फुर्सद

बाटभरी बग्रेन्ती गाडिहरु
गगन चुम्बी भवन
ठेलम ठेल मान्छे
चल्तीको ब्यापार
एकले अर्को सँग गर्दै छ
थाप्लामा नम्लो लगाई आँफै भन्दा गर्हौ भारी बोक्ने भरिया

दुई तिर झ्याल्टुङ झ्याई गरी सागको मुन्टा बोकेका ज्यापु दाई
भुइमा प्लास्टिक ओछ्याएर चप्पल बेच्ने फुट्पाथे
सडकमा भईरहेको ब्यापार देखी बेखुशी सटरवाला 
मोल भन्दा तेब्बर चौबर मोलाउने छिमेकी देशका मधेशी
सबै सबै ब्यस्त छन आ आफ्नै धन्दामा
तर म
न मलाई केही चहिएको छ
न कसैसँग सरोकार
फुर्सदिलो म
कसैको परवाह नगरी नगर घुमी दिन्छु
लखर लखर ...

No comments:

Post a Comment