महिन्दो वाईबा
फोनिज धादिङ केन्द्रिय प्रतिनिधि
यदी परिवर्तन चाहन्छौ भने परिवर्तनको शुरुवात आँफै बाट गर्नु पर्दछ । समय परिवर्तनशिल छ । केही पनि स्थिर छैन । अहिले देशमा प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्र संस्थागत हुन लागेको अवस्था छ । हामी आदीवासी जनजाती , हामी तामाङ, हामी गुरुङ, मगर , नेवार , राइ , लिम्बु , कुमाल भनेर मात्र अब ढुक्क हुने अवस्था छैन । पहिले हामी शोषणमा परेका हौँ र हामीलाई शोषण पनि गरेकै हो भन्ने बोध अहिले आएर अधिकांश व्यक्तीहरुले महशुस गरिरहेका छन । राज्यको नीति निर्माण तह सम्म पुग्न नसक्नु, जहिल्यै पनि हाम्रो समुदाय प्रयोग मात्र भईरहनु , गैर जनजातीको घर ब्यवहार र निती शाष्त्रमा समेत जनजातीलाई हामीले प्रयोग गर्नु पर्दछ भन्ने उल्लेख गर्नु समयको अभिसाप हो ।
अझ तात्कालिन राजा श्री ५ पृथ्बी नारायण शाहले ४ जात ३६ बर्ण छुट्याउनु हाम्रोलागी अभिसाप सिद्ध भएको छ । ब्राम्हण, क्षेत्री, बैश्य, शद्र गरी निच र उँच को ब्यवहार व्यवस्था गर्नु पनि हाम्रा अभीसाप हुन । राज्य व्यवस्था तहमा पुगेका कथीत बर्ग उच्च जाती कहलियो , जस्लाई “ब्राम्हण” भनियो । त्यसका राज्यको प्रशासनिक व्यवस्था सम्हाल्ने जिम्मा एउटा बर्गलाई दिइयो जस्लाई “छेत्री” भनियो , परीआएको अवस्था अर्थात जोखिम मोल्नु पर्ने ठाउमा एउटा बर्गलाई प्रयोग गर्नु पर्दछ भन्ने ब्यवस्था गरियो, जस्लाई “बैश्य” भनियो अनी राज्यका तल्ला तहका काम गर्ने जिम्मा एउटा बर्गलाई छुट्याइयो जस्लाई “शुद्र” भनियो । यसरी राज्य ब्यवस्था जाती र बर्गको आधारमा निर्धारण गरिनु पनि हाम्रालागी अभीसाप थियो र हो । हामी यो देशमा कहिले देखी बस्न थाल्यौँ अहिले त्यता तर्फ नसोचौँै । हाम्रा आफ्नै धर्म, पृथक संस्कृती , रितिरिवाज, परम्परा र चालचलन छन् अनी सदियौँ देखि हामीले बोल्दै आएको हाम्रो आफ्नै भाषा छ , पहिरिँदै आएको पहिरन छ । भाषा धर्म सँस्कृती , रितिरिवाज, परम्परा भनेका हाम्रा पहिचान हुन् र हाम्रो बास बस्ने थलो हो । हाम्रो पहिचानलाई , बास बस्ने थलो नै तहस नहस गर्ने गरि राज्य ब्यवस्था निर्माण गरियो । हाम्रो धर्मलाई बिस्थापित गर्न यो देशलाई हिन्दू राज्य घोषणा गरियो । हाम्रो भाषालाई बिस्थापित गर्न संस्कृत भाषालाई पाठ्यक्रममा समाबेश गरियो । हाम्रा रितीरिवाजलाई बिस्थापित गर्न दसैं र तिहारलाई मान्यता दिई हाम्रा संस्कृती र चाडबाडलाई बेवास्ता गरियो । जनजातीलाई उपेक्षा गरि , शोषण गर्न र राज्य ब्यवस्थाको निती निर्माण सम्म पुग्न नदिनको लागि रचीएका यस्ता धेरै उदाहरणहरु लुकाउन दुष्प्रयास गरेर लुक्न सक्ने छैनन् जो ईतिहासमा जग जाहेर छ ।
