनि ) मेरो लिनु रकम थोरै नै किन नहोस । म छोड्ने वाला थिईन । अन्तत मेरो पैसा फिर्ता भयो । यसरी नै तपाईहरुको पैसा पनि चाडै फिर्ता होस । तपाईले दु:खले आर्जेको सम्पतीमा तपाईको अधिकार हुन्छ । न कि अरुको । आफ्नो पैसा माग्न नछोडौ । पटक पटक मागौ । बोलौ । आवाज उठाऔ । कसैलाई पनि अरुको रगत पसिना खाने छुट छैन ।
अन्त्यमा - मेरो कारणले तिनको इज्जत लुटियो रे ! मेरो पैसा फिर्ता भयो, तपाईं समक्ष आईपुगेको तिनको इज्जत पनि फिर्ता पठाईदिनु होला । धन्यवाद ।


- बेल्जियममा अवसर मात्र छैन, ठगहरु सँग जोगिनु पर्ने चुनौती
- सबैले पुगेर पनि दरिद्र मानसिकता भएका केही नेपालिहरु
- सम्पन्न बन्ने होडमा अरुको रगत चुस्न पल्केकाहरु
- आर्थिक बेईमानीहरुको चंगुलमा फसेको बेल्जियमको नेपाली समुदाय
- ढुकुटी, ठगी, धम्की र बेल्जियमका माफियाहरु
- धुकुटी ट्याप, आर्थिक बेईमानी र पैसाका भोकाहरु

अरुले रगत, पसिना बगाएर आर्जन गरेको पैसा, बच्चाको नाउँमा संकलन गरेर राखेको पैसा, पाई पाई जोगाएर राखेको पैसा, भबिश्यको लागि चाहिन्छ भनेर बचत गरेको पैसा जे जसरी होस संकलन गरेर राखेको पैसा । कसैको मा पैसा छ रे ! भन्ने सुन्ने बित्तिकै योजना बुन्न शुरु हुन्छ । त्यो पैसा कसरी आफ्नो बसमा पार्ने ? मीठो वचन बोलेर हुन्छ कि ! धेरै ब्याज दिने लोभ देखाएर हुन्छ कि ! कसैलाई साक्षी राखेर हुन्छ कि ! नजिकको मान्छेलाई भन्न लगाएर हुन्छ कि ! जसरी हुन्छ त्यो पैसा हत्याउनु पर्यो ।
हो यस्तै आर्थिक ठगहरुको चंगुलमा परेर पिडित नबनेका नेपाली भेट्टाउन मुस्किल छ बेल्जियमको ब्रुज शहरमा ।

No comments:

Post a Comment