दुबइ सरकरको Dubai Ports World( HR DIRECTOR)बाट लामो समय सेवा गरे बापत उपहार सहीत सम्मानित प्रमाणपत्र स्वीकार्दै।
यो कुनै महाभारत र रामायनको कथा होइन, रामले १२ बर्ष बनबास बसेको कथा पनि होइन, यो एक जना नेपाली कान्छाको अरबमा अरबौ कमाउछु भनेर हिंडेको २० बर्ष अरबबासको (अहिले पाएको चर्चित नाम डोरी लाहुरे)वास्तविक जीवन यात्रा हो।
अहम अहम .....
आज 20 बर्ष पुगेर 21 बर्ष लागेछ, प्रथम पटक 1992 Nov.02 तारिक

राती
PIA को जहाजमा कराँची हुँदै दुबइ ओर्लेको थियो। ति दुई
दशकलाई फर्केर हेर्छु कुनै चलचित्र हेरेर घर फर्केको जस्तै लागी रहेको छु। स्वदेशमा पनि म बेरोजगार त थिएन तर परिवार पाल्नु त के आफ्नै पेट पाल्न धौ धौ हुन्थे। २०४८ सालतिर भर्खर नेपालीहरुले बैदेशिक रोजागारमा जान थालेको थियो। म पनि रहर भनुम या बद्ध्यताले एउटा म्यान पावर मार्फत खाडीको श्रमिक बन्न तयार भए।
त्यस बेला ४० हजार तिर्नु भनेको ४० लाख जस्तै लाग्थे,पैस नपुगेर आमाले चेप्टे सुन फुकालेर बुवालाई काठमाडौं पठाउनु भएछ, चेप्टे सुनलाई परीचित बंडाकोमा धरौटी राखेर नपुग रकमलाई पुर्ती गरे। आखिर आमाको मन न हो आफ्नो सन्तानको निम्ति ज्यान प्राण त्याग्न तयार हुन्छिन त्यस बेला मलाई सहयोग गर्ने श्रदेय गुरु क्रिस्टु लामा, मित्र प्रताप बल र दाई शंकरजङ लामाको गुणलाई मैले बिर्सिनु हुँदैन,हामीलाई पठाउने एजेन्टको यो पहिलो धन्दा रहेछ त्यसैले उहा आँफै पनि हामी संगै थियौ, हाम्रो खान बस्न कम्पनीसँग भएको सम्झौता पत्र सबै हेरेर फर्क्यो। आखिर ब्यापारी न हो धोका दिएरै छोडेछ बज्याले
खासमा हाम्रो टिकट र भिसा निशुल्क रहेछ तर हामीबाट भिसा र टिकटको पैसा लिएरै छाडे,पछी कम्पनीले भन्दा पो थाहा पाए। आज सम्झिन्छु २० बर्ष पहिलेको त्यो दुबइ र आजको आधुनिक दुबइ कहाँबाट कहाँ जवानी भैसक्यो मेरो बैस भने तेरो जवानी हेर्दा हेर्दै ओरालो लागेछ थाहा पत्तै पो भएन। त्यस बेला नेपालीहरु खोजी खोजी सोधी सोधी हिंड्नु पर्थ्यो कही कतै भेटी हाल्यो भने आफ्नै घरको सदस्य भेटे जतिकै खुशी लाग्थ्यो।
काठमाडौंमा बिदा हुँदाको दिन मेरो साथीभाई आफन्तहरुले खादा लगाएर बिदा हुँदा खै मक्ख हुनु पर्नेमा मन भरी चिसो र आँखा भिजेको छु। हाम्रो रातीको उडान थियो। स्वदेशमा एक दुई पटक जहाज चढे पनि मेरो यो पहिलो अन्तरराष्ट्रिय उडान थियो। नयाँ जीबनयात्राको नौलो ठाउँ नौलो अनुभव हामी कराँचीबाट अर्को जहाजमा दुबइ उडेको थियो ,बफरे बा कत्रो जहाज राम राम राम सोच्द सोच्दै दुबइ बिमानस्थल ओर्लेछ। नेप्टी फुच्ची गोरी गोरी आधा तिग्घ्रा देखिने कपडा लगाएकी नानीहरुले बसमा बस्ने ईशारा गरेको पाउद ओहो हाम्रो जनजाती दिदिबहिनीहरु त टन्नै पो रहेछ भनेर मक्ख भएको मन पछी सोध