हामी मान्छेको स्वभाव कस्तो
छ भने हामी प्रय समय अरुको कुरा काटेर बिताउछौ । जुन कामको न कुनै प्रतिफल
आउछ न कुनै सार नै । फलनाले एसो गर्यो , फलानाले एसो भन्यो भन्दैमा
हाम्रो अंमुल्य समय बर्बाद भई रहेको हुन्छ । दुई चार जना साथी जम्मा हुन्छौ
अनी सुरु हुन्छ - उस्ले त एसो भने छ नि फलनालाई, त्यो त खत्तम नै हो नि,
मलाई त त्यो देखी कस्तो रिश उट्छ, अनी हामी पनि उल्टै थपी दिन्छौ हो मा हो ।
त्यही त , त्यती मात्र कहाँ हो र फलाना त एस्तो पनि हो नि ! हाम्रो
भालाकुसारी झन उत्कर्स मा पुग्दछ । यसरी हाम्रो अंमुल्य समय बर्बद भईरहेको छ
। हामीले समयको नाश गरी रहेका छौ । यि र यस्तै कारणले हामीले दु:ख
पाइरहेका छौ । हाम्रो मन अशान्त छ । हामीले समयको सही सदुपयोग गर्न
सकीरहेका छैनौ । आजको यो .............. प्रहरमा हामी तपाईंलाई तेसै बस्न
दिने छैनौ । आग्रह गर्छौ, सल्लाह दिन्छौ, अभीप्रेरित गर्छौ । समयको सही
सदुपायोग गर्नुस् । बर्तमानलाई सन्तुलनमा ल्याउनुस्, भबिस्य आफ्से आफ शुधार
भएर जाने छ । साथी भाई सँग गफिनुस् तर नकारात्मक बहस नगरनुस् । कसैको कुरा
काटेर समय बर्बाद नगरनुस् । राम्रो सोच बनाउनुस्, साकारात्मक सोच्नुस्,
सबै सँग राम्रो ब्यवहाँर गर्नुस्, मिठो मिठो कुरा गर्नुस्, मिस्कुराउनुस्,
तब न जिबनले सुखानु भुती अनिभव गर्दछ । जीवनमा आनन्दको झल्को आउँदाछ ।
आफुले राम्रो सोचे, आरुले पनि राम्रो सोची दिन्छ भन्ने मनमा राख्नु पर्दछ ।
सबै सँग समान ब्यवहार गर्नु पर्दछ । .............................
No comments:
Post a Comment