गजल - २

परिवर्तित मनस्थीती

जान्न बिदेश भन्दा खेरी सबै जना जाउ भन्छन
एक्लाई यहाँ के गर्नु उता बुडी आउ भन्छन  ।।

परदेश जाने बोलाई सोचाइ सस्क्रिती भयो हाम्रो
धेरै नेपालीले लगाइ सके अब तिमी लाउ भन्छन ।। 

सुख शान्ती रोगजार छैन किन बस्नु यहाँ अब

नेपालको सत्ता बिरोधी अब गीत गाउ भन्छन ।।

इन्स्पेक्टर सहबले भन्ने गर्थे छैन यहाँ सुख शान्ती
किन बस्छस यहाँ अब नयाँ जीबन धाउ भन्छन ।।

मस्ती हुन्छ भष्ट र लुटेराको  सोझाको छैन काम
जाउ जाउ मुक्ती पाउ यही हो राम्रो दाउ भन्छन ।।

पौष २४ 

No comments:

Post a Comment