पुछ गर्द फिलिपिनो महिलाहरु पो रहेछ, नेपालमा सुनेको थियो अरब मुस्लिम देशमा त महिलाको अनुहार पनि देखिन्दैन र हेर्नु पनि हुँदैन भनेर तर कुरा उल्टो पो परयो। हामीलाई लिन कम्पनीले गाडी पठाएको रहेछ स्थानिय समय रातिको १ बजेको थियो हामीलाई सबै उस्तै र एउटै देखिने बस्तिमा लिएर गयो घर बहिरा टन्नै रङीचङी लुङ्गीहरु सुकाएको रहेछ हामीलाई पनि त्यही लुङ्गी सुकाएकै रूमतिर यही हो तिमीहरुको रूम भनेर देखाउद हामी आपसमा गफ गरेको थियौ सोल्टिनीहरु त यहाँ बिदेशमा आएर पनि लुङ्गी लगाउदो रहेछ रमाइलो हुने भो भनेर भोली बिहान उठेर हेर्दा त काले न काले दक्षिण भारतीय नागरिकहरु पो त्यही लुङ्गी लगाएर घुमघाम गर्दै,महिलाको त अनुहार नै नदेखिने पुरुष बस्ती पो रहेछ। हामी १५ जना थियो, यो कम्पनीमा हामी पहिलो नेपाली ग्रुप हो शायद हाम्रो इमान्दरी र कामको कदर गरेर होला कि अहिले झन्डै २५० जना भन्दा धेरै नेपालीहरुले रोजगार पाइराखेको छ। यदी हामीले बदमाशी गरेको भए शायद नेपाली प्रति नराम्रो नजरले हेरिन्थ्यो होला? त्यसबेला मेरो प्रयास र हौसलले गर्दा मेरो मित्र लालसिंह पनि म सँगै थियो तर होमे छुटे,
सबै भर्खर 20-24 का युवाहरु,सबै इमान्दारी मेहेनत र संघर्सिल थियौ। त्यस बेलाको दुबइ न ट्याक्सी न बस न रेल न मोबाइल न ईन्टरनेट नेपाल् फोन गर्नु परे एक मिनेटको 9 दिह्राम लाग्थ्यो, त्यो पनि शुक्रबार लाइनमा बसेर प्लास्टिकको झोलामा एक एक रुपैयाको सिक्का बोकेर खसल्दै गर्नु पर्ने।
घर परिवारसँग चिट्ठी बाहेक अरु संपर्क हुन गाह्रो थियो। यहाँ देखी म सञ्चै छु भनेर पठाएकोको चिट्ठी घर पुग्दा सम्ममा त म यहाँ बिरामी भएको हुन्थ्यो अनि मलाई अलि सन्चो छैन भनेर पठाएको पत्र घर पुग्दा सम्ममा म यहाँ ठीक भईसकेको हुन्थ्यो। चिट्ठी लेख्द लेख्द मेरो त लेखाइको प्रगती झन तिखर्दै गयो घरमा हरेक १५ दिनमा एउटा चिट्ठी पाएन भने मेरो बुवा रिसाउनु हुन्थ्यो हुदाहुदा बुवा र मेरो चिट्ठी बाटै प्रेम परेछ। कमाएको पैसा पठाउन् अर्को समस्या थियो न कुनै अहिले जस्तो बैंक मार्फत Money Exchange हरु थियो कि हुन्डी गर्नु पर्थ्यो कि त कोही नेपाल जानेसँग हातमा पठाउनु पर्थे।
नेपाली पत्र पत्रिका पढ्नु भनेको त पर कै कुरा कहिले कही कोही नेपाल देखी आउनेले कोशेली पोको पारेको पुरानो गोरखापत्र,कान्तिपुर दैनिकको कुनै शब्द नछोडी बिज्ञापन समेत नछुटै पढ्थे,पछी मैले त कान्तिपुर दैनिक, साप्ताहिक वार्षिक ग्राहक नै बनाएर पढे। नेपाली टि.