- अनुराधा पौडेल
अन्तरमनको यात्रामा जगदीश घिमिरे लेख्छन्- बेलायतको बासमा हाम्रो जीवनको कुनै बृहत्तर लक्ष्य थिएन । त्यहाँ काम गर्नाको सम्पूर्ण लक्ष्य खालि पैसा कमाउनु, खानु, पिउनु र मोज गर्नु मात्र हो । हामीले त्यो समाजमा योगदान गर्न कुनै भूमिका पाएनौं । सारा समय कार्यालय र घरको काम अनि दैनिक यात्रामा जान्थ्यो । बेलायतमा हाम्रो जीवन पशुको जस्तो आहार, निद्रा, भय र मैथुनमा सीमित भयो ।
जगदीश घिमिरेले अचम्मसँग नेपालीको मनोदशा टिप्नुभएको छ । म प|mान्समा भएकीले प|mान्सको प्रचलित भनाइ मेट्रो, बुलो र दोदो भन्ने राख्न चाहन्छु । यसको अर्थ यताचाँहि मान्छेको जीवन भनेको मेट्रो, काम र सुताइ हो । बिहान उठ्यो मेट्रो चढ्न हतार गर्यो । दिनभरि काम गरेर लखतरान पर्यो । राति घरमा आउन पाको छैन, हत्त न पत्त दुई गाँस खाएर सुत्न दौडिहाल्यो । प्रेमी या प्रेमिका साथैमा भए हतारहतार मैथुन पनि गर्यो अनि ओछ्यानमा पल्टन पाको छैन मलाई कामबाट निकालिदिने हो कि भनेर सुस्ताउँदै पातलो पशुको जस्तो निन्द्रा लियो । बस सबै कुरा भ्याउनु छ । सोचाइ र गराइ, काम र घर अनि बालबच्चाले गर्दा दिमाग असाध्यै धेरै बाँडिदोरहेछ यतातिरको समाजमा मानिसको दिमाग । प|mान्स र बेलायतको जीवन मात्र पनि होइन कामका लागि युरोप र अमेरिका वा अस्ट्रेलिया जहाँसुकै भासिएका नेपाली हुन् सबैको जीवनको गति यही हो, मैले यस्तै भेटेकी छु । प|mान्समा बसेको ६ वर्षपछि मैले यताको जीवनमा न रस, न रङ, न उमङ्ग नै भेटेको छु । आक्कलझुक्कल आउने चाडपर्व र दूतावासका कार्यक्रमहरू रमाइला लाग्दा भएर के गर्नु ? भोलिपल्ट बिहान त उठ्नु नै छ, दौडिनु नै छ । म एकैछिन ढिलो आउँछु है भन्न पाइएन । इमरजेन्सी परेर अस्पताल गइयो भन्ने छुट्टै कुरा नत्र आकस्मिक बिदा लिन पाइँदैन । सधंैको हतार र चटारो छ । यही चटारोले मानिसको जीवनको शान्ति, उमंग र चैन सबै उडाएर लग्दोरहेछ । अहो मैले हरेक नेपालीका घरको शान्ति यहाँको बातावरणले छिनेको देखेकी छु । सुजनाका ठाउँमा सुस्केरा र थकाइले ओगटेको देखेकी छु । नेपालीहरू कति धैर्य छन् भने सधंै हँसिलै देखिने, रमाएर जिउने कोसिस गर्छन् ।
यस्तैखालको जीवनशैलीका लागि नेपालमा हामीले पटकपटक प्रजातन्त्र ल्याएका हौं भन्ने सोच्दा पनि मेरो मनै भरंगै भएर आउँछ । सही तरिकाले प्रजातन्त्र संस्थागत भइदिएको भए हामीले खोजेको जस्तो कुरो त यही न थियो । सबैलाई काम र दाम । काम र दामका लागि दौडधुप । जीवन जिउन साँच्चै पो कठिन रहेछ । अरू देश बस्ने साथीहरू भन्छन्- अझ प|mान्स मानव बसोबासका लागि सबैभन्दा योग्य ठाउँ हो किनभने त्यहाँ समाजवादी प्रजातन्त्रका झलकहरू भेटिन्छन् । खानै नपाएर कहिल्यै मर्नु पर्दैन । कुरो त साँचो हो । खान नपाएर र बास बस्न नपाएर मानिस यहाँ हत्तपत्त मर्दैन तर युरोप या अमेरिका या