पुस्तक पढ्न यति लामो समय लगाउने मान्छे त होइन म, तर यसपटक यस्तै भयो। शुरु गरेको तीन सातामा बल्ल मैले जगदीश घिमिरेको आत्मालाप अन्तरमनको यात्रा पूर्ण गरे। ”तेरो किताबप्रतिको लगाव नभएको हो,” कोही भन्छन् , कोही ”यो पुस्तकमा तेरो रस नबसेको हा”े भन्छन्। दुबै प्रतिक्रिया गलत छन्। हो, रातभरि बसेर पढिसक्न सकिन्थ्यो तर म जस्तो मान्छेबाट त्यो सम्भव छैन। दिनभरिको शारीरिक मानसिक परिश्रमले थाकेको शरीरलाई कम्तिमा छ घ48टा त विश्राम त दिनैपर्छ। निद्रा मेरो निम्ति अति प्रिय छ। एकदिन निद्रा माया मार्नु भनेको दुई दिन काम बर्बाद गर्नु हो जो म चाहन्न। गत डिसेम्बर ३१ को रात क्याम्प फायर गरियो, म बाह्र बजे निद्रा देवीको काखमा मस्त सपना देख्दै थिएँ, अरु साथीहरु बिहान तीन बजेसम्म गीत–संगीत, सेकुवा, आलुमा रमाइरहेका थिए। ननिदाई रात काट्नेहरु देखेर म छक्क पर्छु। विचरा शरीरले कसरी थेग्दो हो .
अन्तरमनको यात्रा, परीक्षाको तालिका आइसकेपछि यो पुस्तक मेरो हात पर्यो। पढेर सकिहाल्छु भन्ने विचारले थालें तर आफ्नो मात्र नभइ दिदीको पनि परीक्षाको तयारी गर्नुपर्ने अनि यो सेमेस्टरमा केही नै पढेको छैन, म त तेरै भरमा छु भन्दै वहाँले आफूलाई म मै भर पारेको अवस्था। आफ्नो पनि केही नै पढेको भए पो। बिहान उठेदेखि राति नसुतेसम्म समय बाँडियो। मैले जबरजस्ती आत्मालाप सिध्याउने मनसाय राखिनँ। कहिले दश मिनेट समय निकालेर केही पाना पढ्ने, कहिले गाता हेरेरै चित्त बुझाउने गर्नुपर्यो। यसबीचमा थरीथरी प्रतिक्रिया पाएकी छु। म साहित्यमा रुचि नराख्नेको दर्जामा पुगंे, अल्छीमा गनिएँ, “निद्रा माया मार्न नसक्नेले के गर्न सक्छ र” भन्नेहरु पनि भेटिए। जसो होस् , मैले पूर्ण आनन्द लिएर यो पुस्तक पढैकी छु। अनगिन्ति ठाउँमा अडिएर, दोहोर्याएर, तेहेर्याएर पढेकी छु। अरुले सुनुन् भनेर वाचन गरी सुनाएकी छु। मैले आत्मालाप भित्रका शब्द मनन मात्र गरिनँ, महसुस गरंे, जीवनलाई सहज ढंगले स्वीकार्ने र वास्तविक धरातलमा उत्रेर बँाच्ने ज्ञान लिएँ।
सकारात्मक सोचका पुस्तक बजारमा छ्याप छ्याप्ति पाइन्छन् , जबरजस्ती म सकारात्मक छु भनेर बुझाउन खोजेका पुस्तक पनि देख्न पाइन्छन्। तिनको चर्चा पनि निक्कै हुन्छ। तर जगदीश घिमिरेको आत्मालाप मेरो निम्ति जीवन दर्पण हो। मान्छे 'के हुनुपर्छ' मा बाँच्दैन, के छ' मा बँाच्छ। 'के छ' नै मान्छेको वास्तविकता हो। 'हुनुपछर्', 'भैदिए हुन्थ्यो' भन्ने आदर्श र चाहनालाई यथार्थसँग जोडेर हेर्न मिल्दैन। जहँा एउटा पनि शब्द, एउटा पनि भाव, एउटा पनि विचार बनावटी छैन, जहँा मान्छेले आफूलाई पूर्णतः पोखेको हुन्छ, त्यहीं सुन्दरता हुन्छ। जतिसुकै स्व–कल्पना गरेपनि मान्छे आफ्नो वास्तविकतासँग बाँच्छ। पखंेटा लगाएर जति उडे पनि अन्ततः टेक्ने धर्ती नै हो, माटो नै हो। यही माटो जसमा हामीले जीवन पायांै र जीउन सिक्यांै।
