साभार - नेपाल प्लस
२४ घन्टाको हुनु पर्ने हो दिन र रात । तर आज यूरोपभरि २५ घण्टाको हुन्छ । हातैमा भएको घडीमा एक घण्टा थपिन्छ । हेर्दै गरेको कम्प्युटरले एक घण्टा बढि समय निकाल्छ आज । अरु देशमा के हुन्छ कुन्नी, आज यूरोपेली परिषदमा पर्ने चाहिँ सबै देशमा २५ घण्टाको दिन र रात हुन्छ । अर्थात आज विहान ३ बज्नुपर्नेमा २ बज्छ । अर्थात आज विहान दुई पटक २ बज्छ । २ बजेर ६९ ५९ मिनेट सकिनासाथ ३ बजेको देखाउनुपर्नेमा घडीमा कम्प्युटरले फेरी २ बजेको देखाउँछ । घडीको भने सुई घुमाएर फेरी २ मै लगिन्छ ।
यसरि एकाएक एक घण्टा थपिन्छ र दिन र रात हिसाव गर्दा २५ घण्टा पुग्छ । किन घुमाइन्छ त घडी ? कसरि हुन्छ २५ घण्टाको दिन र रात ? जिज्ञासा लाग्नु स्वभाविकै हो । यूरोपमा बस्नेलाई सामान्य लागेपनि अन्यत्र बस्नेकालागि यो कौतुहलताको विषय हुन सक्छ ।
जाडो याममा हरेक अक्टोबर महिनाको अन्तिम आइतवार एक घण्टा थपिन्छ । अर्थात् विहान ४ बज्दा घडीको सुईलाइ पछाडीनै फर्काएर ३ बजाइन्छ । त्यसैगरि हरेक गर्मी याममा मार्च महिनाको अन्तिम आइतवार फेरी त्यसैगरि बिहानको २ बज्दा घडीको सुई एक घण्टा घुमाएर ३ बजाइन्छ । गर्मी याममा भने १ घण्टा घटेर २३ घण्टाको दिन र रात बन्छ ।
यसो गर्नुको मुख्य कारण हो, उर्जा बचाउनु । अहिले जाडो याम भएकाले धेरै छिटो साँझ पर्छ । छिटो साँझ पर्ने हुनाले मानिसहरु ढिलोसम्म कार्यालयमा बस्नुपर्ने हुन्छ । एक घण्टा अगाडि सार्दा के हुन्छ भने यातायातका साधन र सञ्चारको लागिपनि बढि उर्जा खपत हुन्छ । काममा विहान एक घण्टा ढिलो जाँदा साँझपनि त एक घण्टा ढिलै फर्किन्छन् । एक घण्टा बढेकोले एक घण्टा छिटो छुट्ने हुँदा सारा कार्यालयमा एक घण्टा उर्जा प्रयोग हुन्न । यातायातका साधनको प्रयोगमापनि त्यसैगरि केहि कम हुन्छ । मानिसहरु छिटो घर गएर छिटै सुत्छन् । राति कलकारखानाले बढि प्रयोग प्रयोग गर्ने हुनाले उर्जाको खपतमै चाप कम पर्छ । ठिक त्यसैगरि बिहान मानिसहरुले प्रयोग गर्छन् कार्यालय जानु अघि । त्यो बेला उध्योग र कलकारखानाले कम प्रयोग गरेका हुन्छन् ।
गर्मी याममा एक घण्टा पछाडि सारिदिनुको कारण पनि त्यस्तै हो । गर्मी याममा घाम ढिलो डुब्ने हुनाले उर्जा खपत कम हुन्छ । त्यसैले एक घण्टा ढिलो बनाइदिन्छन् । कार्यालयबाट फर्किँदा ढिलो हुन्छ र ति छिटो सुत्छन् । विहान उज्यालो भैसक्ने हुनाले उर्जाको आवश्यकता कम हुन्छ ।
यो चलाखि बेलायतले पहिलो विश्व युद्दताकाबाटै शुरु गरेको थियो त्यतिबेला उर्जाको संकट परेपछि । तर निकै वर्षसम्म अरु देशले वास्ता गरेनन् । त्यसपछि सन् १९६६ मा ईटालीले त्यसैको सिको गर्यो । फ्रान्सले सन् १९७४ देखि शुरु गर्यो । अहिले चाहिँ यूरोपेली परिषदका सबै देशमा अनिवार्य गरिएको छ यो । यातायात, सञ्चार, विनिमय, वित्तिय क्षेत्रमा सहजीकरण र तारतम्य मिलाउन यूरोपेली परिषदले यसलाई अनिवार्य गरेको हो ।
कसैलाई तिन बजेनै किन भन्ने लाग्न सक्छ । यो समय मूलत विमानहरुको उडान कम हुनाले रहेछ । त्यसैगरि अधिकांश मानिसहरु सुत्ने हुनालेपनि यो समय मिलाइएको हुन सक्छ । आइतवार मिलाउनु मुख्य कारण चाहिँ मुख्य तया वालवालिकाको निन्द्रामा असर नपरोस र कम्तिमा आइतवार राखिदिएपछि भोलिपल्ट सोमबारसम्ममा उनीहरुले त्यो समय अनुसार आफू अनुकूल मिलाउन पाउन् भन्ने हो ।
यो समय बदल्दा घडी, कम्प्युटर र नय मेशिनरी वस्तुमा स्वत : समय बदलि हुने ब्यवस्था मिलाएका हुन्छन् । तर गिर्जा घर लगायत पूराना भवनका जहाँ निकै वर्ष पुराना घडीहरु छन् तिनलाई चाहिँ सरकारी कर्मचारीहरुले लामा लामा भर्याङ हालेर मिलाउँदै गरेको देखिन्छ । अर्को बदली आगामी मार्च ३१ मार्च को विहान २ बजे हुने छ । आज छुट्टि हुनेहरु चाहिँ घडीको सुई एक घण्टा पछाडि सारिदिएकाले एक घण्टा बढि सुत्न पाइने भो भन्दै दंग परेका छन् । काम गर्नेहरुलाई चाहिँ घाटा किनभने एक घण्टा थपेकाले काममा एक घण्टा बढि बस्नुपर्ने भयो ।

No comments:
Post a Comment