MRP बनाउने दौडमा नेपाली महिला

                      

            "नेपाल साच्चै अन्त्रराष्ट्रिय बजारको लागि कामदार उत्पादन गर्ने राष्ट्र भएछ" - म सँगै पासपोर्ट लिन लाईनमा बसेका एक जना मित्रले भने ।  उनी भख्खरै क्यानडा बाट छुट्टिको समयमा नेपाल फिरेका र पासपोर्टको मिती सकिन लागेकाले नयाँ पासपोर्ट बनाउन आएका रहेछन । अहिले नेपाल सरकारले MRP दिन थालेको  छ ।  मिती बाँकी नै भएको हस्त लिखित पासपोर्ट म सँगै  भयता पनि  म पनि MRP बनाउन परराष्ट्र मन्त्रालय पुगेको थिय । सन २०१५ भित्रमा सबै हस्त लिखित पासपोर्ट लाई MRP मा बादलिसक्ने उद्देस्यले नेपाल सरकारले मिति नै नसकिएको हस्त लिखित पासपोर्टलाई लिएर MRP दिन थालेको छ । परराष्त्र मन्त्रालयमा अहिले दैनिक हजारौं जनाले चाडै ( १ हप्तामा पाउने ) पासपोर्ट पाउनको लागि निवेदन दिने गरेका छन । यदी तपाईंलाई ढिलै ( १ महिनामा पाउेन ) भएपनी हुने भये तपाईंले आफ्नै जिल्लामा पासपोर्टको लागि निवेदन दिन सक्नु हुन्छ । यदी तपाईंलाई चाडै पासपोर्ट चाहिएको हो भने तपाईंले डबल दस्तुर तिरेर परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्ने हुन्छ । १० बजे कार्यालय समय भयता पनि २ बजे देखी नै मन्त्रालय बाहिर भिड लाग्ने गर्छ । कारण एउटै हो सबैलाई छिटो चाहिएको छ । ५ बजे सम्ममा हजारौंको उपस्थीती भई सकेको हुन्छ । त्यस भिडलाई सात बजे टोकन बाडिन्छ । टोकन बाडिसकेपछी त्यस्मा नम्बर हुन्छ । सोही अनुसार अगाडि बढ्नु पर्ने हुन्छ । त्यस पछी भिड अली नियन्त्रीत हुन्छ । त्यसले पनि भीड अचाक्ली भएको हो । परराष्ट्रमा राति दुई बजेदेखि लाइनमा नबसे फारम बुझाउनै नसकिने स्थिति छ ।


अहिले पासपोर्ट बनाउनेहरुमा महिलाको सङ्ख्यामा पनि उल्लेख्य ब्रिद्धी भएको छ । देशमा प्रजातन्त्र आएपछि धेरै क्षेत्रमा विकास र परिवर्तनहरू भएका छन् । महिलाले पनि शिक्षा, स्वास्थ्य, रोजगार, पत्रकारिता, राजनीति क्षेत्रमा सहभागिता गर्दै अगाडि बढ्ने मौका पाएका छन् तर महिलामाथिको हिंसामा भने कमी आउन सकेको छैन । देशमा भखरै महिला हिङ्सा बिरुद्द १६ दिने अभियान समाप्त भएपनी नेपाली महिला हरु अन्तराष्त्रिय स्तरमा समेत हिङ्सामा पर्ने, शोषणमा पर्ने गरेका छन । श्रम शोषण, यौन शोषणको शिकार हुनु महिलाहरुको प्रमुख समस्या बनेको छ । पर्याप्त ज्ञान शिप नहुनु र अशीक्षीत हुनु प्रमुख कारण हो । बैदेशिक रोजगारमा जाने नेपाली महिलाहरुको सङ्ख्यामा ब्रिद्दी हुनुमा एक त आफ्नो देशमा रोजगारको कमी हुनु, साथी, छरछीमेकको लहलहैमा लाग्नु हो भने बैदेशीक रोजगारमा जाने श्रीमानहरुले गर्ने ब्यवहार र पुरुषहरुको बेइमान्नीले गर्दा पनि बढेको देखिन्छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि यहाँका हजारौँ महिलाहरु विदेश जान बाध्य छन् । युवाहरू विदेश पलायन भए  सँगै महिलाहरु पनि बिदेश जान थालेपछी गाउँ सुनसान हुन थालेका छन् । विदेश जाने महिलाहरुमा पढेलेखेकाको संख्या पनि उल्लेख्य छ । प्रमाणपत्र र स्नातक तह उत्तीर्ण गरेका महिलाहरु समेत पासपोर्टका लागि आउने गरेको छन । हाल सिफारिस लिएकाहरू जिल्लामा एमआरपी ढिला आउने भएपछि राजधानी नै जाने गरेका छन् । अन्य देशहरुमा बिद्यार्थीको रुपमा महिलाहरु जाने भयता पनि खाडीमुलुकमा जाने महिलाहरुको काहानी डर लाग्दो छ । पहिलेको तुलनामा अहिले बैदेशिक रोजगारमा जाने महिलाको सङ्ख्या दोब्बरभन्दा बढीको दरले बढेको छ ।


No comments:

Post a Comment