अन्तर्राष्ट्रिय मेलाकालागि ईटालीमा ‘सानो नेपाल’



महिन्दो वाईवा ,
आगामी बर्ष इटालीको मिलान शहरमा भब्य मेला लाग्दै छ । अनतर राष्ट्रिय ब्यापारिक मेला । त्यहाँ विश्वका एक सय ४५ देशहरु प्रत्यक्ष भाग लिने छन । हरेक देशले आफ्नो कला, संस्क्रिती, रितिरिवाज र अन्य फरक विविधतालाई प्रदर्शनमा राख्ने छन् । बिश्वका ठुला ठुला ब्यापारिक कम्पनीहरुले आफ्नो ठाउँ सुरक्षित गरिसकेका छन, त्यसैकालागी । एक्पो मिलानो २०१५ नाम दिइएको मेला निकै भब्य हुने अनुमान गरिएको छ । कारण, हाल मिलान साहारा भित्र भईरहेको बिकास गतिबिधीले त्यही सङ्केत गर्दछ । मेलाकै लागि बिशेष प्रकारको द्वार तयार भईसकेको छ ।

मेलामा आउने पाहुनाहरुको लागि बस्ने ब्यवस्था सहज बनाउन नयाँ अपार्टमेन्टहरु तयार हुँदै छन । मेला लाग्ने स्थानमा उत्कृष्ट डिजाइनका भवनहरु बन्ने क्रम अन्तिम चरणमा पुगेको छ । मिलान साहारभित्र रहेका आकर्षक स्थलहरुलाई थप आकर्षक बनाउने क्रम जारी छ । यो मेला भर्न दुई करोड ब्यक्तिहरुको उपस्थिती हुने अनुमान गरिएको छ । १ मे २०१५ देखी शुरु हुने मेला ३१ अक्टोबर सम्म ६ महिना जारी रहने छ । आर्थिक मन्दिले थलिएको इटालीको अर्थतन्त्र यो मेला पश्चात केही सुधार हुने अपेक्षा छ । एक सय ४८ आधिकारिक साझेदार,एक सय ४५ देशको सहभागिता, तिन अन्तर्राष्ट्रिय संस्थाहरु, युरोपेली परिषदकासाथै अन्य साना ठुला उध्योगहरु रहने छन् । साथमा बिभिन्न देशका प्रिथक कृयाकलाप देख्न सकिने छ ।

नेपालको तयारी
जहाँ नेपाल चिनाउन एस्तो तयारी हुँदैछ । मण्डपको डिजाइन नेपाल मण्डप कार्यान्वयन विशेषज्ञ समूह (IEG)नेपाल सरकार द्वारा छानीएको आर्किटेक्टहरुको समूह हो । जीवनको चक्रलाई ज्यामितिय हिसाबमा यो डिजाइन गरिएको छ । सन १९८८, १९९०, २००० र २०१० मा भएका विश्वब्यापी प्रदर्शनीमा पनि राखिएको थियो । आगन्तुकलाई आकर्षित गर्न वातावरण र रङ्गी चङ्गी बनाइएको यो एक ज्वलन्त उदाहरण हो । बिभिन्न जात जाती, धर्म र सामाजिक पृष्ठभूमिले नेपाल शुसम्पन्न छ भनी देखाउन खोजिएको छ, यसमा । शताब्दीयौंदेखिको जीवन बुझ्न काठमाडौं उपत्यकामा पुरातन बसोबास देखाउन खोजिएको यसलाई इटालीको सानो नेपाल भन्न सकिन्छ ।



यहाँका ति घरहरू सधैं धातु, ढुङ्गा, बिशेष काठ प्रयोग गरी अनुभवी कालिगढका सिपमा कौशलताका तत्वहरूले सजिएको छ । निर्माता आइईजी नेपालको सबैभन्दा सुन्दर परम्परागत घर निर्वाण गर्ने सिकर्मी, डकर्मी, कालिगढ र कलाकारहरूको प्रशिक्षित टोली भनेर् चिनिन्छ । नेपाल जस्तो देशका विविध संस्क्रिति, कला र कौशल, भाषा र भेषभूषा सुन्नेहरुनै अचम्मित माने गरेका छन् । यसपटक ठ्याक्कै काठमाडौंको झल्को दिने यो द्वारले पक्कैपनि धेरै पर्यटकलाई नेपालप्रती आकर्षित गर्ने छ ।

No comments:

Post a Comment