ह्ाम्रा आ–आफ्नै यथार्थ छन् , हामी तिनैसँग बँाच्दछौ। प्रत्येक व्यक्तिको जीवन एउटा पठनीय यात्रा हो जसबाट जीवनका प्रशस्त ज्ञान लिन सकिन्छ , तर सबैले आफूलाई दुरुस्तै पोख्न कहाँ सक्छन्? एक त भाव व्यक्त गर्ने कला हुनुपर्छ, अर्को सत्यलाई जस्ताको तस्तै अभिव्यक्त गर्ने सामर्थ्य।
मान्छे अर्काको नजरमा राम्रो देखिन धेरै कुरा लुकाउने गर्छ। आफ्ना कमजोरी, खराबी कसैले थाहा नपाउन् भन्ठान्छ। अरुलाई ढाँट्दा ढाँट्दै एउटा कृत्रिम जीवन बँाचेर आफैलाइ बु137न नसकी मर्छ। घिमिरेले आफूलाई शब्दमा पोखेर छर्लङ्ग पारेका छन् , साहित्यकार त्यसैले त आम मानिसभन्दा पृथक र उच्च हुन्छन्।
घिमिरे दम्पतिको तामाकोशी सेवा समिति (तासेस) अभियानले म अत्याधिक प्रभावित भएकी छु। अवसरले आफूलाई पछ्याएन भन्दै विदेशिने सबैका निम्ति तासेस अभियान एउटा उदाहरण हो, अवसर सधैं ढोका ढक्ढकाउन आउदैन, आफैले खोज्नुपर्छ, बनाउनुपर्छ। हाम्रो जस्तो अविकसित (म विकासोन्मुख भन्दिन, राज्यका नीति निर्माता कुर्सीको खेलमा मस्त भएको र पाँच दशकदेखिका कुनै पनि पञ्च वर्षे योजना सफल नभएको देशलाई विकासोन्मुख भन्नु मूर्खता हुनेछ) राष्ट्रमा जन साधारणले ससुराली गएको ज्वाईं जस्तो सेवा सत्कार खोजेर हुँदैन, आफ्नो देश तथा समाजप्रतिको जिम्मेवारी बोध गरेर वातावरण निर्माण गर्नुपर्छ। बाहिर श्रम गरेर ल्याएको रकम पनि आफ्ना भौतिक सुख सुविधाको निम्ति मात्र नभई सामाजिक सचेतना र उत्थानका निम्ति उपयोग गर्नुपर्छ। सामाजिक रुपान्तरणका निम्ति सबैले आ–आफ्ना ठाउँबाट कार्य गर्नुपर्छ।
डलरको खेती बनेको गैर सरकारी सस्थामाझ तासेस एउटा उज्यालो दीपशीखा हो। जे जस्ता अवस्थाले भएपनि लेखक घिमिरे विभिन्न सस्थासग आवद्ध हुनपुग्नु तासेसको समग्र विकास हुनु हो। त्यसकै देन, रामेछापमा ठूलो परिवर्तन आएको छ। घिमिरेको जीवन अनुकरणीय छ, पठनीय छ। यो सबैका निम्ति एउटा प्रेरणा हो। मानव भई जन्मेपछि उल्लेखनीय केही त गर्नैपर्छ। आफ्नो छातीमा हात राखेर आफूलाई नढाँटी आत्म सन्तुष्टिको सास फेर्न सक्ने कुनै एउटा कार्य त गर्नैपर्छ। अन्तरमनको यात्राले मलाई यस तथ्यप्रति थप सजग बनाएको छ, झकझक्याएको छ। भविष्य अनिश्चित छ, न सर्जक, न भावक, न लेखक, न पाठक जुनसुकै समय जसलाई जे पनि हुनसक्छ। हामीले समयको उचित उपयोग गर्नुपर्छ ता कि भोलि मृत्युका साथ मुस्कुराउदै जान पाइयोस्। यो गर्न पाइन भनी घिड्घिडो बोकेर मर्नु नपरोस्। जीवन सार्थक बनाउन प्रेरणा दिने सर्जकप्रति म नतमस्तक छु।
कला सगीत साहित्य मानव जीवनका अत्यन्त सुन्दर तथा सु73म स्वरुप हुन् , यी क्षेत्रका व्यक्ति आत्माले चल्दछन् त्यसैले सुन्दरता निहीत हुन्छ यिनको कार्यमा। मानवलाई जीवन र जगत बुझाउने यिनै हुन्।
जीवनको उत्तरार्धमा सृजना यात्रामा रहनुभएका लेखक घिमिरेलाई अझै केही दशक स्वस्थ जीवन दिनुहोस् मेरो ईश्वरसँग प्रार्थना छ। मल्टिपल माइलोमाको कुप्रभावमाथि हामी लाखौ पाठकको प्रार्थनाको विजय होस्। अझै धेरै लेख पढ्न पाउँ हामी पाठकहरुले।

No comments:
Post a Comment