आरुघाटको यात्रा

यो माघ महिनाको समयमा बिहानिको हुस्सु सँग पौठे जोरी खेल्दै मनिष र म आरुघाटको यात्रामा निस्कने शुरसार गर्यौ । छ बजे धादिङ बेशी बाट हिंड्ने अघील्लो दिनको सम्झौता भएपनी हामी यू बजे मात्र बेशी बाट हिड्यौ । आरुघाट बजारको गुण गान निकै पहिले देखी सुन्दै आएपनी त्यो बजारमा पुग्ने बाहना कही कतै बाट पनि जुरी रहेको थिएन । धन्न आरुघाट महोत्सब बेलैमा भइदिएछ । निकै समय अघी देखी धादिङ आरुघट बस सेवा सन्चालनमा अैरहेको भयता पनि अझै व्यवस्थीत हुन सकेको रहेनछ सडक । धुल्लाम्य बाटो, कच्ची सडक त्यसको माथि दुई पङ्ग्रेको सहायताले हामी आरुघाटको यात्रामा निस्कियौ । बेशी बाट शुरु भएको हाम्रो यात्रा मुरली भन्ज्याङ, नियाल पानी, गोलभन्ज्याङ, हनुमान डाडा हुँदै टाडीबेशी झर्यौ । टाडीबेशी लोकल माछा खानकोलागी निकै पहिले देखीको पुरानो बजार हो । नेत्रावती नदिको तिरैमा रहेको छ टारीबेशी । नेत्रावती नदिको कन्चन अनी चिसो पानीमा हिमालय देखी बगेर आएको माछाको स्वद लिना सकिन्छ यहाँ । पहिले केही ब्यवस्थीत नभएको यो बजार अहिले भने अली व्यावस्थीत भएको रहेछ । धादिङ बेशी बाट बिहानै हिंडेकोले हामी टारिबेशी चाडै नै पुग्यौ । बिहानिको चिसो मौसमले हाम्रो ज्यु ज्यान र हात खुट्टा काठयाङ्ग्रीएका थिय । हामीले त्यहा आगो ताप्न पायौ । चिसोले क्रमश घट्दै गएको शरीरको तापक्रममा आगोको तापले ज्यु ज्यान नै शिरिङ्ग बनाउदै शरिरको तापक्रम क्रमश बढाउदै लग्न थाल्यो । केही समयको बिश्राम पस्चात हामी फेरी गन्तब्यमा पुग्नको लागि अघी बढ्यौ । टाडीबेशी बाट सल्यानटार हुँदै हामी आरुघाटको ओरालो लाग्यौ । सल्यानटारको ओरालो लाग्न थालेपछी शुरु हुन्छ आरुघाटको यात्रा । बुढीगन्डकीको तिरै तिर मोटर बाटो आरुघाट पुगेको छ । निस्चल, कान्चन अनी सफा पानीले हाम्रो मन नै आनन्दित बनाउने । बुढी गण्डकी को त्यो सतही गहिराइ अनी त्यहा देखिने हरियो रहले यो माघको जाडो मौसममा पनि पौडी खेल्न कुतकुत्याउने, खेलु खेलु लग्ने । मन नै आनन्दित भएर आउने । आरुघाट बजार बुढी गण्डकीको तिरैमा रहेको छ । वारी धादिङ जिल्ला अनी बुढी गण्डकी पारी गोरखा जिल्ला । मनास्लु लगायत अन्य हिमश्रिङ्खला द्रीस्यावलोकन गर्न जानको लागि पद यात्रा प्रवेश द्वार रहेछ आरुघाट बजार । पौष २९ क्रमश .......

No comments:

Post a Comment