नेपाल मितेरी मन्च सँग जोडीएर

नेपाल मितेरी मन्च सँग जोडीएर केही शब्दहरु एही फेसबुकको भित्तो मा लेख्दा धेरैले धेरै थरी लख काट्न भ्याए । मेरो कसै सँग दुस्मनी पनि होइन , न कसैलाई लक्षित नै गरेर लेखे ? पढ्नेले थाहा पाएकै छन । एउटा सस्थाले गरेको कार्यक्रम , त्यो पनि सार्वजनिक आव्हानमा । राम्रो भयो भने आहा कती राम्रो भो , नराम्रो भयो भने कती नराम्रो भो भन्न पनि सोध्नु पर्ने रे !
आज दिन भरी नै फोनको घन्टी बजिरह्यो मेरो । धेरैले धेरै थरी कुरो म सँग राखे । आखिर ति मलाई फोन गर्ने सबै त्यो कार्यक्रम प्रती सन्तुष्ठ छैन पनि भने , र फेरी पनि भन्छन - नलेखेको भए हुने थियो रे ! मैले पनि त्यती बिध्न नेपाल मितेरी मन्चको ईतिहास नै खोतलेर , नेपाल मितेरी मन्च भन्ने सस्था खत्तम हो भनेर लेखेको जस्तो त लाग्दैन । तै पनि खै कहाँ निर के न बुझेको हो म त छक्क पर्छु ।

कार्यक्रममा म पनि सहभागी भएकै थिय , अझ कार्यक्रम मैले नै उद्घोषण गरिदिएकै हुँ । कार्यक्रम गर्न साथीहरु खट्नु भएको छ , दु:ख गरेका छन । यि सबै मैले प्रत्यक्ष देखेको छु । यो सबै भयो भन्दैमा मैले नेपाल मितेरी मन्चको गुन गान मात्र गाइरहनु पर्ने आश गरेका थिय होला सायद । गुनगान गायर लेखेका भए , निकै राम्रो गर्यौ भनेर लेखेको भए सायद सबै खुशी हुने थियो होला , मैले त्यसो गरिन । अनी सबै मै तिर खनिय । गत्ली कम्जोरी भयो , कार्यक्रममा उपस्थित हुने हरु सँग क्षेमा याचना गर्नु त कता हो कता , कार्यक्रम पछी समिक्षा बैठक समेत बसेनन । मितेरी मन्चले गर्ने कार्यक्रमहरु अझ प्रिथक र राम्रो होस भनी कम्जोरी आउल्याइ दिदा किन टाउको दुखाउनु ? अब राम्रो गर्ने प्रण गर्नु पर्छ । अन्तरराष्ट्रिय बेइजत गर्‍यो भनेर मलाई फोन गरेर थर्काउनु भन्दा मितेरी मन्चले अब भावी दिनमा कसरी अगाडि बढ्ने भनी सल्लाह गर्नु राम्रो । मलाई क कस्ले के के भने सब म सँग रेकर्ड छ । मितेरी मन्चको शुभ चिन्तकको नाताले मैले मनको कुरो लेखे ।
कस्लाई कती बिझ्यो भन्ने कुरो त उसैको बुझाईको कुरो हो । रिसानी माफ पाउ । तपाईंलाई मेरो लेखानी चित्त नबुझे झै मलाई नि कार्यक्रम चित्त बुझेन । यत्ती लेखेको हुँ ।

No comments:

Post a Comment