समयले नै वाक्क दिक्क बनाइ दिन्छ

बिदेश जाने चक्करमा घुमीरहेको छु म यती खेर । अस्ती ताका सम्म जाने  भनेर सबै कागज बनाएर एम्बेसीमा पनि दिएको हुँ । तर दशा  आईलागेको । बनाएको कागज पत्र त सबै बिग्रेछ । त्यसपछी पर्‍यो फसाद । फेरी बनाउ पर्ने झनझट । पहिलो प्रयासमा काम नभएपछी जस्तो लफडा केही नहुने रहेछ । पहिले बिग्रेकोलाई सच्याउनु पर्ने अनी फेरी एम्बेसिमा गयेर कागज पत्र पेश गर्नु पर्ने । बिग्रेको सच्याउनु कहाँ सहजै हुनु र फेरी ।
अहिले तेही असहजताको समय बेतित गरीरहेको छु । कहाँ के मिल्दैन कहाँ के ? एउटा मिल्यो अर्को मिल्दैन । ओरालो लगेको मिर्गलाई बाच्छाले पनि खेद्छ भने झै सामान्य अफिसको पिउनलाई पनि ज्यु ज्यु गर्नु पर्ने । बिग्र्यो पछी के लाग्छ र । गा बि स को सचीव त्यस्तै , जि बि स को कर्मचारी त्यस्तै ......

मान्छेले बिदेश जान मरीहत्ते गर्छन् । तर गईसके पछी....  बिदेश जान कसैलाई पनि कर गर्दैनन, प्रोत्साहन दिदैनन पनि , किन कि - जुन यहाँ नेपाल देखी गरेका झनझन्ट बिहोर्नु नपरोस भन्ने चाहन्छन । अथवा उस्ले जुन झनझट बेहोरेको छ , जुन दौड धुम गरेको छ अनी जुन शारिरिक, मानशिक, अनी कुटनैतीक ब्यवहारको सामना गरेको छ । यस ब्यवहार देखी वाक्क भाईसकेको हुन्छ ।
मान्छेले सोच्ने गर्छन् त्यो कती सजिलै गयो । कस्तो राम्रो छ । तर त्यो सजिलो र राम्रो देख्नको लागि उस्ले गरेको परीश्रम अनी बिताएका समयको हामी हेक्का सम्म हामी राख्ने गर्दैनौ । सफलता देख्न जती सजिलो छ त्यो प्राप्त गर्न त्यती नै गार्हो छ । 

No comments:

Post a Comment