कबिता


यो बिशाल नगरी
देशको राजधानी
ठेलम ठेल मान्छेहरु
जनसङ्ख्या बढे सँगै बढेको सुबिधा
कसैलाई फुर्सद छैन यो नगरमा

हस्याङ फस्याङ गर्दै दौडेका
मन्त्रालय हेर्यो त्यही भिड
नेताको निवासमा भिड
गाडीमा भिड
पार्कमा भिड
हस्पिटलमा भिड
जता ततै ठेलम ठेल मान्छेको भिड
तर
यो भिडमा म कतै छैन
नित्तान्त म एक्लो छु
पानी बिनाको माछो झै
समुह बिनाको चरी झै
बेचैन मन लिएर
बैराग्य भई
मनलाई सम्झाउने चेस्टा गर्दै
बिरक्तीएको छु ।
पौष २६

No comments:

Post a Comment