अबको बीस बर्ष पछिको हाम्रो धुवांकोट - बुद्दीलाल तामाङ


१.शिक्षा:
(क) सबै बिध्यालय भवनहरु आरसीसी बिल्डिंगमा रुपान्तरण भइसकेको हुनेछन|
(ख) सबै बिद्यालयहरुको शक्षिक गुणस्तरले गुणात्मक फड्को मारी सकेको हुनेछन| बोर्डिंगहरुको पढाई भन्दा धेरै नै गुणस्तरीय पढाई दिई रहेको हुनेछ|
(ग) बिद्यालयहरु आधुनिक सुबिधा सम्पन्न भै सकेको हुनेछ|
२. स्वास्थ्य सरसफाई:
(क) हालको स्वास्थ्य चौकीले स्वास्थ्य केन्द्रको स्थान लिई सकेको हुनेछ|
(ख) स्वास्थ्य केन्द्र पचासौं सैय्या क्षमताको आधुनिक सुभिधा सम्पन्न हुनेछ|
(ग) उपस्वास्थ्य चौकी स्वास्थ्य चौकी बनी सकेको हुनेछ|
(घ) गाउँमा एम्बुलेन्स सुबिधा चौबिसै घण्टा उपलब्ध भै सकेको हुनेछ|
(ङ) फोहोर मैलाको उचित ब्यबस्थापन भै सकेको हुनेछ|
(च) घर/ घरमा आधुनिक पक्कि चर्पी बनि सकेको हुनेछ|
२. यातायात:
(क) धादिङ बेशी-भर्यांग भुरुंग मोटरबाटो र डाँडा गाउँ- पात्ले मोटरबाटो पिच(पक्कि) भै सकेको हुनेछ|
(ख) सबै बस्तिलाई समेटेर जाने अर्को मोटरबाटो बनि पिच भै सकेको हुनेछ|
(ग) टोल/टोलमा जाने मोटरबाटो ग्रावेल भै सकेको हुनेछ|
३.उर्जा/बिधुतिकरण : (क) घर/घरमा बिजुली बत्ति बलि सकेको हुनेछ|
(ख) दाउरालाई उर्जाको रुपमा प्रयोग गर्ने काम बन्द भै सकेको हुनेछ|
४. कृषि/उद्योग :
(क) परम्परागत कृषि प्रणालीको अन्त्य भै आधुनिक कृषि प्रणाली स्थापित भइसकेको हुनेछ|
(ख) ठूलाठूला कृषि फर्महरु बनि सकेको हुनेछ|
(ग) जग्गा खण्डिकरणको अन्त्य भइ जमिनको चक्लाबन्दी तथा जमीन सुध्रिटीकरण भइ सकेको हुनेछ|
(घ) नगदे बालि तथा फलफुल खेति ब्यापक रुपमा लगाउन थाली सकेको हुनेछ|
(ङ) कम्तिमा एउटा उन्नत जातको बिउ बिजन उत्पादन गर्ने नर्सरीको स्थापना भइ सकेको हुनेछ|
(च) एउटा कुलरको स्थापना भइ सकेको हुनेछ|
(छ) केहि साना उधोगहरु जस्तै कास्ट उधोग, मसला उधोग, जुस तथा जाम उधोग, कागज उधोगहरु बनि सकेका हुनेछन|

५.खानेपानी/ सिंचाई :
(क) घर/घरमा खानेपानीको उचीत् व्यवस्था भइ सकेको हुने छ|
(ख) ढलको उचित व्यवस्थापन भइ सकेको हुनेछ|
(ग) एक/एक थोपा पानीको सदुपयोग गरि ठाउँ ठाउँमा ठूला ठूला रिजर्वोयर टंकीहरु निर्माण गरि सकेको हुनेछ|
६. सामाजिक सुरक्षा:
(क) एक शक्तिशाली प्रहरीचौकी स्थापित भइ सकेको हुनेछ| जसले २४ घण्टा नै जनताको सुरक्षा गरि रहेको हुने छ|
(ख) केन्द्रिकृत र ब्यबस्थित बस्ती बसाली सकेको हुनेछ|
माथि उल्लेखित कुराहरु काल्पनिक हुन्| एक किसिमले भन्दा गफ नै हुन्| सबै मान्छे गाउँ छाडेर शहर पसीरहेका छन्| तर फेरी अर्को अथार्थ केहो भने मान्छेले आँटे के हुदैन र? गाबिसका सबै मान्छे एकजुट हुने हो र तल उल्लेखित कुराहरु गर्ने हो भने यी कल्पनाहरु यथार्थमा बदलिन पनि सक्छन |
(१) राजनीति: राजनीतिलाई गलत ढंगले बुझ्ने र प्रयोग गर्ने गरिएको छ| राजनीतिको लागि बिकाश होइन बिकासको लागि राजनीति गर्ने काम गर्नु पर्यो| पार्टीहरु बिचको खिचातानी बन्द हुनु पर्छ|
(२) भ्रस्टाचार: सबै किसिमका भ्रस्टाचारहरुको अन्त्य हुनु पर्छ|गाबिस सचिव देखि दलका कार्यकर्ताहरुबाट हुने भ्रस्टाचार रोकिनु पर्छ| गाबिसको बजेट र त्यसको बिनियोजन सबैले बुझ्ने गरि ठूलो बोर्डमा ठूला अक्षरहरुले लेखेर टाँस्नु पर्छ| बिद्यालय तथा स्वाथ्य चौकीहरुमा भएको आर्थिक हिना मिनालाई रोक्नु पर्छ|
(३) बिकाशमा प्राथमिकता क्रम: बिकाशका विविन्न शिर्षकहरुलाई प्राथमिकताक्रममा राखिनु पर्दछ| सोहि अनुसार बजेट बिनियोजन गर्नु पर्दछ|
(४) प्राबिधिक ज्ञान: बिगतका बिकाश आयोजनाहरुको समिक्षा गरिनु पर्दछ| प्राबिधिक ज्ञानको अभावमा गरिने बिकाश आयोजनाले दिगो र फलदायी परिणाम निकाल्दैन|
(५) सरकारी बजेट: राजनैतिक पार्टीहरुमा रहेका नेता कार्यकर्ताहरुले सके सम्म आफ्नो ब्यग्तिगत स्वार्थलाई त्यागी गाबिसको बिकासको लागि धेरै भन्दा धेरै सरकारी बजेट भित्र्याउने कोसिस गर्नु पर्दछ|
(६) NGO / INGO: सके सम्म NGO / INGO हरुसंग सम्पर्क गरेर गाउँमा बिकाश बजेट भित्र्याउने कोशिश गर्नु पर्छ|
(७) सबैले श्रम गरौँ: बर्षको कम्तिमा २/३ दिन सबैले श्रमदान गर्ने बानी गरौँ|
(८) आर्थिक सहयोग गरौँ: बिदेशमा रहने सबैले बर्षको एक दुई दिन बराबरको आम्दानी गाउँको बिकासको लागि दान गरौँ|
(९) संगठन: गाउँको बिकाशलाई ब्यबस्थित बनाउन संसारै भरि संगठन बनाऔ| जस्तै गाबिस स्तरीय, वडा स्तरीय, धादिंग बेन्शिमा, काठमाडौँमा, भारत, मलेसिया, अरब तथा युरोप अमेरिका लगायत संसारै भरि जहाँजहाँ धुवाकोटे बसेका छन् सबै ठाउँमा संगठन बनाइ सबैको सामुहिक शक्तिले गाउँ बनौँ|

No comments:

Post a Comment