एका तर्फ शान्ती र अर्को तर्फ बिजय । एक जना पत्रकार दिदीले सिकाइदिएको रे । |
आफुले बेचेको बदामको बोक्रा यिनी आँफै सङ्कलन गरी डस्टबिनमा हाल्छन । आफ्नो सभ्यता देखाउछन, इमान्दारिता पस्कन्छन । |
साझा ५ बजे यिनी मरु टोलमा रहेको कोठामा फर्किन्छन । कोठामा ठुल ठुला मुसा आउछन रे - उनले सुनाए । त्यहा वरपर बदाम बेच्नेहरु मध्य उनी सबै भन्दा कान्छो । कुनै कुनै दाई दिदीहरु त उनको नियमित ग्राहक पनि छन रे । सधैं आउछन बदाम खाईदिन्छन, त्यसैले पनि मेरो ब्यपार अरुको भन्दा राम्रो छ - उनले सुनाए । दैनिक कमाएको पैसा उनी हजुरबुवा लाई लगेर बुझाउछन रे । किन भन्ने प्रश्नमा उनले जिम्मेवार उत्तर दिय - " मलाई हजुर बुवाले पाल्नु भएको छ नि त ।" उनले जम्मा गरेको पैसा ४५०० रुपैया पुगे पछी उनको ग्यास जोड्ने लक्ष्य रहेछ । दैनिक जसो केही न केही कार्यक्रम भईरहने दरबार स्क्वायर क्षेत्रमा हुने कृयाकलापले उनलाई पनि छोएको रहेछ । देशको बारे चिन्ता गर्दौ उनी साहित्यिक लयमा यसो भन्छन -
के भन्नु कती भन्नु भन्नेलाई नै लाज भो
नाकै थुन्नु पर्ने भईसक्यो
हाम्रो देशको राजनिती गन्हायो ।
उस्को डालोमा भएको बदामलाई कसैले मुम्फली, कसैले नट त कसैले पिनट भनी मग्छन रे । उनले आँफैले रचेका एक सायरी पनि सुनाए -
मैले तिमीलाई
सुन्को हार दिन सक्दिन
धिक्कार दिन सक्दिन
बिहे गरी लैजाउला
नभए भागेर जाउला ।
मन्दिर पछाडि गाजा खाने दाईहरु आउछन रे । उनीहरुले कत्तिको दु:ख दिन्छन त भन्ने मेरो जिज्ञासामा उनले भने - दु:ख दिदैनन, उल्टै बदाम किनेर थपी थपी खान्छन । बरु कसैले दु:ख दिएमा हामीलाई भन भनेर भन्छन रे ।
यो उनको अफिस हो । दैनिक गुजारा एही बाट चल्छ । |
उसको साथी क्यान्डी । |
No comments:
Post a Comment