अस्ट्रेलिया पुगेको नेपालीले आफ्नो देशमा एक छाक राम्रैसँग खाएर आएको हुन्छ । एक छाक राम्रै खाएर आएको नेपाली यता पनि राम्रै खालको जीवन जिउन कोसिस गर्दाेरहेछ तर यस्तो खालको जीवन जिउन निकै गाह्रो किन हुनेरहेछ भने आम्दानी ठिक्क मध्यमखालको हुँदोरहेछ । कि त गरिबै भए बाँच्न सजिलो कि त धनी नै भए बाँच्न सजिलो । पहिलो पुस्ता जो मध्यमखालको कमाइ गरेर छोराछोरी पढाइरहेछ त्यसका निम्ति जीवन निकै संघर्षपूर्ण तरिकाले बित्दोरहेछ । नेपालमा हुर्केका हामीले यहाँको शिक्षा लिएनौं । अनपढ भनौं हामीमा नेपालको राम्रो शैक्षिक योग्यता छ । पढेका भनौं भने यहाँको वातारण अनुकूल हामी हुर्किएनौँ, बढेनौं र पढेनौँ । यहाँको अनुकूलको शिक्षा नलिएपछि हामीमा प्रतिस्पर्धा गर्नै क्षमता नहुँदोरहेछ । त्यसैले यहाँ आएपछि त त्यहीं काम गरिनेरहेछ जुन यहाँका नागरिकहरूले छोडेका हुन्छन् । सुरुको मुख्य समस्या हामीलाई भाषा र कानुनको हुन्छ । काम गर्ने तरिका र विधिको हुन्छ । रहनसहन र शैलीको हुन्छ । त्यसैले हामीले पाइन्ट लाएर हिँडौँ या दस बित्ता अग्लो हिल, हामीलाई विदेशी भनेरै चिन्छन् । हामीले जसरी आलु भेन्टा बेच्ने तराई मूलका दाजुभाइलाई अज्ञानताबस हेप्थ्यौँ हाम्रो हालत त्यही हो यहाँ । हामी प्याच्चै भन्ने गथ्र्याैं तर कूटनीतिक भाषा बोल्न माहिर प|mान्सेलीहरू बोलेर भन्दा व्यवहारमा देखाउँछन् । चुरा फालौं या पोते, आधा कट्टु लाएर हिंडौँ या स्तनका मुन्टा देखाऊँ, पजेरो चढौं या दरबारै किनौं, समुद्री छालमा उचालिन जाऊँ या पहाड चढ्न । यिनको देश हराभरा पारेको अपि|mकी समाजले तैपनि यिनले सबैलाई उत्तिकै हेप्छन् । अप्रत्यक्ष रंगभेद निकै जटिल प्रकारको देखिन्छ प|mान्समा ।
मेरो ज्यादै तीतो अनुभव छ । प|mान्सेलीको व्यवहारको सम्बन्धमा । मैले पोहोर वर्षको मे महिनामा नेपाल जानलाई छुट्टी देऊ, मेरी सासू सिकिस्त हुनुहुन्छ भनेर मेरी मालिक्नीसँग छुट्टी मागेकी थिएँ । त्यतिबेला मेरी सासू बिरामी पनि हुनुहुन्थ्यो । उसले मलाई कति रूखो जबाफ तत्कालै दिई भने तेरी सासू बिरामी भइन् भन्दैमा कहाँ बिदा पाइन्छ ? तँलाई थाहा छ प|mान्समा सासू मरिन् भने एकदिन अन्त्येष्टिका लागि छुट्टी पाइन्छ । -उसले अन्त्येष्टि शब्दलाई पनि साह्रै नराम्रोसँग व्यक्त गरेकी थिई) तँलाई म बिदा दिन सक्दिनँ । तेरी सासू त बिरामी मात्र छिन् । अस्पताल लगिहाल्छन् नि । अहो यो प्रजातन्त्रको देश र यहाँका नागरिक उसको व्यवहारबाट मैले प|mान्सेलीहरूको असली भावनालाई नजिकैबाट बुझें । चुल्ठो तानेर हान्न मिल्थ्यो भने म के पो गर्दिनथें होला । असह्य भएर बर्बर्ती मेरा आँखाबाट बलिन्द्र धारा चुहिए । राजीनामा ठोके र राम्रै आम्दानीको कमाइबाट मैले हात धोएँ । उसको बोली र व्यवहारले आजसम्म पनि मलाई ठूलो मानसिक आघात पारेको छ । किनकिन मनमा एक