पर्यटकिय गन्तब्य – सेमजोङ गाँउ ( फोटो फिचर )



      पैदल यात्राको लागी उपयुक्त गाउँ हो – सेमजोङ गाउँ । उच्च पहाडको यो गाउँ ऐतिहासिक महत्व, उच्च पहाडी जनजीवन, मौलिक संस्कृति र प्रकृतिक दृष्टिले सम्पन्न छ । पूर्व तिर नुवाकोट जिल्लाको सामरी गाविस, पश्चिम र दक्षिण तिर कटुञ्जे गाविस र उत्तरी क्षेत्र अर्थात सेमजोङको पछाडी नुवाकोट जिल्लाको बर्सुन्चेत गाविस पर्दछ । सेमजोङ गाउँ समुन्द्री सतहदेखी १२०० देखी १८०० मिटरको उचाईमा पर्दछ । सेमजोङ गाउँ ऐतिहासिक र पर्यटकिय दृष्टिले उपयुक्त छ । यो क्षेत्र प्रकृतिक सुन्दरता, स्रोत साधन र जडिबुटि उत्पादनको लागी उपयुक्त रहेको छ ।
डाँडापाखामा गाई–भैसी चराउने गोठालाहरु अनि वनपाखामा घन्कने तामाङ सेलो भाका र म्हेन्दोमाया झनै रमाईलो छ । यहाँको मौलिक पहिचान र आफ्नै संस्कृतिका छुट्टा छुट्टै विशिष्टताले आकर्षित गर्दछ ।
             विभिन्न तिथि मितिमा लाग्ने मेलाहरुमा म्हेन्दोमाया, दो¥रा माने, साईकोलेको नाच गान पनि हेर्न सकिन्छ । भ¥याङ भुरुङ महादेव स्थानमा चैत्र राम नवमीका दिन हिन्दु धर्मावलम्बिहरुको ठुलो मेला लाग्ने गर्दछ । परापूर्वकालदेखी नै यो मेला भर्नका लागि विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

मगर, नेवार, गुरुङ जातीको कम संख्या रहेको यो गाउँमा तामाङ जातीको बाक्लो उपस्थिति रहेकोले तामाङ जातीको रितिरिवाज, भाषा, धर्म र संस्कृतिले भरीपूर्ण वस्तिको रुपमा रहनुले पनि यो क्षेत्र पर्यटकिय दृष्टिले महत्वपूर्ण छ । यहाँबाट देखीने सुन्दर हिम श्रृखलाहरु, हरिया डाँडाहरु अनि यहाँबाट देखिने सुन्दर बस्तिहरु जतिहेरे पनि मनको धित मर्दैन । बिशेष गरेर तामाङहरुको भेषभुषा, लामा , बाम्बो र ताम्बाहरुको संस्कृति यहाँका पहिचान हो ।
ऐतिहासिक क्षेत्रमा राज्यको आँखा नपुग्नु र स्थानिय स्तरमा पनि जनचासोको कमिले गर्दा वाईबा राजाको डाप्जोङ दरबारको भग्नावशेष मात्र बाँकि रहेको छ । करिब १६ औं शताब्दी तिर तामाङ राजा तागुरले र रानि सिलिङ्मोले बनाएको यस ऐतिहासिक दरबारको संरक्षण हुन नसक्दा भग्नावशेषलाई हेरेर चित्त बुझाउनु पर्ने बाध्यता रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनिने भए पनि राज्यको दूरदृष्टि पुग्न नसक्नु र स्थानीय बासिन्दाको बेवास्थाका कारणले गर्दा यस ऐतिहासिक क्षेत्र लोप हुने अवस्थामा पुगेको छ ।
यस क्षेत्रमा अलैंचिको राम्रो आम्दानी हुने प्रचुर सम्भावना रहे पनि स्थानियबासीको निष्क्रियता र सरोकारवालाहरुको बेवास्ताले गर्दा सयौं खेतियोग्य जमिन खेर गैरहेको छ । त्यतिमात्र होईन, यस क्षेत्रको हावापानी र भू–बनोटले गर्दा चिया खेतीको सम्भावना पनि त्यतिकै राम्रो  छ । तर यस्ता खेतियोग्य जमिनको विषयमा अझैसम्म खोजबिन हुन सकेको छैन । सरोकारवाला निकायले अध्ययन गरी चियाखेती संचालन गर्न सकेको खण्डमा ईलामको कन्याम डाँडा र पशुपतिनगर जतिकै मनोरम क्षेत्रका रुपमा चिनाउन सकिने भू–बनोट र हावापानी छ । विशेषज्ञहरुको सुझावलाई आधार मान्ने हो भने सेमजोङका डाँडाहरुमा चियाखेति गर्नको लागी उपयुक्त रहेको बताउँछन । चिया खेती गर्न सकेमा जिल्लाका अर्थतन्त्रको एउटा बलियो मेरुदण्डको रुपमा यस क्षेत्रले योगदान पु¥याउन सक्ने थियो । चियाखेतीको रुपमा विस्तार गर्न सकेमा जिल्लाकै एउटा आकर्षणको केन्द्र बिन्दु बन्ने थियो । तर राज्यको आँखा यस्ता क्षेत्र तिर अझै पर्न सकेको छैन । स्थानिय बासिन्दाको सक्रियता र राज्यले नै छुट्टै आयोजनाको रुपमा गुरु योजना बनाएर काम अगाडी बढाएको खण्डमा यस क्षेत्रका स्थानिय स्तरको जनजीवन मात्र उकास्ने होइन, जिल्ला अनि राज्यलाई नै टेवा पुग्ने थियो ।
जडिबुटि पाईने स्थानको रुपमा पनि यस क्षेत्रलाई लिन सकिन्छ । स्रोत साधनको अभावले गर्दा लाखौ रुपैयाको आन्दानी हुने जडिबुटी त्यसै  खेर गईरहेका छन् । यता तिर सम्बन्धित निकाएको ध्यान जान सकेको छैन । आफ्नै पाख। पखेरामा पाईने अमुल्य जडिबुटी खेर जाँदा चर्को मुल्य तिरेर विदेशी औषधी खान हामी नेपालीहरु बाध्य हुनु पर्ने स्थितिलाई विडम्बनानै मान्नु पर्दछ ।

अन्त्यमा प्रकृतिक स्रोत साधनले भरिपूर्ण, ऐतिहासिक, धार्मिक र पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेर बसेको यस क्षेत्रलाई प्रचार प्रसार गर्न नसकेर नै ओझेलमा परेका छन । राज्यले बेलैमा खोजबिन गर्नसके धेरै हिसाबले आर्थिक बृद्धि गर्न सकिने थियो । साँचिकै नेपालको दार्जलिङ बनाउन सकिने थियो । सेमजोङमा रहेका ऐतिहासिक दरबार, यहाँका तामाङ संस्कृति, रितितिवाज, माने अनि गुम्बाहरु र यहाँबाट देखिने सुन्दर हिमश्रृखलाको दृष्यावलोकन गर्नको लागी भ्यू टावर बनाउन सकेको खण्डमा अझै सुनमा सुगन्ध थिपिने थियो ।
खोलामा पानी होइन, दुध बग्दो रहेछ ।

स्थानिय भन्सा

जङ्गल बाट घास र दाउराको भरी ल्याउदै

जेष्ठ नागरिक

रमणिय ग्रामीण बस्ती


ज्याम्पल दोर्जे डुब्खङमा निर्मित अस्ट महा चैत्य

वाका राह





No comments:

Post a Comment