बुद्ध जयन्ती । बैशाख पुर्णिमा ।
बुद्धको जन्म
सम्यक सम्बोधी ज्ञान लाभ
महापरिनिर्माण
त्रिसंयोगको दिन ।
जन्म
- बोधीसत्व सिद्दार्थ कुमार
- बुवा राजा सुद्धोधन र आमा महामाया देवी
- महामाया देवीले देखेको सेतो हात्ती कमलको फुल सुडमा बोकिएर पेटमा बस्न आएको को सपना
- विद्वानहरु द्वारा - पुन्यवान पुत्ररत्नको बास गर्न आएको कुरा सुनाए ।
- १० महिना पछी कपिल्बस्तु बाट माईती देवदह जादै गर्दा लुम्बिनी बगैचामा सिद्दार्थ कुमारको जन्म ।
जन्मने बित्तिकै सात पाईला चालेर यसो भने
अग्गो हमस्मीं लोकस्स = म यो लोकमा अग्र हूं ।
जेट्ठो हमस्मीं लोकस्स = म यो लोकमा ज्येष्ठ हूं ।
सेट्ठो हमस्मीं लोकस्स = म यो लोकमा श्रेष्ठ हूं ।
अयमन्तिमा जाति नत्थीदानि पुनब्भवोति = = यो मेरो अंतिम जन्म हो । अब मेरो पुनर्जन्म हुने छैन ।
यो पनि आज बैसाख पुर्णिमा कै दिन थियो ।
बोधी ज्ञान लाभ
- उमेर बढ्दै गयो ।
- चार निमित्त - बुढो, रोगी, मृत्यु र सन्यासी ।
- २९ बर्ष गृह त्याग
- छ बर्ष सम्म ज्ञानको खोजी
- ३५ बर्षको उमेरमा भारतको बोधगयामा बोधीको रुख मुनी बोधी ज्ञान लाभ प्राप्त गर्नु भयो ।
यो पनि आज बैसाख पुर्णिमा कै दिन थियो ।
- चार आर्य सत्य र आर्य अष्टाङगीक मार्ग
महापरिनिर्वाण
- ४८ बर्ष सम्म उहाले आफुले जानेको ज्ञान गाउ गाउ बस्ती बस्तिमा पुगेर बाड्नु भयो ।
- बहुजन हित र बहुजन सुखको निमित्त उहाले उहाले धेरैलाई मार्गफल निर्वाण सम्म पुर्याउनु भयो ।
- ८० बर्षको उमेरमा कुसिनगरमा उहाँ महापरिनिर्वाण हुन भयो ।
यो पनि आज बैसाख पुर्णिमा कै दिन थियो ।
बुद्ध जयन्तिको महत्व यस्ता छन्:
1. धार्मिक महत्व:
2. आध्यात्मिक महत्व:
बुद्ध जयन्तिमा ध्यान, प्रार्थना, दान र संयमको अभ्यास गरिन्छ, जसले आत्मशुद्धि र आन्तरिक शान्तिको अनुभूति गराउँछ।
3. सामाजिक महत्व:
बुद्धको शिक्षाले जात-पात, विभेद, हिंसा जस्ता सामाजिक कुरितिहरूको अन्त्यतर्फ मार्ग देखाउँछ। यसले समाजमा सहिष्णुता, समानता र शान्तिको सन्देश फैलाउँछ।
4. सांस्कृतिक महत्व:
बुद्ध जयन्तिमा विहारहरूमा पूजा, दीप प्रज्वलन, भजन-कीर्तन, धर्मदेशना आदि गरिन्छ, जसले समुदायमा धार्मिक एकता र सांस्कृतिक पहिचान बलियो बनाउँछ।
बुद्ध शिक्षाको महत्व अत्यन्त गहिरो, व्यावहारिक र सार्वभौमिक छ। गौतम बुद्धका उपदेशहरू केवल धार्मिक अभ्यास मात्र नभई व्यक्तिगत, सामाजिक र नैतिक जीवनका लागि पनि अत्यन्त उपयोगी छन्। यहाँ बुद्ध शिक्षाको मुख्य महत्वहरू उल्लेख गरिएको छ:
---
१. आत्मज्ञान र बोधको मार्गदर्शन:
बुद्धको मुख्य उद्देश्य थियो मानिसहरूलाई दुःखबाट मुक्त गराउने। उनले "चार आर्य सत्य" (दुःख, दुःखको कारण, दुःखको अन्त, र दुःख अन्त्यको मार्ग) सिकाएर जीवनको वास्तविकता बुझ्न मार्ग देखाए।
---
२. करुणा र अहिंसाको सन्देश:
बुद्ध शिक्षाले सबै प्राणीमा करुणा (compassion) देखाउन र कुनै पनि प्रकारको हिंसा नगर्न प्रेरित गर्छ। यसले मानवता र सह-अस्तित्वलाई प्रोत्साहन दिन्छ।
---
३. मध्यम मार्ग (Middle Path):
बुद्धले दुःख निवारणको लागि दुइ extremes—इन्द्रिय सुखको भोग र कठोर तपस्याको—विरुद्धमा "मध्यम मार्ग" अपनाउन सिकाए। यो सन्तुलित, विवेकपूर्ण जीवनको अभ्यास हो।
---
४. नैतिकता र आत्मअनुशासन:
बुद्धले पंचशील (५ नीतिहरू)—हत्या नगर्नु, चोर्नु हुँदैन, असत्य बोल्न हुँदैन, व्यभिचार नगर्नु, र नशालु पदार्थ सेवन नगर्नु—जस्ता नैतिक नियमहरू सिकाए जसले समाजमा शान्ति र अनुशासन ल्याउँछ।
---
५. कर्म र पुनर्जन्मको दृष्टिकोण:
बुद्धले कर्म (कार्य र परिणाम) मा विश्वास राख्न सिकाए—हामीले जे गर्छौं, त्यसको फल पक्कै भोग्नुपर्छ। यसले जिम्मेवार र सचेत जीवन जिउन प्रेरित गर्छ।
---
६. वैज्ञानिक र तर्कसंगत सोच:
बुद्धको शिक्षा अन्धविश्वासमुक्त छ। उनले ‘कसैले भनेको छ भनेर मात्र नमान, तर आफैंले बुझ र अनुभव गर’ भन्ने आग्रह गरे, जुन वैज्ञानिक सोचसँग मेल खान्छ।
---
निष्कर्षमा, बुद्ध शिक्षाले मानिसलाई आत्मज्ञान, नैतिकता, करुणा, अनुशासन, र अन्ततः निर्वाण (मोक्ष) प्राप्तिको मार्ग देखाउँछ। यो आजको तनावपूर्ण, हिंसात्मक र असन्तुलित जीवनशैलीमा पनि निकै सान्दर्भिक छ।
👉आजको कार्यक्रममा उपस्थित हुनु भएका तपाईं सम्पुर्णलाई नमस्ते ।
आज बैशाख पुर्णिमाको दिन हो । आजको दिन भगवान बुद्धको जन्म , ज्ञान लाभ र महापरिनिर्वाण भएको त्री संयोगको दिनमा तपाईं हामी भेट भएका छौ । आज सुभ र पुन्य गर्ने दिन पनि हो । यो महत्व पुर्ण र धर्म गर्ने दिनमा तपाईं हामी यसरी जम्मा भएर धर्मका केही कुराहरु सुन्न पाउनु र शुभ कामना आदान प्रदान गर्न पाउनु पनि राम्रो अवसर हो । हाम्रो यस मेडिटसन सेन्टरले आयोजना गरेको आजको यस कार्यक्रममा सहभागी हुनु भएका तपाईलाई धेरै बधाई दिन चाहान्छु । कारण आज हामिले पनि केही पुन्यको काम गर्न सक्यौ र तपाईलाई पनि पुन्यवान बनाउन सक्यौ । आज हामीले भगवान बुद्धका गुणहरु स्मरण गर्यौ, भगवान बुद्धले दिनुभएका जिवनपयोगी