इतिहासले नै भन्छ कि “ तिमी शोषणमा परेका छौ ” । पल पलमा प्रश्न खडा भै घच्घच्याई रहन्छ ः “ तिमी आज के कारणले माथि उठ्न सकेका छैनाँै ? तिमी अरु ब्यक्ती जस्तो निर्धक्क बोल्न र आफ्ना कुरा राख्न किन असमर्थ छौ ? तिम्रा पुर्खाले किन युद्द लडे ? तिम्रा पुर्खा किन बिदेश पलायन भए र अझ सम्म पनि हुने क्रम जारी छ ? यो देशमा लोकसेवाको परिक्षा दिदा जनजाती र नेपाली भनी किन बर्गीकरण गरिएको छ ? कुनै पनि निती निर्माण तहमा चाहे त्यो सानो समुह नै किन नहोस् , जनजाती बर्गका कुनै पनि ब्यक्ती किन अगुवा बन्दैनन् बनेका छैनन् ? ”
यी र यस्ता कैयन प्रश्नको एउटै जवाफ भनेको जातिय बिभेद नै हो । त्यसमा सायद कसैको दूई मत नरहला । जातिय रुपमा बिभाजन गरे, समान योग्यता र पहुँच भएका ब्यक्तीमा पनि जातिय बिभेद गरे । त्यसैले जनजाती कहिलै पनि माथि उठ्न सकेनन् । जातिय रुपमा खस बाहुन भाषालाई नेपाली भाषाको रुपमा मान्यता दिए । अन्य भाषालाई सम्मान गर्न महत्व ठानेनन् । जो आफ्नै समुहमा रमाइरहेका थिए , आफ्नै जातिका भाषा बोल्न रुचाउँथे त्यस्तालाई नेपाली खस भाषा सिक्न र बोल्न वाध्य पारीयो । जस्का कारण कहिल्यै पनि तीनले नेपाली भाषा राम्रो सँग बोल्न जानेनन् र आफुलाई निर्धक्क बोल्न र आफ्ना कुरा राख्न नसक्ने सम्झन थाले । हाम्रा पुर्खा बिदेशी भुमिमा लडेर वीरता प्रदर्शन गर्न सक्छन, विदेशी भूमीमा इज्जत कमाउने योग्यता देखाउन सक्छन भने नेपाली भुमीमा किन सक्दैनन ? अवश्य सक्छन, तर कहिल्यै पनि त्यो अवसर दिएन यो राज्य व्यवस्थाले । यस्तो आभाष हुन्छ , यो राज्यमा हामी शोषण हुन जन्मेका हौँ । शोषित नै हुनु पर्छ भन्ने राज्य ब्यवस्था भएकै कारण हामी जहिल्यै बिदेशीन वाध्य भएका छौ । अहिले विदेशी भुमीमा जतिपनी नेपाली पुगेका छन ती मध्ये कैयाँै जनजाती भएकै कारणले बिदेशीन वाध्य भएका छन् । यो देशमा जनजातीलाई गरिएको बिभेदकै कारण आज लाखौं जनजाती नेपाली बिदेशी भुमिमा श्रम गर्न वाध्य भएका छन । देशमा बिभीन्न समयमा भएको आन्दोलनको उपलब्धी स्वरुप अहिले आएर नेपालको सरकारी निकाएमा जनजाती र नेपाली भनी कोटा छुट्याएर प्रवेश गराउने गरिन्छ । तर त्यहाँ पनि निष्पक्ष भएको देखीँदैन । यदी निष्पक्ष रुपमा जनजातीलाई सरकारी सेवामा प्रवेश गराउने निती राज्य पक्षले सोचेको भए जनजातीलाई पनि सक्षम र योग्य बनाउने निती लिएर आउथे होलान , किन ल्याईएन ? तर जनजातीलाई विभीन्न बहानामा विदेशीन नै वाध्य पारीरहेका छन । कारण समय परिवर्तनशील छ । कुनै पनि कुराको अन्त्य हुन्छ । स्थिर भनेको केही छैन । अब यो देशमा पनि परिवर्तनको बढी आउने सम्भावना छ । यतीखेर कुनै न कुनै रुपमा देश भित्र र देश बाहिर जनजाती जागरणका अभीयानहरु च्लिरहेका छन् । तथाकथीत उपल्लो जाती भनाउँदाहरुले