करिब डेढ महिना पछी साउन १८ गते इटालियन कन्सुलेट पुगे म भिसा पाउने आशमा । एउटा उत्साह , जिम्मेवारीबोध , जीवनको एउटा अध्याय को समाप्ती गरी अर्को चराण शुरु गर्ने इच्छ बोकी । तर भिसा रिजेक भएको कुराले रन्थनिय । होस हवस उड्यो, एउटा प्रयास खेर गयो , मन बेचैन भयो । निराशले डेरा जमाउन थाल्यो , असाढ महिनामा पानीका मुल उटेका झै नसोचेका तर्कनाहरु मनमा अनायस फुर्न थाले । केही दिन तनाबमै बित्यो यसै गरी ।
एसरी हरेस खाएर त भएन नि हौ - आफैलाई सम्झाउन थाले । अरुको गल्ती पनि त होइन आखिर । आफ्नै असावधानीले दु:ख पाये । जीवनमा चरेस खानु तर हरेस न खानु भने उखान सुनेको थिय । आफैलाई सम्झाउन बनेका रहेछन एस्ता उखानहरु । सर्जकहरुलाई मन मनै धन्यवाद दिय । अब फेरी कागज पत्र बनाउनु पर्ने । पहिले जे जे गरे त्यो अब बनाउनु पर्ने कामको मार्ग दर्सक बन्ने छ ।

No comments:
Post a Comment