वाणिहरु सुन्यौ र केही प्रार्थनाहरु पनि गर्यौ । पक्कै पनि यसको केही न केही लाभ तपाईले लिनु भयो होला भनेर मैले अपेक्षा गरेको छु । आउने दिनहरुमा पनि बुद्ध र बुद्ध धर्म सँग सम्बन्धित यस्ता कार्यक्रमहरु हामी आयोजना गर्नेछौ । आजको दिनमा जस्तै तपाईको साथ, सहयोग र सहभागी रहने अपेक्षा गर्दछु । आजको कार्यक्रममा सहभागी हुनु भएका तपाईं सम्पुर्णलाई धन्यवाद दिदै आजको औपचारिक कार्यक्रम समाप्त भएको घोषणा गर्दछु ।
सबै जनाले छोक प्रसाद ग्रहण गरेर मात्र यहाँ बाट बिदा लिनु होला । धन्यवाद ।
उत्तिट्ठे नप्पमज्जेय्य, धम्मं सुचरितं चरे।
धम्मचारी सखुं सेति, अस्मिं लोके परम्हि च॥
धम्मं चरे सुचरितं, न नं दुच्चुरितं चरे।
धम्मचारी सखं सेति, अस्मिं लोके परम्हि च॥
धर्म आचरण राम्रोसँग गर्नु पर्छ । दुराचरण गर्नु हुदैन । धर्माचरण गर्ने पुरुषले इहलोक परलोक दुबैमा सुख पुर्वक जीवन बिताउँछ ।
ल्हास्सो । फ्याफुल्ला । नमस्ते ।
आजको कार्यक्रममा उपस्थित हुनु भएका तपाईं सम्पुर्णलाई सर्वप्रथम धन्यवाद दिन चाहान्छु । आज बैशाख पुर्णिमा अर्थात बुद्ध पुर्णिमाको दिन हो । बुद्ध र बौद्ध धर्म सँग सम्बन्धित सम्पुर्ण ब्यक्तिहरुको लागि आज बीशेष दिन हो । सम्पुर्ण मानव जगतको लागि हित हुने र सुख हुने ज्ञान भगवान बुद्धले दिनु भएको छ । भगवान बुद्धले दिनुभएका सामान्य सिद्दान्तहरुलाई हामिले अनुसरण गर्ने हो भने मात्र पनि हामी शान्तीको अनुभूति गर्न सक्छौ । भगवान बुद्धले भन्नू भएको छ - मैले भनेको भन्दैमा बिश्वास नगर । आफै परिक्षण गरेर हेर । अनुभूति गर । सहि रहेछ भने मात्र बिश्वास गर । त्यसैले बुद्ध शिक्षा भनेको परिक्षण गरेर आफै अनुभूति गर्ने ज्ञान हो ।
यहि उद्देश्य प्राप्तीको लागि हामिले यस संस्थाको गठन गरेका हौं । थोङढोल ओर्घेन लिङ मेडिटेसन सेन्टर बुद्ध धर्म सिक्न र अभ्यास गर्न खोलिएको बिसुद्ध धार्मिक संस्था हो ।
नेपाल बाट बेल्जियम आएर बस्नु भएका सम्पूर्ण बौद्ध धर्म मान्ने र बौद्ध धर्म संग आस्था राख्ने सम्पूर्ण महानुभावहरुलाई समेट्दै बौद्ध संस्कार, सस्क्रिती, रितिरिवाज र परम्पराको संरक्षण गर्नको लागि यस संस्थाको निर्माण परीकल्पना गरिएको हो । यस थोङ्ड्रोल उर्गेन लिंङ मेडिटेसन सेन्टरले बिशेष गरेर बौद्ध संस्कारको मेरुदण्ड - बुद्ध, धर्म र संघको अधिनमा रहेर हरेक कृयाकलाप गर्ने गर्दछ । बौद्ध परम्पराको अभ्यास गर्न जस्तै - पूजा पाठ, ध्यान भावना अभ्यास, प्रवचन र बौद्ध शिक्षालाई निरन्तरा दिने यस सस्थाको मुख्य उद्देश्यहरु हुन । यि नै उदेश्य लिएर यस सस्था सन 2022 मा बेल्जियनको ब्रुज शहरमा स्थापना गरिएको हो । आज त झन बुद्ध जयन्ती । यसैले पनि हाम्रो लागि आज महत्वपुर्ण दिन हो ।