किसिमको घृणा उत्पन्न हुन्छ मलाई । हामी चोर्न र ठग्न अवश्य आएका होइनौँ । श्रम गर्ने श्रमिक हौं हामी । यस्तो समाजलाई हामी के योगदान दिन सक्छौँ ? खालि मरिमेटी गरेर कमाएको आम्दानीको केही भाग कर बुझाउन सक्छौँ, त्यत्ति हो । त्यही बुझाए पनि हाम्रो हैसियत गरिब र हरिपमा दरिन्छ । विदेशी भिखारीमा गनिन्छ । मैले भोगेको बचपनको नेपाली जीवन बढो शान्त र सौम्य प्रकारको थियो । अहिले हाम्रा बालबालिकाले भोगेको बाल्यकाल अति अस्थिर र डरलाग्दो छ । भ्रष्टाचार र विकृतिले नेपाललाई रसातलमा पुर्याएपछि नेपाली समाजमा डरलाग्दो हाहाकार छ । एक्लै लिखापानी आइपुग्ने जयामायाको पालामा बर्माबाट यति सारो नेपाली दौडेका थिएनन् होला तर अहिले त सबै नेपाली युवा दौडिरहेछन् । सबैलाई सीमा काट्नै हतार छ । अनिश्चय र अन्धकारबाट बच्न सबै तँछाडमछाड गरिरहेछन् । जसरी हुन्छ सबैलाई हिँड्नु छ । गन्तव्य कहाँ हो थाहा छैन । पुगेर के गर्ने हो थाहा छैन । विद्यार्थी भएर हिँडेको मान्छेले पैसा कमाउन पाउँछ कि पाउन्न थाहा छैन । गएको ठाउँमा बस्ने अनुमति पाइन्छ पाइन्न थाहा छैन तर पनि सबैलाई हिँड्नु छ । यही हिँडाइमा मैले पनि देश छोडेँ । बस अन्धकारमा झटारो हानेझैँ । निश्चय नै नेपालको भन्दा राम्रो जीवन जिउन मजस्ता धेरै सक्षम छन् यता तर खुसी र अरूलाईदिने र बाँडेरखानेकुरा हामीले उतैछोडेर आएका छौं ।
अब अहिले र्फकेरहेर्दाउताभएकोसम्पत्तितिनैदलालहरूलाईसुम्पियो । फर्केर त्यही जग्गा या सम्पत्तिखोजौँ हाम्रो आम्दानीलेकिन्नैनसक्नेगरीढाडसेकाइसकेको छ । यताको जीवन निर्वाहमा छ । अरू पनि गल्तीले यही गर्दै छन् खेतबारीमातीतेपातीझुलोस्, सुन्तलालटरम्मैफल्नेमाथिल्लोबारीमाखरपलाओस् । हाम्रो वनकाकाठदिनराततस्करलेचोरेररित्याऊन् । काठमाडौंकोएउटाघडेरीगएजाओस् तर हामीलाई हिँड्नै छ । उता हामी आफ्नो जायजेथालाईफालेर यता हामी यीआफ्ना हुन् कि गतिलो काम दिन्छन् कि भन्दैआइरहेछौं । उता एक पेटराम्ररीगुजारगरिरहेको भए पनि यता भाँडामाझ्नतयारछौँ । अहो कसलेरोक्ला यो कुरा ? कसले बुझाउन सक्ला ? जगदीश घिमिरेले मात्रै बोलेर भएन । दुई चारवटालेखले मात्र पनि भएन । हामीले त बोल्यौँ भने पनि आफूचाहिंमज्जालेविदेशगएर चैन गरेकी छ, अहिले अर्तीदिन्छे भन्छन् । दैलैपिच्छेखुलेकामेनपावर, श्रमिक पठाउनेनाममासंलग्नश्रममन्त्री र सरकारतथाकन्सल्टेन्सीले हाम्रो घाँटीदबाउनबेरलाउँदैनन् किनभने गहिरिएरहेर्यो भने यी सबै कुरा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा मानव तस्कर र अरूकोसम्पत्तिहडप्नेधन्दामालागेकादलालहरू हुन् । मात्र मेरो अनुभवलेभन्छ देशमा टिक्नैनसक्नेअवस्था भयो भने मात्र दोस्रोविकल्पखोजौं नत्र अब पनि विदेशीकाभाँडामाझ्नेकामदारबनेरहेपिनविदेशनजाऊँ ।
प्रकाशितमिति: २०६७श्रावण१५०९:२४

No comments:
Post a Comment