गरेको दमन, शोषण र अत्याचारको बिस्तारै पर्दाफास हुने क्रम जारी छ । सबैले आफ्नो अधिकार खोसिएको महशुस गर्न थालेका छन । सबै मानव समान योग्यता र क्षमताका हुन्छन भन्ने महशुस थालेका छन । एउटै राज्यका नागरिकले जात र बर्गको आधारमा आफ्ना अधिकारहरु खोसिनु मान्य हुने छैन भन्ने जनजातीले पनि अब बुझ्न थालेका छन् । आफ्नो पहिचान देखी भाग्ने होइन आफ्नो पहिचानको रक्षा गर्नु पर्ने रहेछ भन्ने बुझ्न थालेका छन् । अधिकार मागेर होइन खोसेर लिनु पर्छ भन्ने चेतना बिकास भएको छ । यो समयको माग हा,े परिस्थितिले सिर्जना गरेको फल हो । एक दिन जब सवैमा यो कुराको बोध र चेतना हुनेछ तब यहाँ ठूलो आँधीबेहरि सिर्जना हुनेछ । त्यो आँधीबेहरिमा सवै लुँडिएर जानेछन् । जसलाई थेग्न तथाकथित उपल्ला जातीको हिक्मत हुर्मतले भ्याउने छैन । किनकि कुनै पनि कुरालाई धेरै समय दबाबमा पारिन्छ भने त्यसले एक न एक दिन विष्फोट गराउँछ , त्यो अनावश्यक बाँध तोडिन्छ , यो निश्चित छ र यो वैज्ञानिक हिसावबाट पनि स्वयंसिद्ध छ ।
मिडिया र जनजाती
नेपाल एक बहुजातिय देश हो । यहाँ बिभिन्न जाती, समुदाय, धर्म समुहका मानिसहरु बसोबास गर्छन । जनजाती समुदायहरु अहिले सम्ममा ६४ जातीहरु सुचीकृत भएका छन । यती धेरै जातीहरु हुँदा हुँदा पनि ती जातीहरुका समुह, संस्कृती , रीतीरिवाज परम्परा किन विकास हुन सकेनन ? यस्को एउटै कारण हो एकल जातीय पहिचान बनाउनु पर्छ भन्ने साँेच भएकाहरुको साँघुरो मनस्थिती । अचानाका पिर खुकुरिलाई थाहा हुदैन, अचानोलाई नै थाहा हुन्छ भने झँै अब जनजातिका हक अधिकारलाई बुलन्द गर्न र जनजाती लाई सुसुचित गर्न आदिवासी जनजाती नै अगाडि सर्नु पर्दछ । हाम्रो देश सवै जातजातिको साझा फूलबारी हो । यहाँ तामाङ, मगर, चेपाङ, गुरुङ, कुमाल, नेवार, राइ, लिम्बु आदि ६४ वटा भन्दा धेरै जातिहरु परापूर्वकाल देखि नै आ–आफ्ना सभ्यता सहित फूलिरहेको हामी पाउछौं । नेपाल एकिकरण तथा हिन्दु सभ्यता शुरु हुनु अगावै पनि यहाँ यसरी नै सैयौँ फूलहरु फुलिरहेका थिए । तिनै जातजातीहरु मध्ये जनजातीहरु राज्यको बहिष्कारमा पर्दै आएका छन् । जो यस भुमिको भुमिपुत्रको रुपमा आदिमकाल देखि बसोबास गर्दै आए, राज्यको निति निर्माणका संयन्त्रहरुमा उनिहरुलाई सहभागिता गराइएन । जसको कारणबाट जनजातीहरु राज्यसत्ताको सेवा र सुविधाबाट बञ्चित हुदै आएका छन् ।
