कबिता

***जिवनको गोरेटो  ***
चस्स घोच्यो मुटु दुख्यो यैया भनिन ,
तिमी र म एकै हो फरक गनिन ।
मलाई घोच्ने काडाले तिम्लाई पनि दु:ख होला ,
मलाई भुक्ने कुकुरले तिम्लाई पनि भुक्छ होला ।

एस्तै हो पिर बेथा जन्मे पछी आईलाग्छ ,
अवस्था हेरी चल्नु पर्छ नत्र त्यो जाईलाग्छ ।
जन्मदा थिय स्वतन्त्र समाजले बाधिए छु ,
निती नियम खै के के हो ? दुनियाँले लादिए छु ।
भो अब सक्दिन म एस बाट उम्कन ,
पाइलाहरु बाँधी सके सक्दिन भो लम्कन ।
क्रन्ती गरी फुत्के भने के छोड्ला र यो समाजले  ,
म एउटालाई छेकेर नि  के जोड्ला र यो समाजले ।
साधु सन्त जोगी बनी के मिल्थ्यो र मुक्ती यहाँ ,
बिद्वान पन्डित दर्शन बिना के फुर्थ्यो र जुक्ती त्यहा  ।
के बाँचेला र त्यो दुनियाँमा ? यो राज्यको बानी लाग्यो
हासी खुशी रमाउछु भन्ने यो भाग्यको बानी भाग्यो ।।

पौष ८ आईतबार

No comments:

Post a Comment