मानिस अचम्मको प्राणी हो, जीवन यापनका क्रममा एउटा इच्छा पुरा गर्न मरिहत्ते गर्दछ। जब उक्त इच्छा पुरा हुन्छ, अर्को इच्छा जन्माउँछ ,त्यसलाई प्राप्त गर्ने त्यस्तै सकस गर्दछ, दुःख गर्दछ र बाचुन्जले यस्तै चक्रमा जकडिएर इहलिला समाप्त गर्दछ।
इच्छा पुरा गर्यो तर सुखी कहिल्यै हुन सकेन् । श्रीसम्पती पनि जोड्यो तर रमाउन सकेन र केही इच्छा मनमै साँचेर धर्ति छोड्छ। र धार्मिक शास्त्र अनुसार अतृप्त मन लिएर अर्को जन्म लिन्छ र यसैगरि सांसारिक दुःखको भवसागरमा फस्दछ । जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सुख र सुविधाको बिचमै रहेर दुःखी जिवन जिउन अभिशप्त हुन्छ। त्यतिमात्र कहा हो र ? मानिस अरुको सुःख देखेर पनि दुःखी हुन थाल्दछ र त्यही पिडामा जलेर जीवन नर्क बनाउँछ। मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सरल उपाय बताइएको छ। साना देखी ठुला दुःखबाट मानिसलाइ उन्मुक्ति दिन महान धर्मग्रन्थहरुमा विशेष तर सरल सुत्र बताइएको छ ।
सधै सन्तुष्ट रहौं ।
जसरी पनि सन्तोष गरौ ।
निचोड भनेको सुखको एउटै सजिलो मन्त्र सन्तोष रहनु हो। असन्तोष दुःखको कारण हो। हर अवस्थामा जस्तै सुकै विपप्ती आइलागोस मनमा सन्तोष हुनु जरुरी छ। यो एउटै सुत्रले लोक देखी परलोक सम्म मुक्ति मिल्दछ ।
No comments:
Post a Comment