धुमधाम सँग सकियो वाइबा राजाको सम्झनामा खेलिने किर्पा


गाउका परम्परा सँरक्षक लम्भु ( गाउले प्रमुख )
धादिङ जिल्ला को सेम्जोङ गा बि स को गैरा गाउमा बर्सेनी किर्पा खेलिने गर्दछ । वाइबा राजाको सम्झनालाई जिवित राख्नको लागि एस परमपरालाई निरन्तरता दीइयको हो । सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिदैन तर यस वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ । यस डापजोङ दरबारको निर्माण वि।सं। ४००-५०० तिर राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । तात्कालिन वाइवा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषी नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठ्ठा भ्याकुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरिपरी ल्याइदिने गर्थे । राजाले जनावरलाई आफ्नो धनुवाणले मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गथर््ो । राजा धनुवाणमा निकै निपुण थिए । यिनै वाइबा राजाका छोरा नातीहरु अझै पनि एस ठाउँमा छन । त्यसैले बाजे र बज्यै सम्झनामा एस खेल खेलिने गरिन्छ । थप फोटोहरु


















No comments:

Post a Comment