भी र रेडियोको पुराना कार्यक्रमहरु रेकार्ड गरेको मगाएर सुन्थे,अहिले त दुबइ मिनी नेपाल नै भएको छ,बिदेश आएर मैले केही गुमाए भने केही पाए, मेरो बुवाले यो संसार त्याग्नु भयो मैले अन्तिम समयमा उहालाई भेट्न पाएन,उहाको शरीरलाइ आगलो मारेर धित मार्ने गरी दिल खोलेर गओ गओ रुनु पाएन, मेरो सहोदर साँहिलादाई युवा उमेरमा नै बित्नु भयो साथमा हुना पाएन लाखौं लाख खर्च गरेर धुमधामका साथ श्रीमती भित्रायो सँगै बस्न पाएन उनी सुत्केरी हुँदा आस्पतालको बेडमा बधाई दिएर म्वाइ खान सकिन। छोरीलाई स्वागत छ यो संसारमा भनेर काखमा उठाएर चुम्न पाएन,मलाई साहित्य र संगीतमा क ख सिकाउने पारीजात दिदी र गोपाल योन्जन दाईबाट धेरै सिक्नु थियो ती सुबर्ण अबसर पनि गुमायो।
२०४६ सालको आन्दोलनमा दुई चार दिन पुलिसको पाहुना बन्ने मौका पाए पनि पछील्लो परिवर्तनका आन्दोलनहरुमा म सहभागी हुन सकिन।
कहिले सोच्छु पैसा नै सबै थोक होइन रहेछ पैसा कै निम्ती मैले धेरै अबसरहरु गुमए कि जस्तो लाग्छ होइन त्यसो भन्दा अर्कोतिर म एक जनाको कमाइले परिवारले अलिकति समाजले अलिकति राष्ट्रले पनि केही सहयोग पाइराखेको जस्तो लाग्छ। मेरो यो पहिलो बिदेशी जागीरे अब अन्तिम पनि यही नै हो,
म यो कम्पनीमा शुरु देखी अहिलेसम्म घोटी रहे न अन्य देश खोजे न त अरु ठाउँ र अर्को कम्पनी राम्रो जागीर खोज्दै हिंडे। छेपारोले लाठी पाए जस्तै लाटाले केरा खाए जस्तै यिनै जागिरमा म मख्ख भएर आधा जीबन दिह्रामसँग पसिना साटिरहेको छु, एउटा कम्पनीमा दुई द्शक बिताउनु भनेको अबस्य पनि सानो र छोटो समय होइन। म कहिले पनि मेरो प्रोमसनको लागी कुनै हाकिमको अफिस र घरको ढोकामा खुट्टा राखिन एक शब्द र एक बचन खर्च गरिन,चकडी गर्ने भने पछी म जिउदै गाडे जस्तै हुन्छु,मलाई १० बर्ष पहिले चिया ख्वाउने अहिले मेरो सानो हाकिम बनेको छ, मैले तालिम दिएकोहरु महनिर्देशक बनेको छ, तर उहाहरुबाट अहिले मलाई सम्मानित बोली बचन र व्यबहार पाउद त्यो गुलियोमा नै म सन्तुस्टी पाउछु कसैले हेपेर दबाएर काम गर्नु परेको छैन सबै भन्दा आत्मासन्तुस्टी यही पाएको छु, हिजो म नेपालबाट आउँदा यहाँको लागी के पो जानेको थियो र? २० बर्ष अगाडि मलाई अरुले काम लगाउथे भने अहिले म अरुलाई काम लगाउन सकेको छु,
यो दुबइ सरकारको कम्पनी परेको हुँदा मैले देशलाई भन्सार र आयात निर्यातमा अगाडी बढाउने धेरै कुराको अनुभब पाएको छु,अहिलेसम्म मेरो २० बर्शे लामो जागीरे यात्रामा एकदिन काममा गायल भएको रेकार्ड छैन, कसैसँग झै झगडा गर्ने कम्पनीको आम्दानी हिनामिना गर्ने काम चोर र ढाटने काम कहिले गरिन, यदी मैले चाहेको भए बैंकबाट ४० देखी ५० लाख रुपैया सम्म Loan पाउछ/दिन्छ.