उनीहरु रोग, भोक र अशिक्षाको महामारीमा परेका छन् । सूचना र सञ्चारले साँघुरो बनाइसकेको यो परिवेशमा हाम्रो देशको सन्दर्भमा पनि सञ्चार नै यस्तो एउटा माध्यम हो जसले दूर—दराजका जनतासम्म सचेतना फैलाउन सक्छ । आदिबासी जनतालाई आफ्नो मौलिक हक अधिकारका बारेमा जानकारी गराउन, आर्थिक, सामाजिक, शैक्षिक तथा राजनैतिक रुपले सचेत गराउन सञ्चार एक भरपर्दो र महत्वपूर्ण साधन हो भन्ने कुरामा बिमति छैन । अतः आदिवासी जनजाति जनतालाई सचेत र शासकलाई जनोत्तरदायी गराउने हाम्रो अभियान नेपाल आदिबासी जनाजाति पत्रकार महासंघ (फोनिज) मार्फत आदिवासी जनजातीलाई सचेत बनाउने प्रयास हामीले गर्नेछौं । रेडियो कार्यक्रम बाट होस् या पत्रपत्रिकाको माध्यामबाट होस् , आदिबासी जनजातीको शिक्षा, स्वास्थ्य, सडक, बिजुली जस्ता विकासका पुर्वाधारहरुको वस्तुगत जानकारी, आदिवासी जनजातीको मौलिक हक, सामाजिक तथा राजनितिक हकको विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुराकानी गरि रिपोर्ट गर्न फोनिजमा हामी गोलबन्द भएका छौ । पत्रकारीता अनी आमसंचारको माध्यमबाट आदिवासी जनजातीका हक अधिकारका बिषयलाई सही र सशक्त ढंगबाट उठाउनु अहिलेको आवश्यकता हो ।
धादिङ जिल्लाको सन्दर्भमा तामाङ, नेवार, गुरुङ, मगर, चेपाङ, र कुमाल आदि जातीहरुबाट संचार माध्यममा आवद्धता रहेको हामी पाउछौं र भाषा, संस्कृति र सभ्यताको विषयमा वकालत गर्नु आजको आबश्यकता पनि हो । यसैले धादिङमा पनि नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङको स्थापना भएको छ । यो खुशीको कुरा हो । धादिङमा सन्चालनमा रहेका मिडियाहरुमा आबद्द आदिवासी जनजाति समुदाएका ब्यक्तीहरु फोनिजमा समाहित भएर आफ्नो समुह अनी आफ्नो समुदायका हक र अधिकारका सवलहरुलाई बुलन्द पर्नको लागि लाग्नु पर्दछ । जब सम्म आदिवासी जनजातीका सवालहरु संचार मध्यम बाट बुलन्द हुँदैनन, राज्य व्यवस्था अनी कथित उपल्लो जाति भनी टोपल्नेहरुले आदिवासी जनजातीलाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्दैनन । तब सम्म आदिवासी जनजाती यूवाहरु चुपलागेर सुख पाउने अवस्था छैन । रेडियोमा आवद्ध रहेकाहरुले बोलेर, छापा माध्यममा आवद्ध रहेकाहरुले लेखेर भए पनि आदिवासी जनजाती समुदायलाई सुसुचित गराउनको लागी सक्रिय भईरहनु पर्ने छ ।
पहिलेको तुलनामा आदिवासी जनजातीलाई गरिने ब्यवहार र हेरिने दृष्टिकोणमा राज्य ब्यवस्थाले केही सकारात्मक कदम चालेको छ । बिभिन्न समयमा भएको आन्दोलनको परिणाम स्वरुप केही परिवर्तन अवश्य आएको छ तर यो पर्याप्त होइन । बिभिन्न समयमा भएका र गरेका सहमतीलाई अझै पनि पूर्ण रुपमा कार्यान्वयनमा ल्याएका छैनन र सहमती गर्दै बेवास्था गर्ने क्रम अझै पनि जारी छ । यसको लागि हामी एक जुट भएर अझै ससक्त ढंगमा लाग्नु पर्ने देखिन्छ । आफ्नो हक आधिकार प्राप्तीको लागि सम्पूर्ण आदिवासी जनजाती युवाहरु अझै ससक्त भएर लाग्नु अहिलेको यो समयको माग हो । हामीले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने? अहिले नपाए कहिले पाउने ?

No comments:
Post a Comment