यी नै उद्देश्यहरु प्राप्त गर्नको लागि आगामी दिनहरुमा पनि हामी बिबिध कार्यक्रमहरु लिएर आउने नै छौ । आज जस्तै तपाईहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गर्दछु । बुद्धले दिनुभएको ज्ञानलाई जिवनमा उतारेर आनन्द , सुख र शान्तिको जीवन जिउने संकल्प गरौ । सबैको हित सोचौ । राम्रो कर्म गर्न नसके पनि नराम्रो कर्म नगरौ । राग, द्रेस, मोह बाट बच्न सकौ । बुद्ध, धर्म र संघको शरणमा पर्न सकौ । बुद्ध जयन्तिको सबैलाई हार्दिक शुभकामना ।
थुजेछे । धन्यवाद ।
👉.............. स्वागत मन्तब्य ..............
ल्हास्सो । फ्याफुल्ला । नमस्ते ।
भगवान बुद्धले भन्नू भएको छ ।
ञातिमित्ता सुहज्जा च, अभिनन्दन्ति आगतं॥
तथेव कतपुञ्ञम्पि, अस्मा लोका परं गतं ।
पञ्ञानि पटिगण्हन्ति, पियं ञातीव आगतं ॥
अर्थात - धेरै दिनसम्म परदेश बसेर सकुशल घर फर्कने पुरुषलाई आफ्नो ज्ञाती, भाइ, मित्र र हितैशी हरुले स्वागत गर्दछन । त्यस्तै यस लोकबाट परलोक जाने ब्यक्तिलाई आफुले गरेको पुण्यले स्वागत गर्दछ ।
आजको कार्यक्रमका सभापती ज्यु,
अतिथी ज्युहरु,
उपस्थित धर्मप्रेमी मित्रहरु,
आज 2569 औं बुद्ध जयन्ती अर्थात बैशाख पुर्णिमा । बुद्ध पुर्णिमा । थोङ्ढोल ओर्घेन लिङ मेडिटेसन सेन्टर द्वारा आयोजित यस कार्यक्रममा आउनु भएका, उपस्थित हुनु भएका तपाईं सम्पुर्णलाई मेरो ब्यक्तिगत तर्फ बाट र हाम्रो यस सस्थाको तर्फबाट हार्दिक स्वागल गर्न चाहान्छु । बुद्ध र बौद्ध धर्म सँग सम्बन्धित तपाईं हाम्रो लागि आज निकै महत्वपुर्ण दिन हो । आज भगवान बुद्धको जन्म, ज्ञान लाभ र महापरिनिर्वाण भएको त्री संयोगको दिन हो । परदेशको भुमिमा तपाई हामि यसरी एक ठाउँमा जम्मा भएर बुद्ध जयन्ती मनाउन पाउनु पनि एउटा पुन्यको काम हो । यो हामिले गरेको असल कर्मले पक्कै पनि हामिलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्नेछ । बुद्धले दिनु भएका असल ज्ञानलाई आफ्नो जीवन मा उतारेर सुख शान्ती र आनन्ददायी जीवन बिताउने प्रेरणा सबै जनालाई मिलोस । आजको यस महत्व पुर्ण कार्यक्रममा सहभागी हुनु भएकोमा तपाई सम्पुर्णलाई पुन स्वागत गर्दै मेरो भनाईहरु यहि ट्युंग्याउछु ।
धन्यवाद । थुजेछे ।

No comments:
Post a Comment