कतिपय साथीहरु लिएर भागेको पनि छन मैले त्यो कहिल्यै गर्न चाहेन। धेरै पटक बर्षका उत्कृष्ट कर्मचारीको प्रमाण पत्र थाप्ने मौका पाएको छु, लामो समय इमान्दारीका साथ सेवा गरे बापत आज मैले सम्मानित हुन पाएकोमा खुशी छु,त्यसरी नै तालिम र शिक्षाको लागी सहयोग पाएकै छु। कहिले पनि खान बस्न र तलबको समस्या परीन,सबै भन्दा ठुलो कुरा अहिलेसम्म मेरो शरीरले कुनै अङ्ग भङ्ग हुनु परेको छैन आस्पताल प्रहरी चौकी अड्डा अदालत धाउनु परेको छैन तर अरुको लागी भने निकै धाए। म पैसा कमाउन आएको भए पनि म आजसम्म पनि पैसालाई चिन्न नसक्ने डोरी लाहुरेमा पर्छु। अरुले यही जागीरबाट करोडौ कमाए तर म धतुरो साह्रै डराउने,प्रबासको जागिरे भए पनि म कहिले पनि कोठा देखी अफिस र अफिस देखी कोठामा मात्रै सिमित राखेन जति मेरो समयले भ्याउछ म त्यत्ती नै समाज सेवामा पनि निरन्तर १७ बर्षसम्म लागी रहे,मेरो समकालिन मित्रहरु समाज सेवा कै नामबाट नाम दाम मजाले जोडेको लाटो कोसेरोले रुखमा बसेर हेरे झै हेरेकोछु। नेपाली राजदुतावास थिएन,शुरु शुरुमा कोही पत्रकार थिएन आँफै पत्रकार बने साहित्यकार थिएन आँफै साहित्यकार बने नेपाली कार्यक्रमहरु हुँदैन थियो नेपाल देखी कलाकारलाई बोलाएर कार्यक्रमको थालनी गरे,त्यसरी नै नेपाली समाज,तामाङ समाज,पत्रकार महासंघ,आदिबसी जनाजाती,नेपाली साहित्य, सबै सघ सस्थाहरुलाई होस्टेमा हैसे गरेको छु,म अहिले पनि खुल्लम खुल्ला भन्न् सक्छु कसैको एक पैसा ठगेर खाएन,आजसम्म डिस्कोमा पाउ राखेको छैन,Girlfriend बनाएर मजाले मस्ती गर्न पाएन रातदिन ढोका थुनेर रक्सी खाँदै तास खेल्न सिक्न पाएन,होटेल र फ्ल्याटमा बिदेशी नगरबधुहरुसँग यौनलीलामा रमाउन् पाएन हुँदा हुँदा मन्दिरमा पनि २० बर्ष हुँदा बल्ल छिरेको छु,फिल्म हलमा दुई पटक पुगेको छु,युवा अवस्थामा गर्न नसकेको र नपाएको ती मस्ती मनोरन्जनहरु अब त भुतपुर्ब युवा भैसके के गर्नु है ?
त्यस बेला नेपालका अहिले नाम चलेका एक जना ठुलै ब्यापारीले मिलेर म्यानपावर र Money Exchange चलाऊ भन्दा मैले हुन्छ भन्न् नसक्द अहिले पछुतो लागी रहेको छु अमेरिकामा दुई दुई पटक र क्यानाडामा एक पटक बसाइ सार्ने अबसरलाई पनि अस्विकार गरेको छु,यदी नेपाल नै बसेको भए पनि म कुनै क्षेत्रमा एउटा बिशिस्ट स्तरको ब्यक्ती हुन्थे,सबै भन्दा मैले गरेको जीत भनेको मेरो आमाको मनलाई जिताउनु हो त्यसमा म सफल भए
उहा मलाई यति माया गर्नु हुन्छ हाम्रो बुबा आमाको केन्द्रिय कार्यालयबाट शाखा उपाशाखा हुँदै 35/36 सदस्सिय मिनी दल नै पो भएछ ३६ जना सन्तानमा सबै भन्दा माया मैले पाएको छु,सबै भन्दा कान्छो छोरा भएर होला परिवारमा धेरै पढ्ने कमाउने,समाजमा चिनिने देश बिदेश धाउने भएर होला सन्तान मध्येमा धेरै धन सम्पत्ति मैले नै कमाएर दियो रे भन्नु हुन्छ,आमाको मनमा म चोखो हुन सक्नु नै एक सफल छोरा ठान्दछु, तर म आफुले आँफैलाई चिरफार गर्ने हो भने म एक घमन्डी,निस्वार्थ,सोझो र राजनीति गर्न नजान्ने लाटा अबस्य हुँ स्वीकार गर्छु।

No comments:
Post a Comment