बिदेशीने तरखरमा थिय म । बिदेशमै बस्ने सँग नाता गासे पछी एक्लई स्वदेश बस्ने कुरो पनि त भएन । कर्मैमा त्यस्तो जुर्यो पछी कस्को के लाग्छ र ? केही बर्ष पहिले नै हो मैले र उस्ले बाचा कसम खाएको लामा गुरुहरुको रोहबरमा उस्कै घरमा । २००९ मा यसरी एक हुने कसम पछी हामी एक आपसमा छुटियौ । उ आफ्नै कर्म थालो फर्कीई म भने एही स्वदेशमै आफ्नै काममा ब्यस्त हुन थाले ।
अबका दिनमा हाम्रो संपर्क कहिले फोन बाट त कहिले इनटर्नेट बाट हुन थाल्यो । यसरी नै हाम्रो दैनिकी चल्दै थियो । यसरी श्रीमान श्रीमती एकै थालोमा नबस्नु, हेर्दा असहज देखीयता पनि हाम्रो नेपाली समाजमा नौलो अवस्य होइन । धेरैमा श्रीमान श्रीमती एसरी बैदेशिक रोजगारिले एक ठाउमा बस्ने वारावरण बिथोलिदियका छन । भक्खर मात्रा बैवाहिक जीवनमा बाधीएका कयौ जोडीहरु ४/५ महिनाको तुसारो सम्बन्धलाई चुनौती दिदै पर्देशीएका छन केही धन कमाउने अभीलासा लिएर, परिवारलाई सुखमा राख्ने मन लिएर । यसरी नै मैले आफ्नो मनलाई बुझाउने गरेको छु । म नितान्त एक्लो होइन यो नेपाली समाजमा ब्यप्त बैदेशीक रोजगारले परिवारिक जीवनमा परेका असर भोग्ने भिडमा ।
केही महिना अघी मेरो श्रीमतीले मलाई पनि उतै लग्नको लागि उताबाट कागज गरी पठाइदिएछन । तर हाम्रो विवाह दर्ता र उ पहिला नेपाल आउँदाको मिती नमिलेकोले मलाई उता जाने भिसा दिएन इटालियन कन्सुलेटले । अनी म थल्लिय । यो बिचमा मैले यहाँ रेडियोमा गरिरहेको काम पनि छाडे । मलाई लाग्यो अब उता जाने कागज बनिहाल्छ । फेरी दुई चार दिनै पिच्छे काठमान्डौ गईरहनु पर्ने प्रक्रीया पुरा गर्न । यो सिल्सिलामा दुई दिन रेडियो बस्ने फेरी आफुखुशी छाडेर जाने हुने भएकोले मैले छाड्ने निधो गरे । त्यसैले पनि मैले रेडियो छाडे । तर कागज बन्ने काम अड्कियो । खै कहाँ के भएको छ केही थाहा पत्तो छैन । स्वदेशमै केही बनाउनु पर्यो भने त अन्योल परिन्छ त्यो त झन बिदेश कहाँको सुइको पाउनु ? अहिले बिदेश जाने प्रकृया रोकिराखेको छ । केही काम छैन । दिन काट्न पनि गर्यो । हुन त यो मन नै कहाँ स्थिर छ र ? मान्छे त अली हतार्कै हो भन्या । खसै हतार गरेर फाईदा पनि के नै छ र ? आखिर पाउने त्यही हो जुन आउनु पर्ने हो । यदी नहुने रहेछ भने कस्को के नै लाग्छ र ? एक चोटि धोका खाए पछी त चेत आउनै पर्ने हो नि ! बानी सुधार्न तिर लाग भाई । अन्यथा जिन्दगी भरी दु:ख पाउछौ भाई । भन्दै म आफैलाई समझाउछु ।

No comments:
Post a Comment